निर्वाचन आयोगले हालै सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको समीक्षा सुरु गरेको छ । प्रदेश र जिल्लास्तरीय समीक्षाअघि आयोगले आन्तरिक समीक्षा सुरु गरेको हो । आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले विगतमा देखिएका त्रुटि सुधार्दै अपनाउनुपर्ने अन्य उपायबारे आन्तरिक समीक्षा भइरहेको जानकारी दिनुभयो । भक्तपुरको नगरकोटमा दुई दिनसम्म चल्ने समीक्षामा आयोग मातहतका सातवटा महाशाखा तथा शाखाले अलग–अलग कार्यपत्र प्रस्तुत गरेपछि छलफल हुने उहाँले बताउनुभयो । समीक्षाको उद्घाटन सत्रमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले कमीकमजोरी राम्ररी केलाउन र
उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले राहदानी विभागको सेवा प्रवाह सहज बनाउन निर्देशन दिनुभएको छ । अनुगमनका लागि उहाँ बुधबार दिउँसो गृह मन्त्रालयका उच्च अधिकारीसहित त्रिपुरेश्वरस्थित राहदानी विभागमा पुग्नुभएको थियो । सेवा प्रवाह सेवाग्राहीमैत्री बनाउन राहदानी विभागका उच्च अधिकारीलाई उपप्रधानमन्त्री लामिछानेले निर्देशन दिनुभएको जानकारी गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले दिनुभयो । राहदानी विभागले गत साउन १७ गतेदेखि अनलाइनमार्फत सेवा प्रवाह सुरु गरेको थियो ।
सरकारले नवनिर्मित पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्ने अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई विभिन्न शुल्कमा शतप्रतिशत छुट दिएको छ । आउँदो शनिबारदेखि सञ्चालनमा आउने यो विमानस्थल प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्दै हुनुहुन्छ । नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार विमानस्थलमा विदेशी हवाई कम्पनीलाई आकर्षित गर्न एक वर्षसम्म विमानस्थलको सेवा शुल्कमा शतप्रतिशत छुट दिने निर्णय गरिएको हो । प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले भन्नुभयो, “पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई ल्यान्डिङ, पार्किङ, नेभिगेसन र सुरक्षा शुल्कमा शतप्रतिशत छुट दिने निर्णय गरिएको छ । विमानस्थलको भूमिस्थ सेवामा समेत छुट दिनेबारे छलफल भइरहे पनि निर्णय भने भइसकेको छैन ।” विमानस्थल सञ्चालनमा आएदेखि एक वर्षसम्म उक्त छुट सुविधा दिइने उहाँले बताउनुभयो ।
दुई महिनायता नेपालको पश्चिमी भूभागमा साना भूकम्प आउने–जाने चलिरहेको छ। एउटै जिल्लाका दुई–तीन स्थान इपिसेन्टर भएर दिनकै तीनभन्दा बढी भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। बुधबार मात्र बागलुङमा छुट्टाछुट्टै केन्द्रबिन्दु भएर लगातार तीनवटा भूकम्प गएको छ। बिहान १ बजेर २३ मिनेट जाँदा बागलुङको अधिकारीचौर आसपास केन्द्रबिन्दु भएर ४.७ म्याग्नेच्युटको, त्यस्तै खुङ्गा आसपास केन्द्रबिन्दु भएर बिहान २ बजेर ७ मिनेटमा ५.३ म्याग्नेच्युट र फेरि बिहान ३ बजेर २८ मिनेट जाँदा अधिकारीचौर नजिक केन्द्रबिन्दु भएको चार म्याग्नेच्युटको तेस्रो भूकम्प गएको केन्द्रका वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारीले जानकारी दिनुभयो।
नेपालमा बनेका विद्युतीय मोटरसाइकल दर्ता गर्ने कानुन नहुँदा त्यस्ता मोटरसाइकल बिनादर्ता सडकमा गुडिरहेका छन्। विद्युतीय मोटरसाइकल ‘यात्री–पी १’ बिनानम्बर प्लेट सडकमा गुडेको देख्न पाइन्छ। सुन्दर यातायात प्रालिले निर्माण गरेको १५० वटा विद्युतीय मोटरसाइकल पनि दर्ता छैनन्। यातायात व्यवस्था विभागका अनुसार सवारी दर्ता हुन यातायात तथा सवारी ऐन र बागमती प्रदेश यातायात तथा सवारी ऐनले तोकेको प्रक्रियाअनुसार नेपालभित्र बनेका सवारी दर्ता गर्न मिल्दैन।
सञ्चालन कार्यविधि तयार नहुँदा एक अर्ब ११ करोड रुपियाँको लागतमा बुटवल मण्डपमा निर्माण भएको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र प्रयोगविहीन बनेको छ । बुटवल उपमहानगरपालिका–१०, रामनगरमा निर्माण गरिएको सो केन्द्रको गत भदौ ११ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्नुभएको थियो ।
जापानमा बुधबार कोरोना सङ्क्रमणका कारण एकै दिन ४१५ जनको मृत्यु भएको छ ।
बागलुङ नगरपालिका–८, सिगानास्थित बेसी गाउँको बगैँचामा पहेंलपुर भएर पाकेका सुन्तला ।
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल लगायतका नेताहरु नयाँ परिस्थितिबारेमा राय परामर्श लिन जुट्नुभएको छ ।
मासिक रुपमा विशेष भत्ता एक हजार, सञ्चार सुविधा तीन हजार र धारा, पानीको नाममा दुई हजार गरेर मासिक एकमुष्ट ७२ हजार ७० रुपैयाँ पाउँछन्।
राष्ट्रिय प्रजातान्त्र पार्टी (राप्रपा) न्युनतम साझा कार्यक्रममा सहमति जुटाएर सरकारमा जाने भएको छ।
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गठबन्धन जोगाउन नसकेकै कारण पार्टी सभापतिको राजीनामा नमागिने बताउनुभएको छ ।
बागमती प्रदेशको प्रदेश सभाका ज्येष्ठ सदस्य रामप्रसाद ढुङ्गानाले शपथ लिनुभएको छ । बागमती प्रदेशको प्रदेश प्रमुखको सचिवालयमा बुधबार भएको कार्यक्रममा प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेश सभा ज्येष्ठ सदस्य ढुङ्गानालाई शपथ गराउनुभएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार सर्नु भएको छ ।
बागलुङको जैमिनी नगरपालिका –१ कुश्मीसेरा बजारको फोहोर व्यवस्थापन नहुँदा सडकमै फोहोरको रास थुप्रिएको छ । नगरपालिका बजार क्षेत्रको फोहोर व्यवस्थापन नगर्दा सडक दुर्गन्धित बनेको हो ।