१. नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तेस्रो पटक प्रधानमन्त्री पदमा कहिले नियुक्त हुनुभएको हो ? वि.सं. २०७९ पुस १० राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा नेपालको संविधानको धारा ७६ को उपधारा २ बमोजिम प्रतिनिधि सभाका सदस्य प्रचण्डलाई प्रधानमन्त्रीमा नियुक्त गरिएको। वि.सं. २०६५ र २०७३ मा सरकारको नेतृत्व गर्नुभएका प्रचण्ड झन्डै छ वर्षपछि पुनः सत्ताको बागडोर सम्हाल्न पुग्नुभएको।
सार्वजनिक खरिदसम्बन्धी कानुन १. नेपालमा अन्तर्राष्ट्रिय विकास सहायता परिचालन गर्ने सन्दर्भमा विकास साझेदारको संलग्नतालाई कसरी निर्देश गरिएको छ ? उल्लेख गर्नुहोस्। नेपालले विकास सहायताको प्रभावकारितासम्बन्धी सन् २००५ को पेरिस उच्चस्तरीय सम्मेलन र त्यसपछि सम्पन्न सबै उच्चस्तरीय बैठकमा सहभागिता जनाउँदै आएको छ। सहायता प्रभावकारितासम्बन्धी पेरिस घोषणापत्रलगायतका अन्तर्राष्ट्रिय समझदारीमा ऐक्यबद्धता पनि व्यक्त गर्दै आएको छ। यिनै घोषणा र समझदारीसमेतलाई आत्मसात् गर्दै अन्तर्राष्ट्रिय विकास सहायता परिचालन नीति, २०७६ जारी भएको छ। यस नीतिले नेपालमा सहायता परिचालनका सन्दर्भमा विकास साझेदारको संलग्नतालाई निम्नबमोजिम निर्देश गरेको छ :
सिक्टा सिँचाइ आयोजनाको पूर्वी नहरअन्तर्गतका चारवटा शाखा नहरको निर्माण सम्पन्न भएको छ । पूर्वी नहरमा पर्ने फत्तेपुर, राजकुलोका साथै एस एकदेखि एस फोरसम्म गरी छवटा शाखा नहरमध्ये फत्तेपुर, राजकुलो, एस दुई र एस फोरको निर्माण सकिएको आयोजनाका सिनियर डिभिजनल इन्जिनियर विशाल यादवले जानकारी दिनुभयो । उहाँका अनुसार दुईओटा शाखा नहरको भने काम बाँकी नै छ ।
हिन्दु वैदिक सनातन धर्म शास्त्रभित्र अनेकौँ आश्चर्यपूर्ण कथा छन् । जुन बुझ्न पनि कठिन छ र सत्य हुन् वा होइनन् भन्न पनि कठिन छ । ती आश्चर्य, अलौकिक, अनौठो र विश्वास नलाग्ने खालका पनि छन् । हुन त ईश्वरीय गुण, धर्म र व्यवस्था चामत्कारिक भएको पाइन्छ ।
भारतको केन्द्रीय विद्युत् प्राधिकरणले नेपालबाट थप ४३.६५ मेगावाट विद्युत् इन्डियन इनर्जी एक्सचेन्जको डे अहेड मार्केटमा सूचीकृत गर्न अनुमति दिएको छ । अनुमति पाउने दुई आयोजनामा २४.२५ मेगावाटको काबेली बी १ र १९.४ मेगावाटको तल्लो मोदी जलविद्युत् आयोजना रहेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । योसँगै अब प्राधिकरणले ४५२.६ मेगावाटसम्म विद्युत् आईआईएक्समा बिक्री गर्न बाटो खुलेको छ ।
काठमाडौँ विश्वविद्यालय (केयू)ले आफूले सञ्चालन गर्दै आएको योगिक साइन्स, हेल्थ मेनेजमेन्ट र हस्पिटालिटी मेनेजमेन्टलगायतका विषयलाई अन्तर्राष्ट्रियकरण गर्ने अभियान सुरु गरेको छ। विश्वविद्यालयले भारतको आन्ध्र प्रदेश तिरुपतिस्थित विश्वेश्वरा योग रिसर्च इन्स्टिच्युटसँग आफ्ना कार्यक्रमहरू सञ्चालन गर्ने विषयमा सम्भाव्यता (आशय) पत्रमा हस्ताक्षर गरेको छ।
सिन्धुली जिल्लाको सुनकोसी गाउँपालिका–५ खन्नेखर्कस्थित भूमेश्वर आधारभूत विद्यालयका प्रधानाध्यापक ताराकुमारी कार्कीलाई विद्यालयको समयमा पढाइभन्दा बालबालिकालाई पहिरोमा परेर लड्लान भन्ने पिरलो पर्ने गर्छ। विद्यालयकै आँगनमा गएको पहिरोबाट कतिखेर बालबालिका लड्ने हुन् भन्ने उहाँलाई चिन्ता लाग्दा पढाइसमेत प्रभावित हुने गरेको छ।
झापाको झापा गाउँपालिकामा चोरी भएको मोटरसाइकल सहित चोरीको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापा गाउँपालिका ५ का २३ वर्षीय प्रकाश गनगाई र सिन्धुली घरभई हाल हाल झापा गाउँपालिका ६ बस्ने २० वर्षीय रोशन दमाई रहेको प्रहरीले जनाएको छ ।
भरतपुर महानगरपालिकामा भौतिक संरचना निर्माणको क्रममा वनस्पतिको विनाश भएकोप्रति चिन्ता व्यक्त गरिएको छ। चितवनको नारायणगढदेखि गोन्द्राङसम्म निर्माणाधीन छ लेन सडकको दायाँबायाँ रहेका रुख काटिएको भन्दै वातावरणविज्ञदेखि सर्वसाधारणले यसप्रति चिन्ता व्यक्त गरेका हुन्। विकाससँगै वातावरण संरक्षण गर्नुपर्नेमा जोड दिइएको छ।
होटल व्यवसायमा अन्तर्राष्ट्रिय रूपमै चर्चित एकोर ग्रुप नेपाल भित्रिएको छ । नेपालमा सञ्चालनमा आउन लागेको दी मेट्रोपोलिटन होटलको व्यवस्थापन गर्ने गरी उक्त समूह नेपाल भित्रिएको हो । होटल सञ्चालक देशबन्धु बस्नेतका अनुसार एकोर समूहले उक्त होटल ‘मक्र्युर’ नाममा सञ्चालनमा ल्याउनेछ । भारतको नयाँ दिल्लीमा उक्त ब्रान्डलाई नेपालमा भित्र्याउन एकोर र दी मेट्रोपोलिटिनबीच सम्झौता भएको हो । एकोर समूहले एसिया, युरोप, अफ्रिका एवं मध्यपूर्वका एक सय बढी देशका पाँच हजार ३०० बढी होटलको व्यवस्थापन गरिरहेको छ ।
लामो समयदेखि बन्द रहेको उत्तरी रसुवा नाकाबाट मङ्गलबारदेखि सामान निर्यात सुरु भएको छ । कोभिड–१९ सङ्क्रमणको कारण देखाउँदै बन्द भएको नाका मङ्गलबारदेखि खुला भएको हो । रसुवाका प्रमुख भन्सार अधिकृत नारायणप्रसाद भण्डारीले नाका खुलेको पहिलो दिन ५० लाख ७० हजार रुपियाँ बराबरका सामान निर्यात भएको जानकारी दिनुभयो । मङ्गलबार छ कन्टेनर स्वदेशी सामान भन्सार पास भएर निर्यात भएको उहाँले बताउनुभयो । चीनले कोभिड महामारी सुरु भएयता पहिलो पटक नेपाली वस्तु निर्यात गर्न सक्ने गरी रसुवागढी नाका खुला गरेको जानकारी उहाँले दिनुभयो ।
जनता समाजवादी पार्टी (जसपा) नेपालको संसदीय दलको निर्वाचन बुधबार हुने भएको छ । जसपा प्रचार विभाग प्रमुख पूर्ण बस्नेतका अनुसार पार्टी विधानअनुसार संसदीय दलको निर्वाचनका लागि बुधबारका लागि चुनावी कार्यतालिका सार्वजनिक गरिएको हो । जसपाले यसअघि नै नेता मिथिलेशकुमार सिंहको संयोजकत्वमा अर्ज‘न थापा र दीपेन्द्र झा सदस्य रहनुभएको निर्वाचन समिति गठन गरिसकेको छ । जसपा संसदीय दलको नेतामा नेता अशोक राई र राजकिशोर यादवसँगै केही कार्यकारिणी सदस्यले दाबी गर्दै आउनुभएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पोलियोविरुद्धको खोप लगाउने समय परिवर्तन गरेको छ । मन्त्रालयका प्रवक्ता डा. सञ्जयकुमार ठाकुरले यसअघि एक वर्षमुनिका बालबालिकाका लागि छ हप्ता र १४ हप्तामा गरी दुई मात्रा दिने गरेको बताउँदै अब पहिलो मात्रा १४ हप्ता र दोस्रो मात्रा नौ महिनामा लगाइने जानकारी दिनुभयो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अपाङ्गता भएका व्यक्तिको यौन तथा प्रजनन अधिकार सुनिश्चितताका लागि निर्देशिका जारी गरेको छ । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले अपाङ्गतामैत्री प्रजनन स्वास्थ्य तथा सुरक्षित मातृत्व सेवासम्बन्धी निर्देशिका २०७९ जारी गरेको हो । सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ को दफा ४० ले दिएको अधिकार प्रयोग गरी यो निर्देशिका जारी गरिएको हो ।
प्रहरीले सोमबार राति सात लाख ४७ हजार रुपियाँ मूल्य बराबरको अवैध रूपमा भित्रिएको १७ प्रकारका सामान बरामद गरेको छ । विराटनगर–१६ हुलासचोक, विराटनगर–१७ रघुपति जुट मिल र जहदा गाउँपालिका–१ नहरटोलमा भारतबाट अवैध रूपमा भित्र्याउँदै गरेको अवस्थामा ती सामान नियन्त्रणमा लिइएको हो ।