बितेका आठ वर्ष हालसम्मकै सबैभन्दा गर्मी वर्षका रूपमा दरिएका छन् । वैश्विक मौसमको अवस्थिति हेर्ने संयुक्त राष्ट्रसङ्घीय विश्व मौसम विज्ञान सङ्गठनले सार्वजनिक गरेको प्रतिवेदनअनुसार हरितगृह ग्यासको बढ्दो मात्राका कारण बितेका आठ वर्ष हालसम्मकै रेकर्डमा सबैभन्दा बढी गर्मीयुक्त वर्षहरू भएको देखाएको हो ।
तमू (गुरूङ) सञ्चारकर्मी संघ, नेपाल (एट्जोन) ले ६ जना पत्रकारलाई पुरस्कृत गरेको छ । हरेक वर्ष वितरण हुने ‘तमू पत्रकारिता पुरस्कार’ बाट विभिन्न विधामा ६ जना पत्रकार तथा सञ्चारकर्मीहरूलाई पुरस्कृत गरिएको संघका अध्यक्ष रवीन गुरूङले जानकारी दिनुभयो ।
प्रतिनिधिसभा सदस्यमा निर्वाचत भएर नेतृत्व तहमा पुगेका महिला नेत्रीहरूले महिलाका सवाल, सामाजिक विषय र राष्ट्रहितका मुद्दामा एकजुट भएर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
प्रदेश १ को प्रदेश सभामा नेकपा (माओवादी केन्द्र) को संसदीय दलको नेतामा इन्द्रबहादुर आङ्बो सर्वसम्मत चयन हुनुभएको छ ।
कैलालीमा मङ्गलबारदेखि चिसो बढेको छ । शीतलहर र बाक्लो हुस्सुका कारण चिसो बढेको हो ।
म्याग्दीको रघुगंगामा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजना निर्माणले गति लिएको छ।
गायक प्रमोद खरेलको नयाँ गीत ‘जसको दिलमा’को म्युजिक भिडियो सार्वजनिक भएको छ।
काठमाडौंको कलंकीमा मंगलबार गरिएको विशेष चेकजाँचमा अत्यधिक धुँवा फाल्ने १३ वटा सवारी साधनलाई कारबाहीमा परेका छन्।
हेफर इन्टरनेशनल नेपालको पहलमा दक्षिण कोरियाबाट ल्याइएका गाई नेपाली किसानलाई वितरण गरिएको छ ।
नेकपा (माओवादी केन्द्र)ले प्रदेश नम्बर १ संसदीय दलको नेता चयन गरेको छ। प्रदेश सभामा मंगलबार बसेको बैठकले आर्थिक मामिला तथा योजना मन्त्रीसमेत रहनुभएका इन्द्रबहादुर आङ्बोलाई सर्वसम्मत दलको नेतामा निर्वाचित गरेको हो।
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नयाँ सरकार गठन एवम् समीकरणबारे यसअघि आफूहरुलाई जानकारी नदिइएको बताउनुभएको छ ।
सैनिक श्रीमती संघ तथा श्री नं. २५ बाहिनी अड्डाको समन्वय र सहकार्यमा कञ्चनपुर जिल्ला, लालझाडी गाँउपालिका वडा नं. २ कस्वास्थित श्री शिवशंकर आधारभूत विद्यालयमा नेपाली सेना तथा महाकाली प्रादेशिक अस्पतालका विशेषज्ञ डाक्टर अधिकृत सहितको मेडिकल टिमद्वारा सोमबार एक दिने निःशुल्क स्वास्थ्य शिविर संचालन र राहत सामाग्रीहरु वितरण कार्य सम्पनन भएको छ ।
काठमाडौं जिल्ला अदालतमा क्रिकेटर सन्दीप लामिछानेविरुद्ध परेको जबरजस्ती करणी मुद्दामा अदालतले मंगलबार प्रमाण बुझाउन आदेश दिएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश हिमलाल बेल्बासेको इजलासले उक्त मुद्दाको सुनुवाइ गर्दै सबै प्रमाण बुझाउन आदेश दिएको हो ।
कालिकोटको खाँडाचक्र नगरपालिकाले सम्झौता अनुरुप कुखुरा पालन सीप विकास तालिममा नायब सुब्बा दीपकराज देवकोटाले रकम हिनामिना गरेको आरोप लागेको छ।
बागमती प्रदेश आमन्त्रण महिला क्रिकेट सिरिज अन्तर्गत टी–२० को पहिलो खेलमा पाहुना टोली हङकङ क्रिकेट क्लब विजयी भएको छ । मुलपानी क्रिकेट मैदानमा मंगलबार भएको खेलमा हङकङले आयोजक बागमती प्रदेशलाई ५७ रनले हरायो ।