जनता समाजवादी पार्टी (जसपा) नेपालका नवनिर्वाचित संसदीय दलका नेता रामसहायप्रसाद यादवले संसदमा पार्टीको भूमिकालाई सशक्त बनाउने बताउनुभएको छ ।
हिमालपारिको जिल्ला मुस्ताङका आफैँमा एक प्रयोगशाला हो । मुस्ताङ फरक रहनसहन मात्रै नभएर फरकपनको अध्ययनका लागि पनि प्रख्यात छ । यस्तै फरक प्रथा हो मुस्ताङको मुखिया प्रथा । जिल्लाका हरेक गाउँमा मुखिया रहन्छन् । बाह्रगुङ मुक्ती क्षेत्र गाउँपालिका –१ का वडा सदस्य एवम् मुक्तीनाथ रानीपौवाको पुराङ गाउँका पूर्व मुखिया पेम्बा छिरिङ गुरुङका अनुसार गाउँमा हुने गाउँलेका काम गर्नु मुखियाको मुख्य जिम्मेवारी हो, पुराङ गाउँका मुखियाको कार्यकाल एक वर्षको हुन्छ ।
पर्यटकीय क्षेत्र ठमेललाई सफा र सुन्दर बनाउन अव्यवस्थित रूपमा तानिएका विद्युत, केबल टेलिभिजन, इन्टरनेट, टेलिफोनका तार तथा उपकरणहरू व्यवस्थापन गर्न सुरु भएको छ ।
नागरिक उन्मुक्ति पार्टीले अगाडि सारेको तीन वटा माग पूरा नभएसम्म आफ्नो पार्टी सरकारमा नजाने सांसद गंगाराम चौधरीले बताउनु भएको छ।
चीनको मध्य क्षेत्रस्थित एक राजमार्गमा सयौँ सवारी साधन दुर्घटनाग्रस्त भएको चीनको सरकारी प्रसारक सिसिटिभीले बुधबार जनाएको छ । दुर्घटनामा एक जनाको मृत्यु भएको जनाइएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच सरकारको मूल नीतिबारे गहन छलफल भएको छ ।
बिलासिताका वस्तु भन्दै सरकारले लामो समयसम्म केही सामानको आयातमा प्रतिबन्ध र केही सामानको आयातमा कडाइ गरेपछि यसको प्रत्यक्ष असर भन्सार राजश्वमा परेको छ । जसका कारण भैरहवा भन्सारको राजश्व सङ्कलन लक्ष्यको तुलनामा झण्डै आधा मात्र छ ।
कैलालीको घोडाघोडी नगरपालिकाले बुधबारदेखि सडक क्षेत्रका संरचना भत्काउन सुरु गरिएको छ । नगरपालिकाले सडक अतिक्रमण गरी बनाइएका संरचना हटाउन पटक पटक सूचना गरेपनि नहटाएपछि आफै हटाउन सुरु गरेको हो ।
चेतनाको अभावले नेपालगञ्जमा घरेलु र विद्युतीय आगलागीको जोखिम अत्यधिक बढेपछि बाँकेको टोल टोलमा आगलागी नियन्त्रण गर्ने तरिका सिकाउन थालेको छ ।
दाङमा सामुदायिक वनको जमिनलाई पार्कका रुपमा विकास गरेपछि पछिल्लो समय तुलसीपुर उपमहानगरपालिका –७ गणेशपुरस्थित राप्ती शान्ति उद्यानमा दिनहुँजसो भीडभाड लाग्नेगरेको छ ।
जनता समाजवादी पार्टी (जसपा)को संसदीय दलको नेतामा रामसहाय प्रसाद यादव निर्विरोध निर्वाचित हुनुभएको छ ।
ट्राफिक प्रहरीको विशेष चेकजाँचमा १०७ जना सवारी चालक कारबाहीमा परेका छन् । बुधबार बिहान ट्राफिक प्रहरीले गरेको चेकजाँचमा जस्मा कागजपत्र साथमा नबोकेका सात जना र अवस्था ठिक नभएका सवारी साधन चलाउने १० जना गरी १७ जना पानी बोक्ने गाडीका चालक कारबाहीमा परेका हुन् ।
कोभिड–१९ को महामारीपछि विश्व अर्थतन्त्रका लागि यो पुनरागमनको वर्ष हुने अपेक्षा गरिएको थियो । सन् २०२२ मा नयाँ युद्ध, उच्च मुद्रास्फीति र जलवायुसँग सम्बन्धित विपत्तिहरू आए ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले भेट गर्नुभएको छ ।
तालिबान सरकारले यहाँका महिला तथा किशोरीहरुलाई विश्वविद्यालय जान प्रतिबन्ध गरेको विषयमा विश्वव्यापी रुपमा नै विरोध भइरहेका बेला संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषदले पनि आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।