थाइल्यान्डमा जनवरी १६ देखि २८ तारिखसम्म आयोजना हुनेयू–२२ पुरुष तथा महिला बक्सिङ च्याम्पियनसिपका लागि भएको छनोट प्रतियोगितामा शुलभ माली र ईन्द्र सुनारले जित निकाल्नु भएको छ ।
नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङ निलम्बनमा पर्नुभएको छ। उहाँलाई सङ्घीय संसद् सचिवालयले मंगलबार सूचना जारी गर्दै निलम्बन गरेको हो।
काठमाडौं नाइट्सले नेपाल टी–२० क्रिकेट लिगमा दोस्रो जित निकालेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा मंगलबार भएको खेलमा काठमाडौंले जनकपुर रोयल्सलाई ५३ रनले हरायो । काठमाडौंले दिएको दुई सय नौ रनको विजय लक्ष्य पछ्याएको जनकपुरले निर्धारित २० ओभरमा सबै विकेटको क्षतिमा उक सय ५५ रन मात्र बनाएको थियो ।
कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाले मङ्गलबार मर्मत गर्नुपर्ने सीमास्तम्भको अनुगमन गर्नुभएको छ । प्रजिअ थापा नेतृत्वको टोलीले भजनी, कालाकुण्डा र खक्रौलास्थित सीमा स्तम्भको अनुगमन गरेको हो ।
चलचित्र विकास बोर्डले फिल्म सेन्सरसम्बन्धी नियम परिवर्तन गरेको छ । सोमबार बसेको बोर्ड बैठकले चारदिन अगावै दरखास्त पेश गर्दा हुने नयाँ निर्णय सार्वजनिक गरेको हो ।
बलत्कारको अभियोगमा तनहुँ कारागारमा रहेका नायक पल शाहको अनुसन्धानको लागि नवलपुर अदालतको फैसला माग गरिएको छ।
द्वन्द्व, दैवी विपत्ति र जलवायु सङ्कटका कारण विश्वका दशौँ लाख मानिस आफ्नो देशभित्र वा बाह्यरूपमा विस्थापित भएका राष्ट्रसङ्घीय निकायले सार्वजनिक गरेको पछिल्लो प्रतिवेदनले देखाएको छ ।
गीतमा प्रियंका कार्की, आयुष्मान जोशी, ऋचा शर्मा, बेनिशा हमाल र राजन खतिवडा फिचर्ड छन् । रोहित शाक्य र विराज गौतमको संगीत रहेको गीतमा विराज र त्रिशला गुरुङको स्वर रहेको छ ।
ओखलढुङ्गाको मोलुङ गाउँपालिकामा पाँच वर्षीया भान्जाको हत्या आरोपमा १२ वर्षीय मामालाई प्रहरीले पक्राउ गरेको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले यही पुस २५ गते सोमबार दिउँसो १ बजेका लागि सङ्घीय संसद्को बैठक आह्वान गर्नुभएको छ।
साताको दोस्रो कारोबार दिन मङ्गलबार नेप्से परिसूचक उच्च अङ्कले वृद्धि भएको छ । आज उच्च रुपमा नेप्से बढेसँगै नेप्सेमा करिब पाँच महिना यताकै उच्च कारोबार समेत भएको हो । नेप्से परिसूचक ५९.८७ अङ्क बढेर १९८३.९५ बिन्दुमा पुगेको छ ।
काठमाडौं, पुस १२ गते । काठमाडौं महानगरकी उपप्रमुख सुनीता डङ्गोलसँग नेपालका लागि स्वीजरल्याण्डकी राजदूत एलिजावेथ भोन क्याप्लरले शिष्टाचार भेट गर्नुभएको छ । उपप्रमुखको कार्यकक्षमा उहाँबीच भेट भएको हो । भेटका क्रममा उपप्रमुख डङ्गोलले भित्री सहरी क्षेत्रका परम्परागत भवन निर्माण गर्न घरधनीलाई सहुलियत दिने गरिएको, महिला हिंसा न्यूनीकरणका लागि वडास्तरीय महिला सेल गठन गरिएको, न्यायिक समितिमा उजुरी आउनु अघि वडास्तरीय मेलमिलाप कक्षमा छलफल गराउने प्रयास गरिएको, फोहोर व्यवस्थापनका लागि विभिन्न अवधारणा अघि सारिएको तीमध्ये उपयुक्त विधिको छनाेट गर्ने योजना रहेको बताउनुभयो । राजदूत क्याप्लरले सोध्नुभएका प्रश्नको जवाफमा उहाँले यस्तो बताउनुभएको हो । राजदूत क्याप्लरले सहरी विकासका पूर्वाधार, सम्पदा क्षेत्रका संरचनाको व्यवस्थापन, महानगरको निर्णय प्रक्रियालगायत विषयमा जिज्ञासा राख्नुभएको थियो ।
रौतहटको सीमावर्ती आँखा अस्पतालमा आँखाका भारतीय बिरामीको दिनहुँ भीड लाग्ने गरेको छ । सस्तो र गुणस्तरीय सेवा पाइने भन्दै उनीहरुको भीड लाग्ने गरेको हो ।
नेपाली कांग्रेसले पार्टी केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक पुस २२ गते शुक्रबार दिउँसो १ बजे बस्नेछ ।
सातौं संस्करणको एनभीए राष्ट्रिय पुरुष तथा महिला क्लब च्याम्पियनसिप भलिबल पुस अन्तिम साता हुने भएको छ । नेपाल भलिबल संघको आयोजनामा पुस २४ देखि माघ १ गतेसम्म च्याम्पियनसिप हुन लागेको मंगलबार आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दले जानकारी दिनुभयो ।