सत्ता साझेदार प्रमुख तीन दल नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) र नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) नयाँ सरकार गठनको गृहकार्यमा जुटेका छन्।
सत्ता साझेदार दल नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का शीर्ष नेताबीच नयाँ सरकार गठनका विषयमा छलफल भएको छ। प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरूबीच नयाँ सरकार गठन र शक्ति बाँडफाँटका विषयमा छलफल भएको हो। प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार साँझ भएको छलफल नयाँ सरकारको नेतृत्वमै केन्द्रित थियो। कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डबीच सरकार गठनका विषयमा छलफल भएको बताउनुभयो।
राज्यले चासो नदिएपछि स्थानीयले काठका फलेक राखेर सेती नदीमा अस्थायी पुल निर्माण गरेका छन् । बैतडीको सिगास गाउँपालिका–७, भौनेलीपातलदेखि डोटीको आदर्श गाउँपालिका–६, पाङबबिना जोड्ने पुल डेढ वर्षअघिको बाढीले भत्काएको थियो । २०७८ साल कात्तिकमा सेती नदीको बाढीले पुलसँगै स्थानीय १०३ घरपरिवारको जग्गासमेत बगाएको थियो । बाढीपीडितले अहिलेसम्म कुनै राहत पाउन सकेका छैनन् । स्थानीय पदम खडायतले पुलको अभावमा स्थानीयवासीको दैनिकी कष्टकर बनेपछि समुदायको अगुवाइमा अस्थायी काठेपुल बनाइएको बताउनुभयो ।
पाँच महिनाको अवधिमा विदेशमा उच्च शिक्षा आर्जन गर्न चाहने ३८ हजार ६१ जनाले ‘नो अब्जेक्सन लेटर (एनओसी)’ लिएका छन्। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको यो तथ्याङ्कले विशेष गरी युवापुस्ता मुलुकमा टिक्न नसकेको डरलाग्दो अवस्थाको चित्रण गरेको छ। स्वदेशी शिक्षाको प्रवद्र्धनका लागि सरकार तथा निजी क्षेत्रबाट स्थानीय स्तरमै विभिन्न अभियान सञ्चालन गरिएको भए पनि प्रभावकारी हुनसकेको छैन। उच्च शिक्षा अध्ययनका लागि विदेशिने क्रम बढेसँगै स्वदेशी क्याम्पस सञ्चालकहरूले भने चिन्ता व्यक्त गरेका छन्। मन्त्रालयअन्तर्गतको वैदेशिक अध्ययन प्रमाणीकरण शाखाका प्रमुख वासुदेव वस्तीका अनुसार गत साउनदेखि मङ्सिर मसान्तसम्म ‘नो अब्जेक्सन लेटर’ लिएकाहरूबाट राज्यले आठ करोड २१ लाख ३२ हजार रुपियाँ राजस्व सङ्कलन गरेको छ। यस अवधिमा एक हजार ५५८ जनाको नो अब्जेक्सन लेटर रद्द भएको छ।
काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको टोलीले आज १९ किलो अर्धठोस अवस्थाको सुनसहित एक सुडानी नागरिकलाई पक्राउ गरेको छ ।
बारामा एकजना भारतीय नागरिकको गोली हानी हत्या भएको छ।
प्रधानमन्त्री शेरबहादुर देउवाले कुनै पक्षको दबाब र प्रभावमा नपरी काम गर्न आग्रह गर्नुभएको छ।
आफ्नै जेठाजुको विभत्स हत्या गरेको आरोपमा झापा कनकाई नगरपालिका ४ इलुवावारीकी ४९ वर्षीया रनमाया बाँस्तोलालाई १२ घण्टा नबित्दै प्रहरीले पक्राउ गरेको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले तीन तहकै सरकारले एकतावद्ध भएर काम गर्नसके मात्रै पर्यटन क्षेत्रको विकास हुने बताउनुभएको छ । शुक्रवार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री श्रेष्ठले यस्तो बताउनुभएको हो । उहाँले पर्यटन क्षेत्रलाई व्यवस्थित गर्नसके जीडीपीमा पनि सुधार ल्याउन सकिने बताउनुभयो ।
निर्वाचन आयोगले गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा सहभागी राजनीतिक दल र उम्मेदवारलाई परिणाम घोषणा भएको ३५ दिनभित्र निर्वाचन खर्चको विवरण पेश गर्न ताकेता गरेको छ।
कपिलवस्तु शिवराज नगरपालिका –१ का सरस्वती आधारभूत विद्यालयका २७ जना विपन्न विद्यार्थीले न्यानो कपडा पाएका छन् । विपन्न परिवारका विद्यार्थी जाडो याममा विद्यालय जाँदा सास्ती खेप्नु परेपछि पितृको स्मृतिमा चन्द्रौटा बजारका व्यवसायी विष्णु कँडेल र गीता कँडेलले न्यानो कपडा वितरण गर्नुभएको हो ।
विराटनगरको हिमालय रोडलाई सौन्दर्यकरण गर्ने काम अब एक महिनाभित्र सम्पन्न गर्ने विराटगनर महानगरपालिकाले जनाएको छ । निर्माण सम्पन्न भएसँगै त्यसलाई व्यावसायिक उपयोगमा ल्याउने महानगरको तयारी छ ।
लमजुङको राइनासटार सिंचाई योजनाका उपभोक्ताको मागलाई सम्बोधन गर्नुपर्नेमा लमजुङका आठ जना सांसदहरुले ऐक्यवद्धता जनाएका छन् । संघ र प्रदेशमा निर्वाचित सांसदहरुले प्रेस विज्ञप्ति जारी गर्दै राइनासटार सिंचाई योजनामा पानीको प्राकृतिक वहावमा अवरोध हुन नदिन र समयमै किसानको जायज माग सम्बोधन गर्नुपर्नेमा जोड दिनुभएको छ ।
निर्माणाधीन गुल्मी अस्पतालको नयाँ भवनको निर्माण कार्य ३७ प्रतिशत सकिएको छ।
जिल्ला प्रहरी कार्यालय गुल्मीले एक बेवारिसे परिवारको उद्धार गरेको छ।