काठमाडौं, पुस ८ गते। पहिलो संस्करणको नेपाल टी-२० क्रिकेट लिग प्रतियोगिताको विजेताले ५५ लाख नगद पुरस्कार पाउने भएको छ।शुक्रबार काठमाडौंमा नेपाल क्रिकेट सङ्घ (क्यान) ले पत्रकार सम्मेलन गरेर यस बारेमा जानकारी गराएको हो। प्रतियोगिताका उपविजेताले ३० लाख रुपियाँ नगद पुरस्कार प्राप्त गर्नेछ भने तेस्रो स्थान हासिल गर्ने टिमले १० लाख र चौथोले ५ लाख रुपियाँ पुरस्कार पाउने क्यानले जनाएको छ। प्रतियोगिताको प्लेयर अफ द सिरिजले पाँच लाख प्राप्त गर्दा उत्कृष्ट बलर र उत्कृष्ट ब्याट्स म्यानले दुई लाख ५० हजार पाउने क्यानले जनाएको छ। इमर्जिङ प्लेयरले एक लाख ८० हजार पाउनेछन्। त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आयोजना हुने प्रतियोगिता शनिबारबाट सुरु हुनेछ। पहिलो संस्करणको प्रतियोगितामा ६ टोलीको सहभागिता रहनेछ। पत्रकार सम्मेलनमा बोल्दै नेपाल क्रिकेट सङ्घ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले खेलाडीलाई आत्मनिर्भर बनाउने नियतबाट नेपाल टी-२० को आयोजना गरिएकाले लिग पूर्णरुपमा सफल हुने बताउनुभयो। उहाँले दक्षिण एसियाका देशले लिग सञ्चालन गर्दा धेरै कठिनाइ भोग्नुपर्ने अनुभव आफूले गरेको बताउनुभयो। उहाँले नेपाली क्रिकेटलाई ध्वस्त बनाउन कुनै तत्त्व लागेकाले त्यसलाई सफल बन्न दिन नहुने बताउनुभयो। अध्यक्ष चन्दले दक्षिण एसियामा सरकार चलाउनुभन्दा गाह्रो कुरा क्रिकेट सङ्घ चलाउन रहेको अनुभवसमेत सुनाउनुभयो। उहाँले भन्नुभयो, ‘‘खेलाडीलाई आत्मनिर्भर बनाउनुपर्छ भनेर सही नियतले नेपाल टी-२० लिग सञ्चालन गर्न भनेर घोषणा गरिएको थियो। एशोसिएट देशले धेरै कठिनाइ भोग्नुपर्ने रहेछ। सबै विदेशी खेलाडी आइसकेका छन्, क्यान तयार छ, यो लिग रोक्नु ठीक छैन। प्रतियोगिता भोलिदेखि सुरु हुन्छ। क्रिकेटलाई ध्वस्त बनाउन कुनै तत्त्व लागेको छ, उनीहरुले कुनै निकाय छोडेका छैनन्। दक्षिण एसियामा सरकार चलाउनुभन्दा गाह्रो क्रिकेट चलाउन छ। हो यहाँ गुट, उपगुट चिरेर अघि बढ्नुपर्छ।’नेपाल टी-२० लिगको पहिलो संस्करणमा काठमाडौं नाइट, पोखरा एभेन्जर्स, फार वेस्टर्न युनाइटेड, जनकपुर रोयल्स, विराटनगर सुपर किंग्स र लुम्बिनी अल स्टार सहभागी हुनेछन्। प्रतियोगिताको उद्घाटन खेलमा शनिबार पोखरा एभेन्जर्स र काठमाडौं नाइटबीच प्रतिस्पर्धा हुनेछ। शनिबार नै हुने दोस्रो खेलमा लुम्बिनी अल स्टार्स र फार वेस्टर्न युनाइटेडबीच प्रतिस्पर्धा हुनेछ।
सरकारले शीतलहर, हिमपात तथा अत्यधिक चिसोबाट नागरिकलाई बचाउन जिल्लामा रहेको विपद् व्यवस्थापन कोषबाट खर्च गर्ने गरि विभिन्न जिल्लालाई अख्तियारी दिएको छ ।
पत्रकारिताको मर्यादामाथि गम्भीर हुन राष्ट्रपति विद्यादेवी भण्डारीले आग्रह गर्नुभएको छ । सुर्खेतमा आज शुक्रबार आयोजित नेपाल पत्रकार महासङ्घको केन्द्रीय साधारण सभाको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले सो आग्रह गर्नुभएको हो ।
सरकारले जाडोमा आगो, हिटर बाल्दा वा गिजरको प्रयोग गर्दा सावधानी अपनाउन आग्रह गरेको छ ।
धनुषाको धार्मिक पर्यटक स्थल धनुषाधाममा रहेको धार्मिक महत्वको सरोवरहरुको सरसफाइ गरिएको छ । सरसफाइपछि चिटिक्क देखिएका छन् । स्थानीय युवाहरुले समूह बनाएर धार्मिक महत्वका धनुष सागर र वाणगङ्गा सरोवर सरसफाइ गरेपछि चिटिक्क भएको हो । धनुष सागरमा स्नान गरेमा मुसे रोग (अइल्हा) र छारेरोग निको हुने जनविश्वास छ ।
हत्यासहितका विभिन्न अपराधको सजाय काटिरहेका फ्रान्सेली नागरिक चार्ल्स शोभराजलाई केन्द्रीय कारागारको गोलघरबाट कैदमुक्त गरी अध्यागमन विभागको जिम्मा लगाइएको छ ।
गाउँमा नै स्वास्थ्य केन्द्रको भवन बनेपछि सहज स्वास्थ्य सेवा उपलब्ध हुने विश्वास लिएका वालिङ –१० का नागरिक फेरि चिन्तित बनेका छन् । शहरी स्वास्थ्य केन्द्रले भवन निर्माण गरेको दुई वर्षमै जीर्ण बनेपछि यहाँका नागरिक चिन्तित बनेका हुन् ।
कालीकोटको तिलागुफा नगरपालिका र शुभकालिका गाउँपालिकाभित्रका विपन्न परिवारलाई दाताको सहयोगले ठूलो राहत भएको छ ।
शुक्रबार बिहानैदेखि राहदानी विभागदेखि त्रिपुरेश्वर चोकसम्म नै दोहोरो लाइन बसेर सेवाग्राहीहरुले राहदानी लिइरहेको देख्न सकिन्छ ।
काठमाडौं महानगरपालिकाले सङ्घ तथा प्रदेश पूर्वाधार विकास कार्यक्रमका २७ वटा योजनाको स्थलगत अनुगमन गर्ने भएको छ ।
बैतडीको मेलौलीमा आधारभूत अस्पताल निर्माण गर्ने विषयमा विवाद चर्किएपछि दुई पक्षबीच झडप भएको छ ।
बिहीबार शपथ ग्रहण गर्न छुट्नुभएका चारमध्ये दुई जना प्रतिनिधिसभा सांसदले आज (शुक्रबार) पद तथा गोपनियताको शपथ ग्रहण गर्नुभएको छ ।
तिलोत्तमा नगरपालिकाभित्र आन्तरिक पर्यटन प्रवर्द्धन गर्न रेल यातायातबाट जोड्न तिलोत्तमा ट्राम रेलको शिलान्यास गरिएको छ । तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाँणले शुक्रवार रेलको शिलान्यास गर्नुभएको हो ।
मलाई मेरो नाति छिमेकीको घर टहरा भत्काएको देखेपछि अङ्ग्रेजीमा सोध्छ “यसरी डोजर लाएर किन भत्काएको बुबा ?” म जवाफ दिन्न र नेपालीमा प्रश्न गर भन्छु ऊ मलाई त्यसको नेपाली के हुन्छ भन्छ,
शिक्षकसँग सम्बन्धित सङ्घ-संस्थाहरुले आज (शुक्रबार) धनुषाका सामुदायिक विद्यालय बन्द गराएका छन् । धनुषाको नगराइन नगरपालिकाका शिक्षकहरुले तलबभत्ता माग गर्दै गरेको आन्दोलनलाई समर्थन जनाउँदै जिल्लाका सबै सामुदायिक विद्यालय बन्द गराएका हुन् ।