कपिलवस्तुको शिवराज नगरपालिकाको चन्द्रौटामा चन्द्रौटा महोत्सवको सातौं संस्करण सञ्चालनमा आएको छ ।
हिलिहाङ गाउँपालिकाले आयोजना गरेको ज्येष्ठ नागरिक तथा महिला लक्षित निःशुल्क स्वास्थ्य शिविरमा चार सय आठ जनाले लाभ लिएका छन्।
भद्रपुर झापा गोल्ड कप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको विजेतालाई प्रथम पुरस्कार राशि १३ लाख रुपियाँ राखिएको छ ।
वीरगन्ज महानगरपालिकाले मासिक ३० युनिटसम्म बिजुली खपत गर्ने नगरवासीको बिजुली महसुल लगायतका महसुल तिरीदिने भएको छ ।
नेपाल बङ्गलादेशको राजधानी ढाकामा भएको साभा यू–२३ भलिबल च्याम्पियनसिपको पहिलो खेलमा आयोजक बङ्गलादेशसँग ३–० को सोझो सेटमा पराजित भएको छ ।
प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले नवनिर्वाचित सांसदलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ।
नेपालका राजवीर प्रधान २०औँ जयकर स्मृति एटीएफ यु–१४ टेनिस प्रतियोगिताअन्तर्गत सर्किट–२ को ब्वाइज सिंगल्समा बिहीबार फाइनलमा प्रवेश गर्नुभएको छ ।
सुनसरीको दुहबी नगरपालिकाको आयोजना तथा प्रदेश १ सरकारको सहकार्यमा वृत्ति परामर्श उद्यम तथा रोजगार मेला सुरु हुनेभएको छ ।
पेजथ्री सेलेब्रेटी फुटसल ११४३ प्रतियोगिता सम्पन्न भएको छ । नेपाल भाषाका कलाकार, पत्रकार एवं सामाजिक क्षेत्रका व्यक्तित्वहरूबीच कुमारी फुटसलमा प्रतियोगिता भएको हो ।
सरकारले शीतलहर र हिमपातको जोखिमबाट सुरक्षित रहन आग्रह गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले केही समय यता बढ्दो चिसोसँगै शीतलहर र हिमपातले जनजीवन प्रभावित भएको भन्दै सुरक्षित रहन आग्रह गरेको हो ।
प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच बालुवाटारमा छलफल भएको छ।
सरकारले कोरोना भाइरस नयाँ स्वरुमा देखा पर्न सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ ।
कपिलवस्तुको बाणगंगा नदीमा एक युवा हाम फालेको आशङ्कामा खोजतलास सुरु गरिएको छ । नदीको रामघाट पुलमा डुबेको आशङ्कामा खोजतलास सुरु गरिएको हो ।
विश्व फुटबल महासङ्घ (फिफा) को वरीयतामा नेपाल यथावत् स्थानमा रहेको छ । फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयताअनुसार नेपाल एक सय ७५औँ स्थानमा यथावत् रहेको हो ।
गृहमन्त्री बालकृष्ण खाणले ब्याजदर वृद्धिलाई नियन्त्रण गर्न नयाँ बन्ने सरकारले हस्तक्षेप गर्नुपर्ने बताउनुभएको छ । अब बन्ने नयाँ सरकारले ब्याजदर वृद्धिलाई नियन्त्रणका लागि नीतिगत हस्तक्षेप गर्नुपर्छ उहाँले भन्नुभयो ।