सुदूरपश्चिम प्रदेशका नवनिर्वाचित प्रदेश सभा सदस्यको शपथ ग्रहण कार्यक्रमको मिति सारिएको छ।
कालीकोट जिल्लाको सान्नीत्रिवेणी गाउँपालिका– १ अँधेरीखोलामा मङ्सिर २४ गते भएको जेसिबी दुर्घटनाका परी मृत्यु भएका परिवारले राहत पाएका छन् ।
मधेश प्रदेश सभाका नवनिर्वाचित सदस्यलाई ज्येष्ठ सदस्य गोविन्दबहादुर न्यौपानेले शपथग्रहण गराउने भएको छ। मधेश प्रदेश सभा सदस्य न्यौपाने ७१ वर्षीय हुनुहुन्छ।
सर्लाहीको हरिवनमा आगो ताप्ने क्रममा जलेर एक महिलाको मृत्यु भएको छ । चिसो छल्न आगो तापिरहँदा हरिवन नगरपालिका–३, बस्ने टीकाराम रखालकी श्रीमती ५५ वर्षीया गोरीमाया रखालको मृत्यु भएको हो ।
इङ्लिस प्रिमिर लिग क्लब म्यानचेस्टर युनाइटेड इएफएल (काराबाओ) कप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । घरेलु मैदानमा बुधबार राति भएको खेलमा युनाइटेडले च्याम्पियनसिप क्लब बर्नलीलाई २–० गोलले हरायो ।
कर्णालीमा स्वास्थ्यको सर्वव्यापी पहुँच बाहिर रहेका नागरिकलाई स्वास्थ्यको पहुँचमा ल्याउन स्वास्थ्य रणनीति तयार पारी सार्वजनिक गरिएको छ । बुधबार कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले आयोजना गरेको स्वास्थ्यमा सर्वव्यापी पहुँच विषयक् सञ्चारकर्मी र सरोकारवालाबीचको अन्तरक्रिया कार्यक्रममा स्वास्थ्य सेवाको पहुँच बाहिर रहेका समुदायलाई पहुँच र उपभोगमा अभिवृद्धि गर्न स्वास्थ्य रणनीति तयार पारेकोे जनाएको छ ।
प्रतिनिधिसभाका नवनिर्वाचित सांसदमध्ये चार जना सांसद शपथ ग्रहण समारोहमा अनुपस्थित हुनुभएको छ ।
जिल्लाका स्थानीय भेकमा स्थानीय रैथाने बाली उत्पादनमा विस्तारै कमी हुन थालेको छ । गाउँमा सडक सञ्जाल बिस्तार भएसँगै सिधै बजारको चामल गाउँ पुग्न थालेपछि स्थानीय उत्पादनमा कमी देखिन थालेको हो ।
रुकुमपूर्वक हिमाली जिल्ला जहाँ वर्षमा दुई बाली मात्र उत्पादन हुन्छ । हिउँदे र बर्खे बाली । हिउँदमा गहुँ, जौ र बर्खे बालीमा मकै, आलुलाई यस जिल्लामा मुख्य बालीका रूपमा लिइन्छ ।
प्रतिनिधि सभाका नवनिर्वाचित २७४ सांसदले आज (बिहीबार) शपथ लिनुभएको छ ।
नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरुले पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।
प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरुको शपथ ग्रहणअघि ज्येष्ठ सदस्य पशुपति शमशेर जबराको अध्यक्षतामा सर्वदलीय बैठक सुरु भएको छ ।
साँझ झर्दैछ । साँझको छायामा जङ्गली फूलहरूका बिरुवासँगसँग क्याक्टसका साना साना बिरुवाहरू पनि डुब्दै गइरहेका छन् । ती साना साना क्याक्टसले आज लेफ्टिनेस्ट कुर्टको मुर्दा शरीरको स्पर्श पाउने भएका छन् । लेफ्टिनेन्ट कुर्टका रगत–मासु र थेग्राले तिनका नसानसामा ताजापनको रस प्रवाहित हुने भएको छ । उसभित्रको नात्सीपनाले उसलाई सुम्पिदिन लागेको छ क्याक्टसका जरामा सधैँ सधैँका निमित्त । सत्यको निरन्तर बलात्कारले नपुंसक ऊ क्याक्टसका जरामुनि सुतीसुती युद्ध लोलुपताको ऋणशोध गर्नेछ । एउटा मसाने बिरक्तिको झैँ मुस्कान म आफ्नो ओठको डोलमा चिम्लिएको अनुभव गर्न थाल्छु । आश्चर्य । ऊ यसरी यति छिटै मर्न सक्छ भनेर मैले विचारसम्म पनि गरेको थिइनँ । उसका नात्सीपन खेलिरहेका आँखाका चिप्लेँटीलाई एकआध घण्टा पहिलेसम्म पनि मैले आफ्नो शरीरमा अनुभव गरेको थिएँ । उसको अनुहारमा मृत्युको छाया थिएन । एकदम सद्दे थियो, तन्दुरुस्त थियो, जीवनका सारा सपनालाई छातीभरि लिएर उभिएको थियो ऊ मजस्तै । तर उफ् । ऊ कति छिटो म¥यो, कस्तो नपत्याउने किसिमले म¥यो ।
चपाइएका अनुहार पढेपछि नै दौलतविक्रम विष्टप्रतिको क्रेज ह्वात्तै बढेको हो पाठकको । कलेज जीवनको आरम्भिक दिनमै चपाइएका अनुहार पढेपछि हाम्रा लागि नायक बन्न पुगे दौलतविक्रम । यस्तो उपन्यास लेख्ने मान्छे कस्ता होलान् ? यस्तो उपन्यासलाई चलचित्र बनाउन सके कस्तो होला ? यस्तै जिज्ञासाले डो¥याएको हो उहाँको आँगन छेउ । चालीसको दशकको सुरुताकाको समय मित्र अमोद (साहित्यकार अमोद भट्टराई) का साथ काठमाडौँको मीनभवनस्थित दौलत निवासको छेउछाउ उभिएका थियौँ हातमा चिठ्ठी लिएर । विद्यार्थी कालमा त्यतिबेला हाम्रा लागि दौलतविक्रमजस्ता साहित्यकारलाई भे
फेदिखोला गाउँपालिका ४ सर्केटारीमा निर्माणाधीन अस्पतालबाट लडेर एक जनाको मृत्यु भएको छ ।