नेपाल चिकित्सक सङ्घको आसन्न निर्वाचनमा २४ सदस्यीय पदाधिकारीका लागि २४ र सदस्यका लागि १५ गरी ३९ जना चिकित्सकहरूले मनोनयन दर्ता गराउनुभएको छ ।
प्रतिनिधि सभा सङ्घीय संसद् सचिवालयले नवनिर्वाचित सर्वदलीय बैठकको आह्वान गरेको छ। सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाका अनुसार बिहीबार मध्यान्ह १२ बजे दलको बैठक आह्वान गरिएको हो।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता एवम् प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले पदमा रहुन्जेलसम्म मुलुकको अभिभावक बनेर काम गर्ने बताउनुभयो ।
वीर अस्पतालको छाती विभागका प्रमुख डा. आशेष ढुङ्गाना धूम्रपान, भान्साको धुवाँ, आन्तरिक वायु प्रदूषण, वायु प्रदूषण र धुलोको कारण दमको समस्या हुने बताउनुहुन्छ।
फिल्म 'तिम्रो मेरो साथ'को ट्रेलर सार्वजनिक भएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ।
सङ्घीय संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले राष्ट्रपतिबाट संसद् अधिवेशन आह्वान भएपछि सभामुखको निर्वाचन प्रक्रिया अघि बढ्ने बताउनुभएको छ।
साताको दुई दिन लगातार रुपमा बढेको नेप्से बुधबार सामान्य अङ्कले गिरावट आएको छ । आज नेप्से परिसूचक ५.८९ अङ्क घटेर १८६७.२२ बिन्दुमा झरेको छ ।
बर्दिबास उद्योग वाणिज्य सङ्घको कार्यसमिति निर्वाचनबाट विष्णुबहादुर खड्का अध्यक्षमा निर्वाचित हुनुभएको छ । निर्वाचनबाट उहाँको प्यानल नै विजयी भएको छ ।
सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको नागरिकता विवादमा छलफलका लागि दुवै पक्षलाई बोलाउने निर्णय गरेको छ ।
निर्माणाधीन यहाँस्थित तनहुँ जलविद्युत आयोजनाको प्रसारण लाइन निर्माणका लागि २८ वटा टावर तयार भएको छ । आयोजनाको तेस्रो प्याकेज अन्तर्गत सो सङ्ख्यामा टावर र ४७ वटा फाउण्डेशन (जग हाल्ने) कार्य सम्पन्न भएको आयोजनाले जनाएको छ ।
लामो समयदेखि आन्दोलन गरिरहेका लघुवित्तीय संस्थाविरुद्ध सङ्घर्ष समिति र लघुवित्त बैंकर्स संघबीच १२ बुँदे समझदारी भएको छ । भरतपुरमा बुधवार पत्रकार सम्मेलन गरी सम्झौताबारे जानकारी दिइएको हो ।
राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरे लगत्तै प्रतिनिधि सभाको ज्येष्ठ सदस्य पशुपति शमशेर जबरा सङ्घीय संसद्को सचिवालयमा पुग्नुभएको छ।
बाँकेमा खाद्य व्यवस्था कम्पनी लिमिटेडले धान खरिद सुरु गरेको छ । जिल्लाका किसानले पहिलेदेखि धान खरिद गर्ने माग गर्दैआए पनि अहिले आएर मात्र धान खरिद सुरु गरिएको हो ।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को संसदीय दलको नेतामा अध्यक्ष महन्थ ठाकुर चयन हुनुभएको छ ।