८४ लाख योनि (प्रजाति/नस्ल/स्पेसिज) मा मानव जाति एउटा योनि हो। उसका क्रित्यहरूले धर्तीका बाँकी प्रजातिका बाँच्ने अधिकार कुण्ठित गर्नु जैविक विविधतालाई चुनौती दिनु हो। जलचर जीव नौ लाख, रुख र बिरुवा बीस लाख, कीट क्षुद्रजीव एघार लाख, पन्छी दस लाख र पशु तीस लाख मानिन्छन्। अब हामी अनुमान गरौँ , हाम्रो हिन्दु धर्म ज्ञान–विज्ञानमा कति उन्नत रहेछ। हजारौँ वर्षपहिले हाम्रा ऋषिमुनिले आफ्नो ज्ञानका आधारमा ८४ लाख योनि छन् भनेर आफ्ना शास्त्रमा उल्लेख गरेका थिए, जुन आजको उन्नत प्रविधिद्वारा गरिएको अध्ययनको निकै नजिक छ।
कालीकोटमा सरकारी अनुदानमा जिल्ला भित्रिने चामलको माग बढिरहेको छ। कालीकोट सदरमुकामसहित स्थानीय बजारमा खाद्यान्नको मूल्य बढेपछि सरकारी अनुदानमा आउने खाद्यान्नमा उपभोक्ताको ध्यान केन्द्रित भएको हो। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कालीकोट शाखा र अन्य डिपोमा चामलको माग बढिरहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले जनाएको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कालीकोट शाखा प्रमुख कमलराज पाण्डेले जिल्लाको शाखा र अन्य स्थानीय डिपोमा खाद्यान्नको माग बढिरहेको जानकारी दिनुभयो।
स्थानीय तहमा कर्मचारी अभाव भए पनि वीरेन्द्रनगर नगरपालिकामा दरबन्दीभन्दा झन्डै तेब्बर सङ्ख्यामा कर्मचारी छन्। नगरपालिकामा हाल स्थायी र करार गरी ३५५ जना कर्मचारी छन्। धेरै कर्मचारी हुँदा नगरपालिकालाई उनीहरूको व्यवस्थापनमा सकससमेत भएको छ। यहाँ स्थायी १९७ जना र करारमा १२३ जना कर्मचारी छन्। कार्यरत कर्मचारीमध्ये प्राविधिकतर्फ स्थायी १२६ र करारका ५४ जना छन्। अप्राविधिकतर्फ स्थायी ७१ जना र करारका ६९ जना कर्मचारी कार्यरत रहेको बताइएको छ। जसमध्ये पालिकामा तहविहीन १५ जना कर्मचारी छन्। जहाँ २०७४ सालमा सामान्य प्रशासन मन्त्रालयले यो पालिकामा कुल ६४ जना कर्मचारीको दरबन्दी स्वीकृत गरेको थियो।
बागमती प्रदेशमा ३३ राजनीतिक दलको जमानत जफत भएको छ । प्रदेश सभा सदस्य निर्वाचन ऐन २०७४ मा समानुपातिक निर्वाचन प्रणालीअन्तर्गतको निर्वाचनमा कम्तीमा एक सिट प्राप्त नगरेमा उक्त राजनीतिक दलले राखेको धरौटी जफत हुने व्यवस्था रहेको छ । बागमती प्रदेशमा ४० वटा दलले निर्वाचन आयोगमा प्रदेश सभातर्फ बन्दसूची पेस गरेका थिए । समानुपातिक निर्वाचन प्रणालीअन्तर्गतको निर्वाचनमा सहभागी भएकामध्ये सातवटा दलले मात्र समानुपातिक निर्वाचन प्रणालीतर्फ सिट प्राप्त गरेका छन् । ३३ वटा दलको धरौटी जफत भएको छ ।
नेपाली कांग्रेस बागमती प्रदेश सभाको संसदीय दलको नेता चयन गर्न निर्वाचन समिति बनाइएको छ । कांग्रेस बागमती प्रदेश समितिको मङ्गलबार बसेको कार्यसम्पादन समितिको बैठकले प्रदेश सभाको संसदीय दलको नेता चयन गर्न निर्वाचन समिति गठन गर्ने निर्णय गरेको हो ।
भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले दुई महिनाभित्र भरतपुरबाट नयाँ सवारीचालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) वितरण हुने बताउनुभएको छ । यातायात व्यवस्था कार्यालय भरतपुरमा नवनिर्मित भवनको बुधबार अनुगमनपछि प्रमुख दाहालले भन्नुभयो, “दुई महिनाभित्र सवारी परीक्षणसहितको नयाँ लाइसेन्स यहीँबाट वितरण हुनेछ ।” उहाँले चार वर्षअघिदेखि भरतपुरमा सबै सुविधासहितको यातायात कार्यालय ल्याउने कार्यको थालनी गरेको स्मरण गर्नुभयो । उहाँले चितवनबाट लाइसेन्स वितरणपछि चितवनवासी र छिमेकी जिल्लाका सेवाग्राहीलाई सेवा लिन सहज हुने बताउनुभयो । उहाँले भन्नुभयो, “देशको केन्द्र भागमा भरतपुर रहेकाले धेरैले सेवा लिनुहुनेछ । यहाँको आर्थिक क्रियाकलाप पनि वृद्धि भएर जानेछ, चितवनवासीका लागि गर्वको विषय हो ।” कार्यालयको सेवा सञ्चालनका लागि आवश्यक अस्थायी संरचना निर्माण गर्न महानग
सर्लाहीको उत्तरी चुरेभेगस्थित लालबन्दी नगरपालिका–१२, भालुखोप र जलकिनीका स्थानीयवासी वर्षौंदेखि दूषित पानी पिउन बाध्य छन्। हिउँदमा एक गाग्रो पानीका लागि तीन घण्टा पैदल हिँडेर जानुपर्ने बाध्यता छ। सुक्खायाम सुरु भएसँगै अहिले त्यहाँ बस्ती नजिकै रहेको कुवामा पानी आउन छाडेको छ। गाउँलेले तीन घण्टा हिँडेर लखन्देही खोलाको दुषित पानी ल्याएर पिउन बाध्य भइरहेका छन्। खानेपानीको अभावले अड्कलेर पानी प्रयोग गर्नुपर्ने बाध्यता रहेको स्थानीयवासी नारायण पुलामीले जानकारी दिनुभयो।
प्रदेश १ को प्रदेश सभा सचिवालयले आगामी सोमबार ११ गते प्रदेशका सांसदहरूको शपथ गराउने भएको छ। प्रदेश सभा सचिवालयले मङ्गलबार सूचना प्रकाशित गरेर शपथग्रहणका बारेमा जानकारी गराएको हो। प्रदेश सभाका सचिव गोपालप्रसाद पराजुलीले प्रकाशन गरेको सूचनामा सोमबार दिउँसो १:३० बजे हुने शपथग्रहण कार्यक्रममा अनिवार्य उपस्थित हुन अनुरोध गरिएको छ।
कोसी अस्पताल विराटनगरमा, अस्पताल विकास समिति विवादले चिकित्सक र कर्मचारी अप्ठ्यारोमा परेका छन्। अस्पताल विकास समितिका रूपमा दुईवटा समूह कायम रहँदा बैठक राखेर तलब निकासा गराउन अस्पताल प्रशासनले सकेको छैन। जसको मारमा विकास समितिबाट नियुक्त भएका १२१ जना चिकित्सक र कर्मचारीले कात्तिक र मङ्सिरको तलब पाउन नसकेको हुन्।
महोत्तरीको गौशाला नगरपालिका–१ मा रहेको एभरेस्ट चिनी मिलले उखु क्रसिङको तयारी गरेको छ । यो चिनी मिलले पुस महिनाको पहिलो साताभित्रै उत्पादन सुरु गर्ने लक्ष्यसहित आवश्यक तयारी थालेको हो । मिलका महाप्रबन्धक कृष्णचन्द्र दासले यो वर्ष २५ लाख क्विन्टल उखु क्रसिङ गरी करिब दुई लाख २५ हजार क्विन्टल चिनी उत्पादनको लक्ष्य रहेको बताउनुभयो ।
धार्मिक पर्यटन गन्तव्यसमेत रहेको दोलखाको सदरमुकाम चरीकोट आउँदो मङ्सिर ४ गते तोकिएको सङ्घ तथा प्रदेशको चुनावी माहौलले बजारका चिया पसलमा केही चहलपहल बढे पनि पर्यटक आगमन भने शून्य जस्तै भएपछि यति बेला सुनसान बनेको छ ।
नेपाल नगरपालिका सङ्घको आठौँ महाधिवेशनबाट धादिङको नीलकण्ठ नगरपालिकाका प्रमुख भीमप्रसाद ढुङ्गाना अध्यक्षमा निर्वाचित हुनुभएको छ । काठमाडौँमा सम्पन्न महाधिवेशनले ढुङ्गाना सर्वसम्मत रूपमा अध्यक्षमा निर्वाचित हुनुभएको हो । उहाँ यसअगाडि सङ्घको महासचिव हुनुहुन्थ्यो ।
गत मङ्सिर ४ गते सम्पन्न निर्वाचनपछि गठित प्रतिनिधि सभाको कार्य सुरु भएको छ। २०७२ असोज ३ गते संविधान सभाबाट जारी भएको नेपालको संविधानअनुसार यो दोस्रो प्रतिनिधि सभा हो। राष्ट्रपति विद्यादेवी भण्डारीले नवनिर्वाचित ज्येष्ठ (८० वर्षीय) सदस्य पशुपतिशमशेर जबरालाई बुधबार पद तथा गोपनीयताको शपथग्रहण गराउनु भएसँगै सङ्घीय संसद्को प्रतिनिधि सभामा तीन महिनादेखिको जनप्रतिनिधिको रिक्तता पनि समाप्त भएको छ। यसअघि अघिल्लो संसद्को अन्तिम अधिवेशन २०७९ असोज १ गतेदेखि अन्त्य गरिएको थियो।
नेपाल संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापना आयोगको सदस्यमा निर्वाचित भएको छ। संयुक्त राष्ट्रसङ्घ महासभाको ५६औँ पूर्ण बैठकका क्रममा भएको निर्वाचनमा नेपाल नयाँ कार्यकालका लागि आयोगको सदस्यमा निर्वाचित भएको हो। विभिन्न सङ्गठनात्मक समितिमा यसअघि काम गरे पनि आयोगको सदस्यकै रूपमा भने नेपाल निर्वाचित भएको पहिलो पटक हो।
सरकारले यही पुस ८ देखि १४ गतेसम्म विविध कार्यक्रम आयोजना गरेर दोस्रो राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाउने भएको छ । २०५१ पुस ११ गतेदेखि ज्येष्ठ नागरिकलाई वृद्ध भत्ता वितरण गर्न सुरु गरेको दिनलाई स्मरण गर्दै गत वर्षदेखि सरकारले यो दिवस मनाउन थालेको हो ।