मिलन चाम्सले निर्देशन गर्नुभएको 'वार ड्रामा' फिल्म 'गोर्खा वारियर्स'को टिजर सार्वजनिक गरिएको छ ।
तालिबान सरकारले यहाँका महिला तथा किशोरीहरूलाई विश्वविद्यालय जान प्रतिबन्ध गरेको विषयको विरोध भइरहेका बेला संयुक्त राष्ट्रसङ्घीय एक अधिकारीले सो निर्णय सच्याउन आग्रह गर्नुभएको छ ।
संयुक्त राष्ट्रसङ्घले दक्षिण सुडानको ग्रेटर जोङ्ले क्षेत्रमा सशस्त्र नुयर युवा परिचालनबाट देशको शान्तिसुव्यवस्थामा खलल पुग्ने जनाउँदै द्वन्द्वग्रस्त मुलुकको पछिल्लो स्थितिप्रति चिन्ता व्यक्त गरेको छ ।
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सबै प्रतिकूलता र विनाश र निराशाका बाबजुद युक्रेन जीवन्त र सक्रिय रहेको बताउनुभएको छ ।
काठमाडौंमा शुक्रबारदेखि सुरु हुने तय भएको नेपाल टी–२० फ्रेन्चाइज क्रिकेट लिग एक दिन पर सरेको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले बिहीबार साँझ विज्ञप्ति निकाल्दै लिग शनिबारदेखि सुरु गर्ने जनाएको छ ।
कञ्चनपुरको एक संस्था ब्यानरको कारण सामाजिक सञ्जालमा आलोचित बनेको छ । द्वन्द्वपीडित तथा एकल महिला विकास केन्द्र (सीभीएसडब्लुडीसी) को व्यापक आलोचना भएको हो ।
नेकपा (एमाले) का नेता तथा सांसद सूर्य थापाले नेपाली कांग्रेस र नेकपा (एमाले) ले मिलेर सरकार बनाएमात्र राजनीतिक स्थायित्व हुने बताउनुभएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारको नेतृत्वका लागि दाबी गर्ने सङ्केत गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो पार्टीले पनि प्रतिनिधि सभामा चौथो ठूलो दलको हैसियतले सरकारको नेतृत्वका लागि ठूला दलहरूसँग छलफल चलाएको बताउनुभयो । चौथो दल भएकाले सरकारको नेतृत्व गर्ने हक आफ्नो दललाई पनि रहेको उहाँले बताउनुभयो ।
प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले जनताको अपेक्षाअनुसारको भूमिका निर्वाह गर्ने बताउनुभएको छ ।
अङ्ग्रेजी नयाँ वर्षको अवसरमा पुस १३ देखि १७ गतेसम्म पोखरामा २४औँ पोखरा सडक महोत्सव हुने भएको छ । ‘सडकमै खाऔँ, सडकमै नाऔं, सडकमै रमाऔँ’ भन्ने नाराका साथ रेस्टुराँ एण्ड बार एसोसिएसन (रेवान) पोखराको आयोजनामा पाँच दिने सडक महोत्सव हुन लागेको हो ।
नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक केन्द्रीय कार्यालयमा सुरु भएको छ।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले सत्तारुढ गठबन्धनकै नेतृत्वमा सरकार बन्ने बताउनु भएको छ।
जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतेले मधेश प्रदेशको नेतृत्वमा आफ्नो दलको दाबी रहने स्पष्ट पार्नुभएको छ ।
स्पेनिस फुटबल क्लब काथेरेन्यो एफसीले नेपालमा दुई वटा मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ । लुम्बिनी गार्डेन फाउन्डेसनले बिहीबार पत्रकार सम्मेलन गरी मैत्रीपूर्ण खेलबारे जानकारी दिएको हो ।
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा प्रदर्शन उडानको सुरुआत गरिएको छ । विमानस्थलमा आज (बिहीबार) यति एयरलाइन्सले पहिलो प्रदर्शन उडान सफलतापूर्वक सम्पन्न गरेको हो ।