सडक यातायातको भाडादर कसरी तोकिन्छ? त्यो थाहा नपाएका जाजरकोटका यात्रुले २८ किलोमिटरको भाडा दुई हजार पाँच सय रुपियाँ तिर्दै आएका छन्। कुशे गाउँपालिकाको प्रशासनिक केन्द्र भार्मादेखि सदरमुकामसम्म २८ किलोमिटर भए पनि यात्रुले दुई हजार पाँच सय रुपियाँ तिर्दै आएका छन्। कुशे गाउँपालिका–५ का कमान थापाले खलङ्गादेखि पाँचकाटियासम्म यातायातका साधन सञ्चालनमा आएको १६ वर्ष बित्यो तर सडक स्तरोन्नति नहुँदा चर्को भाडा तिर्नुपरेको बताउनुभयो।
बर्दियाको मधुवन नगरपालिका–४ की मिर्गौलापीडित हरिराम चौधरीलाई हप्तामा तीन पटक डायलासिस गराउनुपर्छ। उहाँ डायलासिसका लागि नेपालगञ्ज मेडिकल कलेज रहेको कोहलपुरमा कोठा भाडा लिएर बस्दै आउनुभएको छ। गुलरिया नगरपालिका–२ की मिर्गौलापीडित पवित्रादेवी सुवेदी हप्तामा दुई पटक डायलासिस गर्न नेपालगञ्ज मेडिकल कलेज कोहलपुर धाउनुहुन्छ।
लुम्बिनी प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका दाङ देउखुरीमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्थापनासँगै अन्य मन्त्रालयहरू निर्माण तथा कार्यालय स्थापनाको काम तीव्र गतिमा भइरहेको छ। अस्थायी मुकाम बुटवलमा रहेका मन्त्रालयहरू राप्ती उपत्यका सार्न थालिएको छ। १३ वटा मन्त्रालयहरूमध्ये छवटा प्रदेश राजधानी परिसरभित्र स्थापना हुने क्रममा छन्। बाँकी सात मन्त्रालय परिसरबाहिरका सरकारी भवनमा स्थापना हुनेछन्।
कुनै पनि लिङ्गको अर्काे व्यक्तिप्रति कुनै पनि उमेर वा अवस्थामा यौन आकर्षण महसुस नगर्ने व्यक्तिलाई अयौनिक भनिन्छ ।मानवीय यौनिकतालाई चार किसिममा बाँडेर अध्ययन गर्न सकिन्छ । १) विपरीत लिङ्गी– बहुसङ्ख्यक मानिस यस श्रेणीमा पर्दछन् । उनीहरू आफूभन्दा विपरीत लिङ्गीको स्वरूप वा हाउभाउबाट आकर्षित हुन्छन् र यौन सम्बन्ध राख्न रुचाउँछन् । जस्तै स्त्रीप्रति पुरुषको र पुरुषप्रति स्त्रीको यौन आकर्षण । २) समलिङ्गी– केही अल्पसङ्ख्यक मानि
नेपाली समाजमा झारफुकका नाममा पहिलेदेखि नै अन्धविश्वास कायम रहेको छ। झारफुकको भर पर्दा मुलुकका विभिन्न भागमा बर्सेनि मानिसले ज्यान गुमाइरहनु परेको छ। मानिसले ज्यानै गुमाउनु पर्ने स्थिति सिर्जना हुनु भनेको चिन्ताजनक मात्र होइन, निन्दनीय विषय हो। शिक्षा, चेतना, आधुनिक चिकित्सा संरचनामा पहुँचको कमी आदि पक्षले मानिस अझै पनि परम्परागत अन्धविश्वासको शरण लिन बाध्य हुनु विडम्बना हो। नेपाली समाजमा झारफुकको विगत लामो इतिहास हो। आधुनिक उपचार पद्धतिको विस्तारको इतिहास लामो छैन। हुन पनि झारफुकको विस्तार हेर्दा अचम्म लाग्दा तथ्यहरू पाइन्छन्। उदाहरणका रूपमा पूर्वमेचीदेखि पश्चिम महाकालीसम्मका हरेक क्षेत्रमा कुनै न कुनै रूपमा यसको उपस्थिति पाउन सकिन्छ।
युरोपको सङ्गठित शक्तिका विरुद्ध शानदार सैन्य उपलब्धि प्राप्त गरेका कारण नेपोलियन बोनापार्ट इतिहासमा अमर छन् । उनले युरोपमा कानुन र प्रशासनिक व्यवस्था सुधारमा ठूलो योगदान गरेका थिए । नेपोलियनका अन्तिम वर्षहरू सम्झनलायक नै बने, उनले तिरस्कार र बन्धक जीवन व्यतित गर्नुप-यो तथा मृत्युमा समेत रहस्यको घेरा खिचियो । निर्वासनको अवस्थामै ५१ वर्षको उमेरमा नेपोलियनको निधन भएको थियो ।
निर्वाचन मत परिणामपश्चात्का परिदृश्यले नेपालको राजनीतिक यात्रालाई परिवर्तनको सङ्गीन घडीतर्फ अगाडि बढाउने सङ्केत गरेको छ। निर्वाचनका साङ्केतिक सन्देशका प्रवाहले नेपालमा राजनीतिक रूपान्तरणको जनअपेक्षालाई उजागर गरेका छन्। आमजनता त्यसको सम्बोधनका लागि शासकीय कौशलताको पर्खाइमा छन् । चुनावपछि विभिन्न कोणबाट निर्वाचन मतपरिणामको समीक्षा गरिए पनि अबको कार्यदिशा भनेको एउटै हो, जुन शासकीय सुधारसहित सुशासन, समुन्नति र सङ्कल्पका साथै डेलिभरीको सुनिश्चितता हो।
विश्व बैङ्कको प्रतिवेदनअनुसार दक्षिण एसियामा वायु प्रदूषणबाट हुने रोगबाट बर्सेनि २० लाखको मृत्यु हुने गर्छ। दक्षिण एसियामा वायु प्रदूषणको अवस्था भयावह छ। संसारका दस प्रदूषित सहरमध्ये नौवटा दक्षिण एसिया क्षेत्रमा रहेको विश्व बैङ्कको २०७९ मङ्सिर २८ गतेको प्रतिवेदनमा उल्लेख छ। विश्व स्वास्थ्य सङ्गठनले तोकेको मापदण्डअनुसार हावामा औषत वार्षिक पी.एम. २.५ एक घनमिटरमा ५ माइक्रोग्राम हुनुपर्छ। २.५ माइक्रोमिटर वा सोभन्दा साना धुलाका कणलाई पी.एम. २.५ भन्ने गरिन्छ। धेरै साना हुने यस्ता कणले फोक्सो हुँदै रक्तसञ्चार प्रणालीमा प्रवेश गरेर मानिसलगायत अन्य जीवित प्राणीमा अस्वस्थ बनाउँछ।
तनहुँको आँबुखैरेनी गाउँपालिकाले वडा न २ र ४ को सिमाना पर्ने ऐना पहरामा ऐना पार्क बनाउने कार्य सुरु गरेको छ । पृथ्वी राजमार्गसँग जोडिएको ऐन पहरा झरना रहेको स्थानमा पार्क निर्माण सुरु गरेको हो ।
संयुक्त राष्ट्रसङ्घमा सदस्य भएको नेपाललगायतका प्रायः सबै राष्ट्रले अनेकौँ वाचा गरेका छन्। विश्वलाई सुरक्षित राख्न घातक जैविक र रासायनिक शस्त्रास्त्रको प्रतियोगिता रोक्ने, वातावरण, जलवायु र तत्सम्बन्धी विकार बढ्न नदिने, जैविक विविधताको संरक्षण गर्ने, जल–जमिन–जङ्गल बचाएर रैथाने वा आदिवासीको हितमा केन्द्रित रहनेजस्ता विषयमा विश्व–सम्मेलन हुने गरेका छन्।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका ६ घारमा निर्माणाधीन १४ मेगावाट क्षमताको घर खोला जलविद्युत आयोजना निर्माण अन्तिम चरणमा पुर्याइएको छ । आगामी वैशाख देखि व्यावसायिक उत्पादन थाल्ने तयारीका साथ आयोजनाको निर्माणलाई यतिखेर तीव्रता दिइएको हो । आयोजनाको सिभिल र इलेक्ट्रोमेकानिकल तर्फका कामहरू अन्तिम चरणमा पुगेका छन् ।
नेपाल सार्वभौम र स्वतन्त्र राष्ट्र हो, जसको इतिहास, सभ्यता, संस्कृति र स्वतन्त्र पहिचान सदियौँ पुरानो छ । अमेरिका स्वतन्त्र राज्य हुनुअघि नेपाल एकीकरण भइसकेको थियो। कुनै औपनिवेशिक शक्तिले हामीमाथि शासन गर्न सकेको छैन। त्यसैले नेपाल विश्वमै पुरानो देशमा गनिन्छ। एसियामा थाइल्यान्ड र नेपाल मात्र त्यस्ता देश हुन्, जो औपनिवेशिक शक्तिको प्रत्यक्ष चङ्गुलबाट बँचे। यति गहिरो इतिहास र सभ्यताको देश एकाङ्की भएको देखिन्छ। एकाङ्की यसर्थमा कि नेपालमा कुनै एउटा घटना भयो कि मानौँ देश नै त्यसमा रुमलिन्छ। लाग्छ, राज्यको सम्पूर्ण गतिविधि ठप्प हुन्छ।
संविधानसभा सदस्य नवराज शर्माले २०५५ सालमा निर्माण भएको गुरुयोजनाअनुरूपको काम अझै हुन नसकेको बताउनुभएको छ। म्याग्दीमा रहेका सङ्घीय तथा प्रदेशका विषयगत कार्यालय र स्थानीय तहको आर्थिक वर्ष २०७८/७९ को वार्षिक समीक्षा गोष्ठी एवं आठौं जिल्ला सभामा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो।
नेपाल सरकार, बैङ्क तथा वित्तीय संस्था परिसङ्घ नेपाल (सिबिफिन) र नेपाल बिजनेस इन्स्टिच्युट (एनबीआर्ई)को संयुक्त आयोजना र विभिन्न मन्त्रालयको साझेदारमा नेपाल व्यवसाय शिखर सम्मेलन २०२३ आयोजना हुने भएको छ ।
सप्तरीसहित मधेशका जिल्लामा चिसो बढेको छ। बाक्लो हुस्सु लागेका कारण घाम लाग्न छोडेपछि चिसो बढेको हो। केही दिनदेखि एक्कासि बढेको चिसोका कारण बालबालिका, वृद्धवृद्धा र विपन्न पारिवार बढी प्रभावित बनेका छन्। चिसोले गर्दा बालबालिकालाई विद्यालय जान समस्या हुन थालेको छ। महादेवा गाउँपालिका–१, सोनराका देवनारायण मण्डलले न्यानो कपडा र पर्याप्त खानेकुरा नहुँदा मुसहर बस्तीका बालबालिका, वृद्धवृद्धालगायत सबै कठ्याङ्ग्रिएर बस्नु परिरहेको गुनासो गर्नुभयो। चिसोले मुसहर बस्तीका वृद्धवृद्धाको कठ्याङ्ग्रिएर मृत्यु हुने अवस्था रहेको मण्डल बताउनुहुन्छ। चिसो छल्नका लागि स्थानीयहरू घर तथा चोक–चोकमा आगो बालेर तापिरहेका छन्।