म्याग्दी समाचारदाता
म्याग्दी, पुस ८ गते । संविधानसभा सदस्य नवराज शर्माले २०५५ सालमा निर्माण भएको गुरुयोजनाअनुरूपको काम अझै हुन नसकेको बताउनुभएको छ। म्याग्दीमा रहेका सङ्घीय तथा प्रदेशका विषयगत कार्यालय र स्थानीय तहको आर्थिक वर्ष २०७८/७९ को वार्षिक समीक्षा गोष्ठी एवं आठौं जिल्ला सभामा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो।
रघुगङ्गा जलाधार क्षेत्रलाई जोड्ने बेनी–पाखापानी सडक निर्माण गुरुयोजना जिल्ला विकास समितिले २०५५ सालमा निर्माण गरेको भए पनि अहिलेसम्म योजनाले सफलता पाउन नसकेको गुनासो उहाँले गर्नुभयो। उहाँले भन्नुभयो, “२२ वर्ष अगाडिदेखि सुरु बागलुङ–बेनी सडकखण्ड पनि अहिलेसम्म पूर्ण हुन नसकेकाले त्यसतर्फ सबै राजनीतिक दलले सहमति गरेरै लाग्नुपर्छ।
निवर्तमान प्रतिनिधिसभा सदस्य भूपेन्द्रबहादुर थापाले देशको विकास गर्नका लागि सबै दल मिलेर अगाडि बढ्नुपर्ने बताउनुभयो। संविधानसभा सदस्य गोविन्द पौडेलले जिल्ला समन्वय समितिलाई अधिकारसम्पन्न बनाउनुपर्नेमा जोड दिनुभयो।