आफू सरकारी कर्मचारी हुँ भन्दै सरकारी कार्यालयका कर्मचारीलाई नै धम्क्याएर पैसा असुली धन्दा गर्दै आएका र हाल फरार रहेका एक व्यक्ति पत्ता लगाउन सहयोग गर्नेलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५० हजार रुपियाँको पुरस्कार घोषणा गरेको छ ।
डेढ वर्षअघि उद्घाटन गरिसकिएको धरहराको पुनर्निर्माण कार्य रोकिएको छ । पुनर्निर्माणका क्रममा सुन्धारामा पानी आउने काठको डुँड काटिएपछि ऐतिहासिक सम्पदा नष्ट भएको भन्दै काठमाडौँ महानगरपालिका र स्थानीयवासीको अनुरोधमा तत्कालका लागि काम रोकिएको हो । काठमाडौँ महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले धरहरा पुनर्निर्माणका क्रममा महानगरको पुरातात्त्विवक सम्पदा नै मासिएको हुनाले त्यसको निर्माणका लागि पुनः अध्ययन नभएसम्म काम रोकिएको जानकारी दिनुभयो ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको प्रतिनिधि सभा सदस्यको शपथ नरोकिने भएको छ। शपथ रोक्न माग गर्दै दायर रिटमा सर्वोच्चको संवैधानिक इजलासले तत्काल अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेपछि बिहीबारका लागि तय भएको शपथ हुने भएको हो। यद्यपि अदालतले अन्तरिम छलफलका सम्बन्धमा दुवै पक्षलाई बोलाएको सर्वोच्चका प्रवक्ता विमल पौडेलले जानकारी दिनुभयो। इजलासले अन्तरिम छलफलमा झिकाउने आदेश लिखित रूपमा सार्वजनिक गरेको छैन।
मोरङको सुन्दरहरैँचा–७ स्थित गोठगाउँमा किसानले खेतमा लगाएको पहेँलै भएर ढकमक्क फुलेको तोरी । मौसम अनुकूल वातावरणमा समयमै तोरी छरेका कारण तराईका अधिकांश स्थानमा अहिले तोरी फुलेर गाउँ नै रमाइलो भएको छ ।
पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले चीनसँगको व्यापारिक नाका तातोपानी पूर्णरुपमा खुलाउन पहल भइरहेको बताउनुभएको छ।
हिमालपारीको जिल्ला मुस्ताङको जिल्ला अस्पताल पछिल्लो दुई वर्षदेखि एम्बुलेन्सविहीनको अवस्थामा रहेको जिल्ला अस्पताल मुस्ताङका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा. बिशाल तिवारीले बताउनुभयो ।
प्रहरीले पर्साको ग्रामीण क्षेत्रको नेपाल–भारत सीमावर्ती बजार भिस्वाको एक चामल गोदाममा छापामारी गरी भन्सार छली भित्र्याइएको आशंकामा ३११ बोरा चामल बरामद गरेको छ ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले उद्योग क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरकार तयार रहेको बताउनुभएको छ।
बुटवलको तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका विषयमा बुटवल उपमहानगरपालिका, सडक विभाग र विश्व बैंकका प्रतिनिधिबीच छलफल भएको छ । पुलको आर्किटेक्ट डिजाइन तयार भैसकेको छ भने पुल निर्माणका विषयमा रहेका जटिलताका विषयमा बुटवल नगर प्रमुख खेलराज पाण्डेयले सडक विभाग र विश्व बैंकका प्रतिनिधिसँग छलफल गर्नुभएको हो ।
अर्घाखाँचीको एउटै गाउँबाट पाँच करोड रुपियाँको सुन्तला बिक्री भएको छ । जिल्लाको मुख्य सुन्तला उत्पादन हुने पाणिनी गाउँपालिका —१ सिम्लेका पटौटी, निगाली देउराली, पोखराथोक लगायतका टोलबाट यसवर्ष सो रकम बरावरको सुन्तला बिक्री भएको हो ।
कैलालीमा टिपरले अटोलाई ठक्कर दिँदा बालकको ज्यान गएपछि स्थानीय आन्दोलित भएका छन्।
ताप्लेजुङमा आत्महत्याका घटना नियन्त्रणका लागि प्रहरीले जनचेतना फैलाउने कार्यलाई तीव्रता दिएको छ । पछिल्लो समय अप्रत्याशित आत्महत्याका घटना वृद्धि हुन थालेपछि त्यसबिरुद्ध जनचेतना जगाउन ताप्लेजुङ प्रहरीले अभियानलाई तीव्र बनाएको हो ।
सुदूरपश्चिम प्रदेश सभाका सदस्यलाई पुस ११ गते पद तथा गोपनीयताको शपथ ग्रहण गराइने भएको छ ।
हत्यासहितका विभिन्न अपराधको सजाय काटिरहेका चार्ल्स शोभराजलाई रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ। बुधबार न्यायाधीश सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले चार्ल्स शोभराजलाई आज नै कैदबाट मुक्त गर्न आदेश दिएको हो।
“जोड्दै गरेको इँटा खसेर दायाँ तिघ्रामा लागेको थियो । सामान्य चोट होला भनेर स्थानीय मेडिकलमा उपचार गरेँ । निको नभएपछि थप उपचारका लागि बुटवल पुगेँ । हामीजस्तो विपन्न परिवारको मानिसलाई उपचार गर्न कठिन भयो” कपिलवस्तुको बुद्धभुमि –३ टाँकुका ५५ वर्षीय तौलेश्वर थारुले टालाटुलीले छोपेको घाउ देखाउँदै पीडा सुनाउनुभयो ।