• १४ चैत २०८२, शनिबार

‘समुन्नत समाज निर्माणको पहल गर्छु’

blog

प्रवीणकुमार शर्मा  

चन्द्रपुर (रौतहट), चैत १४ गते  । प्रतिनिधि सभा सदस्यको निर्वाचनमा रौतहट निर्वाचन क्षेत्र नं. १ बाट पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहित पूर्वमन्त्रीलाई पराजित गर्दै राजेशकुमार चौधरी प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको छ । 

प्रतिनिधि सभा सदस्यको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उम्मेदवारी दिनुभएका चौधरीले नपाल कम्युनिस्ट पार्टी (एमाले) का उम्मेदवार अजयकुमार गुप्तालाई १८ हजार २५३ मतको फराकिलो अन्तरले पराजित गर्दै विजयी हुनुभएको हो । निर्वाचनमा चौधरीले २८ हजार ९४६ मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का उम्मेदवार अजयकुमार गुप्ताले १० हजार ६९३ मत प्राप्त गर्नुभयो । सोही निर्वाचन क्षेत्रमा पूर्वमन्त्री एवं नेपाली कांग्रेसका उम्मेदवार अनिलकुमार झाले आठ हजार ५७४ मत र नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सात हजार ६६९ मत प्राप्त गर्नुभयो । 

गोरखापत्रसँगको कुराकानीमा प्रतिनिधि सभा सदस्य चौधरीले रौतहट क्षेत्र नं. १ को विकास र त्यहाँका जनताको अधिकार प्राप्तिका लागि आफू अहोरात्र खटिने बताउनुभयो । उहाँले शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रको सुधारका लागि आफूले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । मधेश प्रदेशमा खस्कँदो शिक्षाको गुणस्तर बढाउन, गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन तथा आधुनिक कृषिमा सबैको पहुँच पु¥याउन आफूले संसद्मा जोडदार रूपले आवाज उठाउने बताउनुभयो । 

उहाँले चुनावका बेला मतदाताको घरदैलोमा मत माग्न जाँदा शिक्षा, स्वास्थ्य, कृषि, सिँचाइ, बाटोघाटो र रोजगारीका विषयमा मतदाताले समस्या राखेको भन्दै यी स्थानीय समस्या स्थानीयस्तरबाटै समाधान हुन सक्ने र त्यसका लागि आफूले आफ्नो क्षेत्रका स्थानीय सरकारसँग समन्वय गरी अघि बढ्ने बताउनुभयो । 

विकास, सुशासन, समृद्ध समाजको प्रत्याभूति दिलाउन आफूले कुनै कसर बाँकी नराख्ने भन्दै यहाँका विकासनिर्माणको अधुरो काम सम्पन्न गराउन दृढ सङ्कल्पका साथ अघि बढ्ने बताउनुभयो । उहाँले रौतहट क्षेत्र नं. १ को गङ्गापिप्रामा नेपाल बैङ्क लिमिटेडको शाखा पुनस्र्थापनाका लागि र रौतहटको गौर राइसमिलको जग्गा सार्वजनिकीकरणका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले भ्रस्टाचार, बेथितिको अन्त्य गर्दै सुशासन कायम र समुन्नत समाज निर्माण आफ्नो प्राथमिकता रहने बताउनुभयो ।

रौतहटको दुर्गा भगवती गाउँपालिका–१, गङ्गापिप्रामा विसं २०२८ भदौ ४ गते जन्मिनुभएका प्रतिनिधि सभा सदस्य चौधरी विगतमा राजनीतिसँगै कृषि क्षेत्रमा सव्रिmय रहनुभएको थियो । उहाँले भारतावाट वाणिज्यशास्त्रमा प्रवीणता प्रमाणपत्र तहसम्मको शिक्षा हासिल गर्नुभएको छ  ।