भूमे गाउँपालिका–४, धौलापैरामा निर्माणाधीन पाँच मेघावाट विद्युत् उत्पादन क्षमता रहेको रुकुमगाड जलविद्युत् आयोजनाको काम रोकिएको छ । निर्माण व्यवसायीहरूले भुक्तानी नपाएको भन्दै आयोजनाको काम ठप्प पारेका हुन् । रुकुमगाड जलविद्युत् आयोजनाको मुख्य ठेकेदार कम्पनी श्री एटीसी/कवीन्द्र जेभीसँग कामको सम्झौता गरेका तीन निर्माण व्यवसायीले काम रोकेका हुन् ।
सङ्गीतलाई भाषाको पनि भाषा मान्ने गरिन्छ । सञ्चारकर्ममा भाषा असफल रहँदा पनि सङ्गीत सफल रहेको दृष्टान्त भेटिन्छ । कोरियाली गीत तथा नृत्य ‘ग्याम्नाम स्टाइल’ लाई दृष्टान्तको रूपमा लिन सकिन्छ । बहुसङ्ख्यक मानिस कोरियाली भाषासँग परिचित नभए पनि संसारभरका युवा यसमा झुमे । भाषिक पुल नहुँदा भावसञ्चार गर्ने अथाह तागत सङ्गीतमा रहन्छ भन्ने तथ्य ‘ग्याम्नाम स्टाइल’ ले स्थापित गरिदिएको छ ।
कालिगण्डकी नदी किनारमा रहेको तातोपानी कुण्डमा जानका लागि स्थानीय एक युवाले नदीमा स्थानीय प्रविधिको प्रयोग गरेर काठको अस्थायी पुल निर्माण गर्नुभएको छ । झोलुङ्गे पुल नहुँदा यहाँ हिँउदको समयमा कालिगण्डकी नदी वारपार गर्न काठेपुलको भर पर्नुपर्ने बाध्यता छ ।
तनहुँ जलविद्युत् आयोजनाको मुख्य सुरुङको (पानी ल्याउने) ५० प्रतिशत काम पूरा भएको छ। कुल एक हजार ४०८ मिटर लामो सुरुङ रहेको छ। सुरुङमार्ग ७०४ मिटर सम्पन्न भएको तनहुँ जलविद्युत् आयोजनाका वरिष्ठ सहायक उद्धव पौडेलले जानकारी दिनुभयो। प्याकेज दुईअन्तर्गत विद्युत्गृह जाने टनेलको भने सबै काम सम्पन्न भइसकेको छ।
बेनीको कालीपुलस्थित सडक अतिक्रमण गरी व्यापारीले गोदाम बनाइदिएका छन्। बेनी–जोमसोम–कोरला सडकको प्रवेशद्वार कालीपुलस्थित सडकछेउमा विभिन्न सामग्री गोदाम (भण्डार) गरी राखिएका छन्। व्यापारीका सामग्रीका कारण सडक साँघुरो भएको छ भने दुर्घटनाको जोखिम पनि बढेको छ। सडकछेवैमा छरपस्ट सामग्रीका कारण पैदलयात्रामा असहज भएको छ। कालीपुलस्थित पेट्रोलपम्पदेखि जलजला गाउँपालिका–३, बगरफाँट जाने झोलुङ्गे पुलसम्मको सडक व्यवसायीहरूले अतिक्रमण गरी सामग्री र सवारीसाधन राख्ने गरेका छन्।
सप्तरीका सामुदायिक विद्यालय र स्थानीय तह, वडा कार्यालयका कर्मचारीहरू समयमा कार्यालय नआउँदा सर्वसाधारणले सास्ती खेप्नुपरेको छ। सरकारी कार्यालयहरूमा एक/दुई दिनमा हुने कामलाई हप्तौँ र महिनौँसम्म लाग्ने गरेको छ। शम्भुनाथ नपा–६ की सेवाग्राही प्रतिमा चौधरीलाई घरेलु तथा साना उद्योग कार्यालय सप्तरीमा बिहीबारदेखि मङ्गलबारसम्म कार्यालय धाउँदा पनि हाकिम नभएपछि फेरि शुक्रबार आउन भनियो।
रौतहटको सदरमुकाम गौरस्थित एक विद्यालयका बालबालिका पुस महिनाको जाडोमा पनि चिसो भुइँमा बसी पढ्न बाध्य छन्। गौर नगरपालिका–८, पुरेनवामा रहेको श्री आधारभूत विद्यालयमा डेस्क बेन्च नभएपछि बालबालिका चिसो भुइँमा बसेर पढ्न बाध्य भएका हुन्। विद्यालयमा १ देखि ८ कक्षासम्म पढाइ हुने गरेको छ।
इरानी महिलाले अनुदारवादी सरकारविरुद्ध विद्रोह गरेका छन् । लाखौँ महिला सडकमा ओर्लेर हिजाबविरुद्ध विद्रोह गरेका हुन् । हिजाब खारेजीको माग गर्दै महिला अधिकारका लागि भएको यस पटकको विद्रोह इरानको क्रान्तिपछिको ठूलो हो तर सरकार उदार देखिएन । महिलालाई अधिकार दिनुको सट्टा आन्दोलन दबाउन सुरक्षाकर्मी परिचालन गरी गोली र लाठी बर्साएको छ । इरान सरकारले गरेको दमनको सर्वत्र विरोध भएको छ ।
वायु प्रदूषण दक्षिण एसियामा चर्को रूपमा देखिन थालेको छ। जैविक इन्धनबाट चल्ने सवारीसाधनको वृद्धिका साथै औद्योगिक कलकारखानामा खनिजजन्य इन्धनको प्रयोगले वायुमण्डलमा कार्बडाइअक्साइड लगायतका वायुमण्डल प्रदूषित गर्ने ग्यासको प्रयोग बढ्दै गएको छ। हिउँदका याममा खासगरी मङ्सिरपछि धान खेती उठाएर पराल खेतमै जलाउने भारतीय किसानकर्मले धुँवा वायुमण्डलमा बढी पुग्न थालेको छ। चिसो मौसम बढेपछि सूर्यको ताप कम हुन गई त्यस्तो प्रदूषण जमिन नजिकै रहने हुँदा वायु प्रदूषण अझ बढी देखिन थालेको छ। चिसोको मौसम बढ्ने क्रमसँगै वायु प्रदूषणको मात्रा उच्च हुँदै मानव स्वास्थ्यमा प्रतिकूल असर पर्ने जोखिम बढाएको छ।
बुटवल मण्डपमा अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्र निर्माणको काम अन्तिम चरणमा पुगेको छ । मण्डपमै निर्माण सम्पन्न भएको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको पश्चिमतर्फ एक अर्ब दुई करोडको लागतमा प्रदर्शनी केन्द्रको निर्माण कार्य भइरहेको हो । अहिले करिब ७२ प्रतिशत काम सम्पन्न भैसकेको निर्माण आयोजनाले जनाएको छ ।
विकास एउटा गतिशील सामयिक अपरिहार्य परिवर्तन हो। यो एउटा यस्तो सकारात्मक परिवर्तन हो, जसले समाजमा प्रगतिउन्मुख परिवर्तनको अपेक्षा राखेको हुन्छ। शाब्दिक अर्थमा विकासले यथास्थितिभन्दा उन्नत, पूर्ण, परिपक्व अपेक्षित अवस्थालाई जनाउँछ । विकासलाई साधारणतया आर्थिक वृद्धिको पक्षसँग हेर्ने र समाहित गर्ने गरेको पाइन्छ। यो एउटा परम्परागत तर बढी चलनचल्तीमा रहेको अवधारणा हो। अर्थशास्त्रीय अवधारणाले विकास भन्नाले कुल गार्हस्थ्य उत्पादन र प्रतिव्यक्ति आयमा वृद्धिलाई विकास भन्ने गरेको छ भने समाजशास्त्रीय अवधारणाले आर्थिक वृद्धि सँंगसंँगै सामाजिक विकास हुनुपर्ने अपरिहार्य आवश्यकतालाई जोड दिएको छ। विकाससम्बन्धी अवधारणा मानव सभ्यताको विकासक्रमसँगै कुनै न कुनै
अमेरिकी अन्तरिक्ष केन्द्रले प्रोब डाइमर्फस नामको विशेष खालको अन्तरिक्ष यानलाई क्षुद्रग्रहमा योजनाबद्ध किसिमले ठोक्काएर पृथ्वीमा हुन सक्ने सम्भावित दुर्घटना टार्ने परीक्षण सफल भएको बताएको छ । सो क्रममा उक्त अन्तरिक्ष यान नष्ट भयो भने क्षुद्रग्रहले मार्ग परिवर्तन ग-यो ।
राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधान २०७२ को धारा ७६ (२) अनुसार नयाँ सरकारको गठनका निम्ति राजनीतिक दलहरूलाई आह्वान गर्नुभएको छ। संविधानको धारा ७६ (१) अनुसार प्रतिनिधि सभामा कुनै पनि एक दलसित आवश्यक बहुमत नरहेका कारण राष्ट्रपतिले धारा ७६ को उपधारा (२) अनुसार नयाँ सरकार गठनको निम्ति आह्वान गर्नुको विकल्प थिएन। पुस १० गतेभित्रमा दुई वा दुईभन्दा बढी राजनीतिक दलले मिलेर आवश्यक बहुमत जुटाई नयाँ सरकार गठनका निम्ति दाबी गर्न सक्नेछन्।
नदीमा बहाव कम भएसँगै तनहुँको आँबुखैरेनी गाउँपालिका–४ स्थित मर्स्याङ्दी जलविद्युत् केन्द्रको उत्पादनमा कमी आएको छ । मस्र्याङ्दी हिमालबाट बगेर आएको नदी भएकाले चिसो मौसममा घामको तापक्रम घट्ने हुँदा हिमाल कम पग्लने र जाडोयाममा वर्षा पनि कम हुने भएकाले उत्पादन घटेको केन्द्रका इन्जिनियर जगदीश ढुङ्गानाले जानकारी दिनुभयो
मानव मस्तिष्कसम्बन्धी एक रोग हो अटोइम्युन इन्सेफ्लाइटिस (Autoimmune Encephalitis) । यो रोगको नाम दुई शब्दबाट बनेको छ, अटोइम्युन (Autoimmune) र इन्सेफ्लाइटिस -(Encephalitis)। अटोइम्युन एक मेडि