नाइजेरियामा फैलिएको हैजाको प्रकोपबाट मृत्यु हुनेको सङ्ख्या ५१ जना पुगेको छ । यहाँका स्वास्थ्य अधिकारीहरूले यहाँ हैजाबाट कम्तीमा पनि ५१ को ज्यान गएको जानकारी गराएका छन् ।
देशमा खाद्यान्नको सङ्कट आउन नदिनका लागि बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाले खाद्यान्न उत्पादनका काममा जोड दिन आह्वान गर्नुभएको छ ।
नेपाली कांग्रेस संसदीय दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवाले उम्मेदवारी दर्ता गर्नुभएको छ।
बङ्गलादेशमा आयोजना हुने बंगबन्धु एसियन यू–२३ सेन्ट्रल एसियन जोन अन्तर्राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा सहभागी हुन नेपाली टोली मंगलबार ढाका प्रस्थान गरेको छ ।
नेपाली कांग्रेसको संसदीय दलको नेतामा महामन्त्री गगन थापाले उम्मेदवारी दर्ता गर्नुभएको छ ।
नेपाली कांग्रेस संसदीय दलको नेताको निर्वाचनका लागि प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा र महामन्त्री गगनकुमार थापाबीच प्रतिस्पर्धा हुने भएको छ।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेस संसदीय दलको नेतामा प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवालाई प्रश्ताव गर्ने बताउनुभएको छ ।
संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापना कार्यको लागि नेपाली सेना विगत लामो समयदेखि संसारका विभिन्न मुलुकमा कार्यरत शान्ति मिसनमा खटिएर महत्वपूर्ण याेगदान पुर्याउँदै आइरहेको छ ।
फ्रान्सका चर्चित स्ट्राइकर करिम बेन्जेमाले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा गर्नुभएको छ । बेन्जेमाले आफ्नो ३५औँ जन्मदिन मनाउने क्रममा सोमबार राति अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा गर्नुभएको हो ।
सल्यानमा बस दुर्घटना हुँदा ११ जना घाइते भएका छन्।
बैतडीको पाटनमा मृत फेला पर्नुभएका शिक्षक धनबहादुर विष्टको हत्या भएको भन्दै दोषी पत्ता लगाउन बैतडीमा शिक्षक, विद्यार्थी र स्थानीयवासी आन्दोलित भएका छन् ।
नेपाली कांग्रेसको संसदीय दलको नेतामा महामन्त्री गगन थापाले उम्मेदवारी दर्ता गराउँदै हुनुहुन्छ ।
वालिङ नगरपालिकाले मिस्त्री (श्रमिक)हरुलाई भूकम्प प्रतिरोधी घर बनाउन सिकाउन सुरु गरेको छ । नगरभित्र लामो समयदेखि घर बनाउने काम गर्दै आएका मिस्त्रीहरुलाई भूकम्प प्रतिरोधी घर बनाउन सिकाएको हो ।
जिल्ला सदरमुकाम तानसेन–४ स्थित सिल्खानटोलमा पुराना हतियार तोपका गोला भेटिएको छ । नेपाली सेनाले घडेरी खन्दा ऐतिहासिक रूपमा प्रयोग भएको हतियारको गोलाहरू फेला परेको पाल्पाका प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले जानकारी दिनुभयो ।
सुनकोसी गाउँपालिका–१ मा अवस्थित एकएक पाइला ठोकर्पा आधारभूत अस्पतालले ग्रामीण भेगका ४६ जनाको निःशुल्क मोतियाबिन्दुको शल्यक्रिया गरेको छ ।