साइपाल गाउँपालिका–२ की भाना बोहरा एक वर्षको दुधेबालक च्यापेर तीन दिनको पैदल हिँडाइपछि बझाङ सदरमुकाम चैनपुरमा आइपुग्नुभएको छ, जहाँ साइपाल गाउँपालिकाको सम्पर्क कार्यालय छ। दुधेबालक लिएर बोहरा आउनुको कारण हो, योजना सम्झौता। यद्यपि सदरमुकाम चैनपुर आएको १२ दिन बितिसक्दा पनि योजनाको सम्झौता हुनसकेको छैन।
लोपोन्मुख राजी जातिका मानिस गुजाराका लागि जङ्गल र नदीनालामा चहार्दै मौरीको सिकार गर्दथे। दिनभरि जङ्गल घुम्दै मह सङ्कलन गर्ने र गाउँघरमै बिक्री गरेर जीवन गुजारा गर्ने राजी जातिको यो पेसा अहिले सङ्कटमा परेको छ। बुकबहादुर राजीले भन्नुभयो, “तर अचेल पहिलाको जस्तो मह पाइँदैन।”
कर्णालीका ३४ प्रतिशत नागरिक अहिले पनि लेखपढ गर्न जान्दैनन्। यति धेरै जनसङ्ख्या निरक्षर रहेको प्रदेशमा साक्षरता अभियानले गति लिन सकेको छैन। प्रदेशका पाँच जिल्लामा अझै साक्षर घोषणा भएको छैन। निरक्षरता हटाउन राज्यस्तरमा थालिएका साक्षर अभियान थप योजना र बजेटको अभावमा अलपत्र परेको बताइन्छ।
हिमाली जिल्ला हुम्लावासीले काठेपुलबाट खोला र नदीको जोखिमपूर्ण यात्रा गर्नुपर्ने अवस्था अझै छ। ठाडाखोला तथा नदीमा झोलुङ्गे पुल निर्माण नहुँदा स्थानीयले आफ्नै प्रयासबाट निर्माण गरिएका काठेपुल तर्नुपर्ने बाध्यता छ। नाम्खा गाउँपालिका–६ को हिमालपारिको गाउँ लिमीका वडाध्यक्ष पाल्जोर तामाङका अनुसार लिमीमा अहिले पनि ११ वटा काठेपुलबाट स्थानीयले खोला तर्दै आइरहेका छन्।
एक हजार आठ सय मिटर सडक निर्माणका लागि कति समय लाग्ला ? छ महिना, एक वर्ष वा दुई वर्ष। तर, बाँकेमा भने करिब एक हजार आठ सय मिटर सडक बनाउन साढे पाँच वर्ष बितेको छ। सडक निर्माण अझै पूरा हुन सकेको छैन। बाँकेको खजुरा गाउँपालिकाको इलाका प्रहरी कार्यालय धनौलीदेखि १ नम्बर बजारसम्मको १८ सय मिटर सडक निर्माणको काम पाँच वर्षदेखि पूरा
शहीदमार्ग सडक आयोजनाको निर्माण कार्य समयमै हुन नसकेपछि रुकुमपूर्वमा सञ्चालित सडक निर्माणको ठेक्का सम्झौता तोडिएको छ। सो योजना कार्यालय रोल्पाका योजना प्रमुख पवन भट्टराईले पटक–पटक थपेको समयसीमाभित्र निर्माण व्यवसायीले काम गर्न नसकेकाले ठेक्का अन्त्य गरिएको बताउनुभयो।
मधेश प्रदेश सभामा यस पटक १० वटा राजनीतिक दलको प्रतिनिधित्व कायम भएको छ। कुनै पनि राजनीतिक दलले एकल बहुमत नल्याएका कारण यहाँ दुईभन्दा बढी दल मिलेर सरकार बनाउनुपर्ने छ तर सत्तापक्ष र प्रतिपक्षीय गठबन्धन बनाएर चुनावमा होमिएका दलसँग पनि बहुमत नभएपछि मधेश प्रदेश सरकार कसको नेतृत्वमा बन्ला अझै स्पष्ट भइसकेको छैन।
गण्डकी प्रदेश नयाँ सरकार गठनको तयारीमा जुटेको छ। प्रदेश प्रमुख पृथ्वीमान गुरुङलाई निर्वाचन आयोगका आयुक्त ईश्वरीप्रसाद पौड्यालले प्रदेश निर्वाचनको अन्तिम परिणामसहितको प्रतिवेदन बुझाएपछि नयाँ सरकार गठनको औपचारिक बाटो खुलेको हो। निर्वाचन आयोगले गएको मङ्सिर २८ गते नै प्रदेश सभा निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक गरेको थियो। आउँदो पुस १६ गतेभित्रै प्रदेश सभाको बैठक बसिसक्नुपर्ने हुन्छ। प्रदेश सभा सदस्यले बैठकअगावै शपथ लिनुपर्ने संवैधानिक व्यवस्था छ।
२२औँ संस्करणको विश्वकप फुटबलको उपाधि अर्जेन्टिनाले चुमेको छ। आइतबार राति कतारमा आयोजित सनसनीपूर्ण फाइनल खेलमा बलियो प्रतिद्वन्द्वी पूर्वविश्वकप विजेता फ्रान्सलाई हराउँदै फुटबलको महाशक्ति राष्ट्र अर्जेन्टिनाले तेस्रो पटक उपाधि चुमेको हो। उत्कृष्ट खेल प्रदर्शन गर्दै विश्वविजेता बन्न सफल भएकोमा अर्जेन्टिनालाई यतिबेला बधाईको ओइरो नै लागेको छ। योसँगै यस पटकको विश्वकप फुटबलको खेल संस्करण पूरा भएको छ। झन्डै एक महिनासम्म जारी यो प्रतियोगितामा विश्वका ३२ राष्ट्रको सहभागिता थियो। विश्वभरका अर्बौं दर्शकले उत्साहपूर्वक हेरेको फाइनल खेलमा अर्जेन्टिनाले फ्रान्सलाई निकै रोमाञ्चक तथा सनसनीपूर्ण खेलमा ४–२ गोलको अन्तरले हराएर विश्वविजेता बन्ने आफ्नो सपनालाई साकार पा¥यो। निर्धारित ९० मिनेटको खेल, अनि ३० मिनेटको अतिरिक्त समयमा समेत हारजितको टुङ्गो नलागेको फाइनल खेल अन्तत टाइब्रेकरका आधारमा मात्र छिनोफानो हुन सक्यो।
प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन, २०७९ सफलतापूर्वक सम्पन्न भएको अवसरमा निर्वाचन आयोगद्वारा आयोजित जलपान समारोहमा समुपस्थित भई प्रमुख आतिथ्यता ग्रहण गरिदिनु भएकोमा सम्माननीय राष्ट्रपतिज्यूसमक्ष कृतज्ञता प्रकट गर्दै हार्दिक स्वागत गर्न चाहन्छु। यस कार्यक्रममा विशिष्ट अतिथिको रूपमा समुपस्थित भइदिनु भएकोमा सम्माननीय उपराष्ट्रपतिज्यूसमक्ष कृतज्ञतासहित हार्दिक स्वागत गर्न चाहन्छु।
मानव शरीरको सबैभन्दा ठूलो अङ्ग हो छाला । छालाले शरीरको तापक्रम सन्तुलनमा राख्न, पानी, भिटामिन डी एवं चिल्लो पदार्थको भण्डारण गर्न सघाउँछ । यसका साथै छालाले ताप, सूर्यको प्रकाश, चोट एवं सङ्क्रमणबाट समेत बचाउँछ । छालाको क्यान्सर खासमा छालाको तन्तु अर्थात् कोषहरूको समूहमा सुरु हुन्छ । मानव शरीरको सबै अङ्गमा छालाको क्यान्सर हुनसक्ने भए पनि सूर्यको प्रकाशबाट सजिलै असर गर्न सक्ने भागहरू अनुहार, घाँटी, हात, पाखुरा र खुट्टामा छालाको क्यान्सर हुने सम्भावना बढी रहन्छ ।
मङ्सिर ४ गते भएको निर्वाचनको अन्तिम नतिजा आइसकेको छ । सत्तारूढ गठबन्धनका प्रमुख दलले आगामी सरकार गठनका लागि वार्ता र छलफल सुरु गरेका छन्। महत्वपूर्ण प्रश्न छ नयाँ प्रधानमन्त्री को बन्ला ? इमानदारीपूर्वक भन्नुपर्दा कुनै पनि लोकतन्त्रमा प्रमुख दलहरूले चुनावअघि नै पार्टीबाट आफ्नो चुनावी अभियानको नेता र भावी प्रधानमन्त्रीको नाम तय गर्ने अपेक्षा गरिन्छ।
प्रकृति आफैँमा यो एक उत्कृष्ट प्रणाली हो। यो विधिमा चल्छ। उदाहरणका लागि हेरौँ, चरा, मौरी तथा धमिराले आफ्नो बास तथा गाँसको प्रयोजनका लागि निश्चित समयमा प्रकृतिले दिएको मापदण्डमा घर निर्माण गर्छन्, निश्चित समयसम्म बासका रूपमा प्रयोग गरी समय सकिएपछि त्यसलाई त्यागेर अर्को निर्माण गर्छन् । धमिराले प्रयोग गरी छोडेको देवलमा च्याउ उम्रन्छ, त्यो च्याउ मानिसका लागि स्वादिलो पौष्टिक आहार हुन्छ । यसरी प्रकृतिले एउटा प्रणाली निर्माण गरेको छ । यो प्रकृतिको विश्वविद्यालयले सिकाएको नियम र प्रविधि हो । मानिस यस्ता नियम उल्लङ्घन गर्छ अनि दुर्घटनामा पर्छ ।
अहिले अर्थतन्त्रमा धेरै समस्या देखिएका छन्। नेपालजस्तो मुलुकमा एकातिर स्रोतसाधनको अभाव छ भने अर्कोतिर त्यही साधनलाई समेत अधिकतम उपयोग गर्न सकिएको छैन। उपयोग गरिएका स्रोतसाधन पनि अनियमित किसिमबाट खर्च भएको देखिन्छ। महालेखा परीक्षक तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रतिवेदन अध्ययन गर्दा पनि यो कुरा प्रस्ट हुन आउँछ।
काभ्रेपलाञ्चोक र रामेछाप जिल्लाको सिमानामा पर्ने सुनकोसी नदीमा निर्माण प्रस्ताव गरिएको सुनकोसी जलाशययुक्त विद्युत् आयोजना निर्माणको बाटो खुलेको छ । विद्युत् विकास विभागले तयार गरेको सम्भाव्यता अध्ययन तथा वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) प्रतिवेदन स्वीकृत भएसँगै आयोजना निर्माणका लागि बाटो खुलेको हो ।