तनहुँमा घरेलु हिंसा बढ्दै गएको छ । प्राप्त तथ्याङ्कले जिल्ला प्रहरी कार्यालय तनहुँमा यससम्बन्धी उजुरीहरू बढ्दै गएको देखिएको छ ।
नेकपा (माओवादी केन्द्र) ले प्रतिनिधि सभाका सांसदको शपथ ग्रहणपछि मात्रै संसदीय दलको नेता चयन गर्ने भएको छ ।
संसदीय दलको नेताको निर्वाचनमा साझा उम्मेदवार तय गर्न बसेको नेपाली कांग्रेसका महामन्त्री गगन थापा र नेता शेखर कोइराला पक्षबीचको बैठक बिना निष्कर्ष सकिएको छ ।
देशभित्र खपत गरी अतिरिक्त भएको एक अर्ब ३५ करोड ७७ लाख ५७ हजार युनिट विद्युत नेपाल विद्युत प्राधिकरणले निर्यात गरी ११ अर्ब १६ करोड ३० लाख रुपियाँ आर्जन गरेको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रतिनिधि सभाका ज्येष्ठ सदस्य ८० वर्षीय पशुपतिशमशेर जबराले भोलि बुधबार १ बजे शपथ लिँदै हुनुहुन्छ ।
नारायणगढ मुग्लिङ सडक खण्डका पुल निर्माणका लागि पहाड काट्नपर्ने भएकाले आज (मङ्गलवार) ११ बजे देखि यस क्षेत्रको यातायात दैनिक चार घण्टा रोक्न सुरु गरिएको छ ।
सैनामैना नगरपालिकाले भूमिहीन जनतालाई लालपुर्जा वितरण गरेको छ । सदियौँदेखि जोतभोग गर्दै आएका स्थानीयले गाउँ ब्लकको जग्गाधनी प्रमाणपत्र पाएका छन् ।
निर्वाचन आयोगले निर्वाचन परिणाम प्रतिवेदन प्रदेश प्रमुख तिलक परियारसमक्ष बुझाएसँगै कर्णाली प्रदेश सरकार गठनको प्रक्रिया अघि बढेको छ । संविधानको धारा १८३ (१) अनुसार प्रदेश प्रमुख परियारले २२ पुसभित्रै प्रदेशसभाको अधिवेशन आह्वान गर्नुहुने छ ।
‘किरण पौडेल, यु आर रेस्ट्रिकेटेड ।’ कलेजको डिनले भन्यो । कुरा सुनेर मन चसक्क भयो । निधारको बीच भाग खुम्चियो । मुहारको रङ्ग बदलिएर मुटुको गति तेज भयो । पछाडि जोल्ठाएर राखेको हात फुकिएर सिधा भए । डाक्टर बन्ने सपना दुर्घटनामा परेको देखेर शरीर चिसो भएको थियो । ‘नारा लगाउँदैमा रेस्ट्रिकेट हुन्छ सर ?’ उसले सोध्यो ।
हामी डेराबाट बाहिर निस्केर बाटोमा दुई पाइला मात्रै के हिँडेका थियौँ, रिक्सावाला मूल सडक छोडेर हाम्रै गल्लीमा, हाम्रै अगाडि आइपुग्यो । मूल सडकमा लहरै उभिएका अटोरिक्साहरू ग्राहकको प्रतीक्षामा थिए । तर हामी आफ्नै अघिल्तिर आइपुगेको मान्छेले चलाउने प्याडलवाला रिक्सामा गएर बस्यौँ । मानिसहरू अटोरिक्सा चढ्न छोडर प्याडलवाला रिक्सा चड्न खोज्दैनन् । तर यसरी कसैले उनीहरूको रिक्सा नचढ्ने हो भने बिचराहरूले के कमाउन, के खाउन् ! त्यही भएर हामी भेटेसम्म प्याडलवाला रिक्सा नै चढ्न खोज्छौँ ।
गमगढी–सोरुकोट सडक झन्डै २ महिनापछि सञ्चालनमा आएको छ । २०७९ असोजको तेस्रो सातामा परेको भीषण वर्षासँगै विभिन्न ठाउँमा पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो । सोरु गाउँपालिकाको पहलमा डोजर लगाएर सडकमा खसेको पहिरो र ढुङ्गा पन्छाएपछि सडक सुचारु भएको हो ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले आफ्नो प्रदेशको भाषा, कला र संस्कृति संरक्षण गर्न सुदूरपश्चिम प्रज्ञा–प्रतिष्ठान सफल हुने विश्वास व्यक्त गर्नुभएको छ। मुख्यमन्त्री भट्टले सुदूरपश्चिम प्रज्ञा–प्रतिष्ठानको कार्यालयको उद्घाटन गर्नुहुँदै प्रतिष्ठानले चाँडै पूर्णता प्राप्त गर्ने बताउनुभयो।
छेडागाड नगरपालिका–४, खान्तिजेवा भीरमा जिप दुर्घटनामा परी मृत्यु भएकाका परिवारलाई गाउँपालिकाले आर्थिक सहयोग गरेको छ। दुर्घटनामा परी मृत्यु भएका भगवतीमाई गाउँपालिका र छेडागाड नगरपालिकाका १२ जनालाई जनही १५ हजार रुपियाँका दरले भगवतीमाई गाउँपालिकाले आर्थिक सहयोग उपलब्ध गराएको हो।