नेपाली गीत/सङ्गीतका क्षेत्रमा विशिष्ट योगदान पु-याउने स्रष्टाहरूलाई प्रदान गरिने नातिकाजी राष्ट्रिय सम्मान तथा पुरस्कार–२०७८ सार्वजनिक गरिएको छ। नेपाली सङ्गीतका सिद्धहस्त नातिकाजी श्रेष्ठको ९८औँ जन्मजयन्तीका अवसरमा आइतबार सो सम्मान तथा पुरस्कार घोषणा गरिएको हो। ‘नातिकाजी राष्ट्रिय विशेष सङ्गीत सम्मान–२०७८’ मनबहादुर मुखिया, दीप तुलाधर, प्रदीपराज पाण्डे, फणीन्द्र राई, बिके राना, कन्हैयासिंह परियार, शुभ मुकारुङ र अमर बान्तुलाई प्रदान गरिनेभएको छ। एकनारायण भण्डारी, कालीप्रसाद बास्कोटा, राज सिग्देल र माण्डवी त्रिपाठीलाई नातिकाजी राष्ट्रिय सङ्गीत पुरस्कार–२०७८ प्रदान गरिनेछ।
जाडो मौसममा न्यानो हुने बुटको फेसन युवामाझ हिजोआज निकै लोकप्रिय बन्दै गएको छ। नायिकाको रोजाइमा जाडोको फेसनमा बुट पर्ने भएकाले पनि नेपाली युवामा यसको लोकप्रियता बढेको जानकारको भनाइ छ। जाडो मौसममा प्रायः महिलाको रोजाइमा लङ तथा सट बुट पर्ने गरेको छ। अहिलेका कामकाजी युवती तथा नायिकाहरू बुटप्रति आकर्षित भएको देखिन्छ।
भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डमा दसौँ नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव जारी छ। ‘जलवायु परिवर्तन र पर्यावरण न्याय’को नारासहित आयोजना भएको महोत्सव पुस ६ सम्म चल्नेछ। सोमबार महोत्सवमा ‘जलवायु परिवर्तन र न्यायसम्बन्धी’ विषयमा मानव अधिकारकर्मी, जलवायुसम्बधी विज्ञ, चलचित्रकर्मीसँग प्यानल छलफल भयो। वक्ताका रूपमा विद्या राई, सौरभ ढकाल, गीत पाण्डे र अनिश श्रेष्ठ हुनुहुन्थ्यो। प्यानल छलफल सहजकर्ता डा. सचिन घिमिरेले गर्नुभएको थियो।
मौसमी श्रमिक बढी मात्रामा माग हुने गरेपछि सरकारले कार्यविधि नै स्वीकृत गरेर श्रमिक जाने बाटो खुल्ला गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले वैदेशिक रोजगारीमा मौसमी श्रमिक पठाउने कार्यविधि स्वीकृत भएको जानकारी दिनुभयो ।
निर्वाचन आयोगले प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन–२०७९ को अन्तिम परिणामसहितको प्रतिवेदन बागमती प्रदेशका प्रदेश प्रमुखसमक्ष प्रस्तुत गरेसँगै बागमती प्रदेश सभा गठन प्रक्रियाले पूर्णता पाएको छ । गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको प्रत्यक्ष र समानुपातिक प्रणालीबाट निर्वाचित प्रदेश सभा सदस्यको नामावलीसहितको निर्वाचन परिणाम प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष आयोगका सचिव गोकर्णमणि दुवाडीले पेस गरेसँगै औपचारिक रूपमा प्रदेश सभा गठन प्रक्रियाले पूर्णता पाएको हो ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनीले लिमिटेडले तीनवटा जिल्लाबाट १७ हजार २७९ क्विन्टल धान खरिद गरेको हो । पहिलो चरणमा २० हजार आठ सय क्विन्टल धान खरिद गर्ने योजना रहेको खाद्य कम्पनीले बर्दियाको राजपुरबाट मोटा धान आठ हजार ६९४ क्विन्टल र मकवानपुरबाट एक हजार २१९ क्विन्टल धान खरिद गरेको छ । यस्तै धनगढीबाट मोटा धान सात हजार क्विन्टल र महेन्द्रनगरबाट ३६५ क्विन्टल खरिद गरेको कम्पनीले जनाएको छ । अन्य जिल्लामा पनि खरिद प्रक्रिया अगाडि बढाएको कम्पनीले जनाएको छ ।
रामेछाप सदरमुकाम मन्थलीबाट वडा नं ८ चिसापानी र वडा नं ९ पुरानागाउँ जोड्ने सडक लामो समयदेखि अलपत्र अवस्थामा छ । सडक कालोपत्रे ठेक्का लिएको कान्छाराम कन्स्ट्रक्सनको लापरबाहीका कारण मन्थली–चिसापानी–पुरानागाउँ सडक लथालिङ्ग बनेको हो । बागमती प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालयको बजेटबाट मन्थली नगरपालिका–८ को जखनीटारदेखि मन्थली नगरपालिका–९, पुरानागाउँ जोडिने कुल ७.३६ किलोमिटर सडकको नाला तथा ग्याभिनसहित कालोपत्रे गर्ने ठेक्का कान्छाराम कन्स्ट्रक्सनले पाएको थियो ।
काभ्रेपलाञ्चोक जिल्लाबाट चालू आर्थिक वर्षको पहिलो पाँच महिनाको अवधिमा वैदेशिक रोजगारीका लागि दुई हजार ५३९ जना विदेशिएका छन् । वैदेशिक रोजगार विभागको तथ्याङ्कअनुसार गत साउनदेखि मङ्सिर महिनासम्ममा इजाजतप्राप्त संस्थाहरूबाट श्रम स्वीकृति लिएर एक हजार ५६० पुरुष र ५४२ महिला गरी कुल दुई हजार १०२ जना वैदेशिक रोजगारीमा गएका छन् ।
‘धर्ती राम्रो तोरीको फूलले’ भन्ने नेपाली लोक आहान नै छ । यही उखान चरितार्थ हुने गरी अहिले पूर्वी पहाडी फाट तोरी खेतीले हराभरा भएका छन् । शरद् कालिन बालीको रूपमा खेती गरिने तोरी कतै फुल्दै, फल्दै त कतै पाक्दै गरेको अवस्था छ ।
विद्युतीय सवारीसाधनका लागि चितवनको भरतपुर बसपार्कमा निर्माण गरिएको विद्युतीय चार्जिङ स्टेसन सञ्चालनमा आएको छ । भरतपुरको केन्द्रीय बसपार्कमा दुईवटा चार्जिङ बुथसहितको स्टेसन सञ्चालनमा आएको हो । मुग्लिनमा यसै हप्ताबाट चार्जिङ स्टेसन सञ्चालन आउने नेपाल विद्युत् प्राधिकरण चार्जिङ स्टेसन परियोजना इन्जिनियर सागर ज्ञवालीले जानकारी दिनुभयो ।
विश्वभरि फैलिएको कोरोना महामारीका बेला आप्रवासी श्रमिकको तलब ठगी बढेको तथ्य सार्वजनिक भएको छ । कोरोना महामारीका बेलामा विभिन्न वहानामा रोजगारदाता कम्पनीले आप्रवासी श्रमिकमाथि तलब तथा सुुविधा कटौती, तलब नपाएका र कामबाट जबरजस्ती निकालिएका घटना बढेको तथ्य सार्वजनिक भएको हो ।
उदयपुरको सदरमुकाम गाईघाट बजारमा प्रदेशस्तरीय दोस्रो उदयपुर खाना परिकार महोत्सव (फुड फेस्टिबल) सुरु भएको छ। विभिन्न जातजातिका छरिएर रहेका कला र संस्कृतिको संरक्षण र आन्तरिक पर्यटन प्रवद्र्धनमा पहुँच पु-याउने स्वरोजगार समृद्धिको मूल आधार भन्ने उद्देश्यले महोत्सव आयोजना गरिएको हो।
जिल्ला प्रशासन कार्यालय सुनसरीले चालू आर्थिक वर्षको पाँच महिनामा सात हजारभन्दा बढीलाई नयाँ नागरिकताको प्रमाणपत्र जारी गरेको छ। जिल्ला सदरमुकाम इनरुवास्थित प्रशासन कार्यालयमा साउनदेखि मङ्सिरसम्म सात हजार छ सय थान नयाँ नागरिकताको प्रमाणपत्र जारी गरेको हो। प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार यही अवधिमा सात हजार २०३ थान नागरिकताको प्रतिलिपि जारी गरेको छ।
मङ्गलवार (आज) देशका उच्च पहाडी भेगका केही ठाउँमा हल्का वर्षा र हिमपात हुने सम्भावना रहेको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले देश र श्रमिकको हित हुने खालका काममा बढी ध्यान दिन श्रम सहचारी र काउन्सिलरलाई निर्देशन दिनुभएको छ । श्रम सहचारी र काउन्सिलरको अभिमुखीकरण समापन कार्यक्रममा आइतबार मन्त्री कुँवरले श्रम गन्तव्य मुलुकमा श्रमिकका गुनासा सम्बोधन गर्न र देशलाई पनि हित हुने काममा ध्यान दिन निर्देशन दिनुभएको हो ।