• १२ असोज २०८१, शनिबार

सात हजारलाई नयाँ नागरिकता

blog

इनरुवा समाचारदाता 

इनरुवा, पुस ५ गते । जिल्ला प्रशासन कार्यालय सुनसरीले चालू आर्थिक वर्षको पाँच महिनामा सात हजारभन्दा बढीलाई नयाँ नागरिकताको प्रमाणपत्र जारी गरेको छ। जिल्ला सदरमुकाम इनरुवास्थित प्रशासन कार्यालयमा साउनदेखि मङ्सिरसम्म सात हजार छ सय थान नयाँ नागरिकताको प्रमाणपत्र जारी गरेको हो। प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार यही अवधिमा सात हजार २०३ थान नागरिकताको प्रतिलिपि जारी गरेको छ।

प्रशासन कार्यालयले नियमित सार्वजनिक गर्दै आएको १५ वटा क्रियाकलाप र सेवाको विवरणअनुसार नयाँ नागरिकता, प्रतिलिपी जारी, राष्ट्रिय परिचयपत्र, राहदानी, संस्था दर्ता, मुद्दा, नाबालक परिचयपत्र, बजार अनुगमन, विभिन्न समन्वय बैठक, राहत तथा उद्धार र राजस्व सङ्कलनको विवरणसमेत सार्वजनिक गरेको छ। यादवका अनुसार अन्याय भएको तथा शान्ति सुरक्षासहितको १३७ वटा ठाडो उजुरीसमेत आएको छ।