नाइजेरियामा पछिल्ला केही महिनायता हैजाको प्रकोप बढेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । हैजाको प्रकोपमा परी यहाँका कम्तीमा पनि २० जनाको ज्यान गएको बताइएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्पा)को संसदीय दलको नेतामा सभापति रवि लामिछाने सर्वसम्मत चयन हुनुभएको छ । रास्वपाको सोमबार बिहान बसेको बैठकले लामिछानेलाई सर्वसम्मत चयन गरेको महामन्त्री एवम् प्रवक्ता डा. मुकुल ढकालले जानकारी दिनुभयो ।
संयुक्त राष्ट्रसङ्घीय महासचिव एन्टोनियो गुटरेसले आप्रवासीहरूको संरक्षण र सम्मानका लागि आग्रह गर्नुभएको छ । उहाँले विश्वमा आप्रवासीहरूको संरक्षण र सम्मानका लागि कुनै कार्यक्रमहरू नभएको देखिएकाले सो आग्रह गर्नुभएको बताउनुभएको हो ।
तेमाल गाउँपालिका काभ्रेपलाञ्चोकका तत्कालीन अध्यक्ष सलाम सिंह लामा, प्रमुख प्रशासकीय अधिकृत शर्मिला लामिछाने सहित सात जना उपर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।
विश्व तापक्रम वृद्धिदरलाई १.५ डिग्री सेल्सियसमा नियन्त्रण गर्दै दिगो विकास लक्ष्य प्राप्ति गर्न खनिज इन्धनको प्रयोगलाई घटाउनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । यसका लागि नवीकरणीय उर्जा भरपर्दो विकल्प भएको भन्दै उनीहरुले खनिज इन्धनको प्रयोगलाई क्रमसस् घटाउँदै जलविद्युत, सौर्य ऊर्जा लगायतका नवीकरणीय ऊर्जाको उत्पादन र उपयोग बढाउँदा आर्थिक, वातावरणीय र मानवीय स्वास्थ्यलगायत बहुआयामिक क्षेत्रमा नेपाललाई फाइदा पुग्ने उनीहरुको भनाई छ ।
सर्केगार्ड र चङ्खेली गाउँपालिकाको सिमाना सलीसल्लामा अस्थायी प्रहरी चौकी स्थापनाका लागि लामो समययदेखि पहल भए पनि अझै स्थापना हुन सकेको छैन। सो स्थानमा प्रहरी चौकी स्थापनाका लागि प्रहरीको माथिल्लो निकायबाट स्वीकृतसमेत प्राप्त भइसकेको छ।
वीरेन्द्रनगर–१० की सञ्जुुमाया चौधरी आठ वर्षसम्म घरेलुु हिंसाको सिकार हुुनुुप¥यो । लामो समय घरपरिवारबाटै चौधरीले मानसिक तथा शारीरिक यातना खेप्नुुपरेको थियो । हिंसापीडित उहाँले न्यायका लागि विभिन्न निकाय धाउनुुभयो । परिवारबाटै हिंसामा पर्नुभएको उहाँलाई सामान्य जीवन जिउन पनि मुस्किल थियो । कुनै बेला परिवारको अन्याय र हिंसाका कारण बाँच्ने आधार नै नदेखेकी चौधरी आफ्नो न्यायका लागि लड्दालड्दै अहिले आफैँ हिंसाविरुद्धको अभियन्ता हुनुुभएको छ । उहाँले आफूजस्तै हिंसाको सिकार भएका महिलालाई न्याय दिन पैरवी गरिरहनुुभएको छ ।
जिल्लाको खप्तड छेडेदह गाउँपालिकामा–५ को डोगडी बस्ती बाढीपहिरोको जोखिममा छ। डोगडी बस्तीको वरिपरि रहेका सिमगाड, भुजनगाड, चौलाह खोलाले बर्सेनि जमिन काट्दै गएपछि त्यो बस्ती जोखिममा रहेको हो। खप्तड छेडेदह गाउँपालिका–५, डोगडीका स्थानीय पदम सार्कीले भन्नुभयो, “गाउँकै अगाडि सिउगाड र चौलाह खोला छ। हिउँदमा ती खोलामा पानी थोरै हुन्छ।
वसन्त ऋतुको चैत–वैशाखमा फुल्ने लालीगुराँस चार महिनाअगावै हेमन्त ऋतुको पुसमै फुल्न थालेको छ। बैतडीको सिगास गाउँपालिका–२, गाँजरीको बुराँउसेको जङ्गलमा पुसमै लालीगुराँस फुलेको छ। नेपालको राष्ट्रिय फूल लालीगुराँसलाई सुदूरपश्चिमतिर बुराँस, बुरुँज पनि भन्ने गरिन्छ।
बदलिँदो समय परिस्थितिअनुरूप विभिन्न क्षेत्रमा नयाँ–नयाँ प्रविधि प्रयोगमा आउनु स्वाभाविक हो । यस अर्थमा विशेषगरी राजधानी काठमाडाँैंको सार्वजनिक यातायातका क्षेत्रमा तुलनात्मक रूपमा कम लागतमा मोटरसाइकल तथा ट्याक्सी आदिको सेवा लिने प्रचलन अर्थात् ‘राइड सेयरिङ’ सेवाको लोकप्रियता पनि बढ्दै गएको पाइन्छ । भन्नुपर्दा राइड सेयरिङ सेवा विशेषगरी काठमाडाँैंजस्ता सहरी क्षेत्रका कतिपय सेवाग्राहीका निम्ति एउटा संस्कृतिको रूपमा विकसित भइरहेको छ । मोटरसाइ
दस वर्ष लामो माओवादी सशस्त्र सङ्घर्षको प्रभाव अहिले पनि मानिसले भोगिरहेका छन्। यसलाई बिर्सन उनीहरूका लागि कठिन भएको छ। कतिका पति त कतिका बाबुआमा छैनन्। कतिका छोराछोरी मारिएका छन्। खाटा बस्दै गरेको उसबेलाको घाउ यदाकदा बल्झिरहन्छ। रामेछापमा माओवादी केन्द्रबाट प्रदेशसभा सदस्य जितेका तारानारायण श्रेष्ठलाई यस पटकको निर्वाचनमा यसको राम्रो अनुभव भएको छ। उहाँ नेपाली कांग्रेस नेतृत्वको गठबन्धनबाट उम्मेदवार बन्नु भयो र विजयी पनि हुनु भएको छ। तर गाउँघरमा मत माग्न जाँदा हिजो माओवादीका नाममा उठाइएको चन्दा उहाँले फिर्ता गर्नु प¥यो। उसबेला माओवादीले बास बस्न दिँदा बोकेर लगेका राडी कम्बल नयाँ किनेर फिर्ता गर्नु प¥यो र मात्रै कांग्रेसका शुभेच्छुकले उहाँलाई मतदान गरे।
जीवनोपयोगी शिक्षाबिना कुनै पनि देश सबल र सक्षम बन्न सक्दैन। जीवन सार्थक तुल्याउन उचित शिक्षाको प्रबन्ध हुनु जरुरी छ। शिक्षाबिना मानिस असल नागरिक बन्न सक्दैन। यसैले उचित शिक्षा पाउनु हरेक नागरिकको नैसर्गिक अधिकार मानिन्छ। यसलाई सुनिश्चिता प्रदान गर्ने दायित्व राज्यको हुनुपर्छ।
मालिका गाउँपालिका –६ ,स्थित दरबाङ बजार पछिल्लो केही वर्षदेखि चहलपहल बढेको छ भने जिल्लाकै एक व्यापारीक हवको रूपमा चिनिएको छ । सदरमुकाम बेनीदेखि २४ किलोमिटर दुरीमा रहेको यो बजारलाई म्याग्दीको दोस्रो सदरमुकामको रूपमा समेत चिन्न थालेको छ ।