पर्यटक आकर्षित गर्न स्थानको विशेषता झल्काउने गरी स्तम्भ निर्माण गर्ने प्रचलन झाँगिँदै गएको छ । त्यस्ता स्तम्भ देख्नासाथ जोकोहीले पनि सो स्थान तरकारी वा फलफूलका पकेट क्षेत्र रहेको सहजै थाहा पाउँछन् । यस्ता स्तम्भसामु उभिएर सेल्फी खिच्ने र सामाजिक सञ्जालमा राख्ने उत्तिकै फेला पर्छन् । स्वादिलो सुन्तला उत्पादनका लागि नामुद शहीदभूमि गाउँपालिकामा सुन्तलाको स्तम्भ निर्माण गरिएको छ । गाउँपालिकाले करिब १९ लाख रुपियाँ खर्च गरेर पिप्लेडाँडामा स्तम्भ निर्माण गरेको छ । गाउँपालिकाका अध्यक्ष मनोज राईले भन्नुभयो, “सुन्तला उत्पादनका लागि यो क्षेत्र प्रख्यात छ । त्यसैले यसलाई पर्यटकीय क्षेत्रका रूपमा परिचित गराउन सुन्तला स्तम्भ निर्माण गरिएको हो ।”
‘राइड सेयरिङ’ सेवा सुरक्षा र नियमनका सवालमा सरकारप्रति जवाफदेही बन्न सकेका छैनन् । सार्वजनिक यातायात क्षेत्रको बजारमा हस्तक्षेप गरिरहेका पठाओ, टुटल र इनड्राइभर सेवाका प्रयोगकर्ता आफैँ जोखिम मोलेर तिनको प्रयोग गर्न बाध्य छन् । कम्पनीमा दर्ता भएर अनलाइनमा सेवा दिनेभन्दा दर्ता भएका र नभएका राइडरहरू माझ अफलाइनमा मोलमोलाई गर्ने प्रवृत्ति बढ्दो छ । राइडर र व्यक्तिपिच्छे भिन्न भाडा दरमा मोलमोलाई गर्दै गरेको सडक छेउमा जति पनि देख्न सकिन्छ । अर्कोतर्फ यस्ता एप्सले आम सेवाग्राहीको दैनिकी निकै सहज बनाएका छन् । युवा माझ मोटरसाइकल आयआर्जनको साधन हुनुका साथै लाखौँ युवा स्वरोजगार पनि भएका छन् । तर यी सेवा कानुनी रूपमा दर्ता, व्यवस्थापन र नियमन नहुँदा सम्भावित दुर्घटना बढेको यातायात व्यवस्था विभागले जनाएको छ । हाल राइडरका रूपमा यस्ता राइड सेयरिङ एप्समा झन्डै तीन लाख ५० हजार नेपाली युवा जोडिएका छन् ।
२२औं फिफा विश्वकप फुटबलको उपाधि अर्जेन्टिनाले जितेको छ । छिनमै जित, छिनमै हार जस्तो सनसनीपूर्ण फाइनल खेलमा साविक विजेता फ्रान्सलाई टाइब्रेकरमा ४-२ गोलले हराउँदै अर्जेन्टिना च्याम्पियन बनेको हो ।
फिफा विश्वकपको फाइनलमा साविक विजेता फ्रान्स र अर्जेन्टिनाबीच प्रतिस्पर्धा भईरहेको छ । कतारको दोहा स्थित लुसेल स्टेडियममा जारी फाइनल खेलको पहिलो हाफमा अर्जेन्टिनाले २-० गोलको अग्रता लिएको छ ।
कतारमा जारी २२औं फिफा विश्वकपको फाइनल सत्र छोटो कार्यक्रमसहित सुरु भएको छ । फाइनल खेलअघि विभिन्न कलाकारले सांगितिक प्रस्तुति दिएका थिए ।
कैलालीको अत्तरियामा अज्ञात व्यक्तिले चलाएको गोलीबाट एक जना घाइते भएका छन्।
वेदव्यास ज्येष्ठ नागारिक आश्रममा आश्रित ९० वर्षीया मिठुमाया केसीको शवलाई दाह संस्कारका लागि मादीसेती घाट लगिँदै ।
नेपाली गीत सङ्गीतका क्षेत्रमा विशिष्ट योगदान दिने स्रष्टाहरूलाई प्रदान गरिने नातिकाजी राष्ट्रिय सम्मान तथा पुरस्कार –२०७८ सार्वजनिक गरिएको छ ।
सङ्घीयता कार्यान्वयनसँगै ११ स्थानीय तह भएको स्याङ्जामा प्रशासकीय भवन निर्माणले तीव्रता पाएको छ । पुराना तीन नगरपालिकाको पुरानो आफ्नो भवनबाट काम थालेकोमा नयाँ पालिका बनेको हरिनास गाउँपालिकाले पुरानो गाउँपालिका सामान्य मर्मत गरेर काम अगाडि बढाएको हो ।
नेकपा (माओवादी केन्द्र) का प्रवक्ता कृष्णबहादुर महराले प्रतिनिधि सभाका निर्वाचित सांसदको शपथपछि मात्रै प्रधानमन्त्रीबारे छलफल हुने बताउनुभएको छ।
नेपाल सरकार र भारतीय सरकारबीच सम्पन्न बीसीजीएसआई को बैठकहरूमा भएको सम्झौता अनुसार दुई देशका सेनाका उच्च तथा मध्यम तहका अधिकृतहरूबाट दुई देशबीच निरन्तर रूपमा स्थलगत अवलोकन तथा अध्ययन भ्रमण सञ्चालन गर्ने भनी उल्लेख भएअनुसार भारतीय सेनाको टोली काठमाडौं आएको छ ।
सङ्घीय संसद् सचिवालयले प्रतिनिधि सभाका नवनिर्वाचित सांसदको शपथ ग्रहण मिति सोमबार तय गर्ने भएको छ । सचिवालयले ज्येष्ठ सदस्यको पहिचान गरेर सुरुमा उहाँलाई शपथ ग्रहण गराउने र त्यसपछि अन्य सदस्यको शपथ गर्नेगरी अन्तिम तयारी गरेको छ ।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले निर्वाचित सांसदहरूको शपथग्रहण अगावै सरकार गठन प्रक्रिया अगाडि बढाउन नमिल्ने बताउनुभएको छ ।
नेपाली कांग्रेसले संसदीय दलको नेता चयनका लागि तीन सदस्यीय निर्वाचन समिति गठन गरेको छ।
बङ्गलादेशमा मंगलबारदेखि सुरु हुने बंगबन्धु एसिएन यू–२३ एसिएन सेन्ट्रल जोन पुरुष भलिबल च्याम्पियनसिप र सीएभीए बीच भलिबल च्याम्पियनसिपमा भाग लिने नेपाली टोलीको बिदाइ गरिएको छ ।