तेस्रो शताब्दीको समयमा तक्षशिलामा अध्ययन गरेका पूर्र्वीय दर्शनका विचारक कौटिल्य मगध राज्यको राजधानी पाटलिपुत्रमा पुगेर अर्थशास्त्र नामक पुस्तक तयार गरी राज्यको संरचना, कानुन, अर्थतन्त्र र सरकारको सन्दर्भमा एउटा खाका प्रस्तुत गरे। उनले आफ्नो पुस्तकमार्फत सप्ताङ्ग सिद्धान्तको प्रतिपादन गरे; जसअनुसार कुनै पनि राज्य हुनका लागि सातवटा कुरा र सन्तुलित सम्बन्ध चाहिन्छ। अर्थात् कुनै पनि संरचना र पद्धतिको अनुसरण गरियो भने देशको विकास सम्भव छ।
ऐतिहासिक तथ्य साक्षी छन्, राणाशासन खराब भएकाले त्यसविरुद्ध २००७ सालमा प्रजातन्त्र स्थापना गरियो। प्रजातन्त्रका अनुयायी कांग्रेस र राजाबीच द्वन्द्व बढ्दै जाँदा बहुदलवादीलाई अर्राष्ट्रिय तत्त्व करार गर्दै राजा महेन्द्रले प्रजातन्त्र समाप्त गरी निर्दलीय राजतन्त्रात्मक पञ्चायत लागू गरे। पञ्चहरूको निर्दलीय व्यवस्था जनविरोधी ठहर गर्दै हाम्रो पुस्ताले जनआन्दोलन गर्दा बहुदलीय प्रजातन्त्र पुनस्र्थापना भयो। पुनस्र्थापित बहुदलका सञ्चालक राजा, कांग्रेस र एमाले खराब भएको ठहर गर्दै त्यसविरुद्ध हाम्रै पुस्ताले फेरि माओवादी आन्दोलनका रूपमा भीषण जनयुद्ध लड्यो। संविधान सभा
आवधिक चुनाव शान्तिपूर्ण परिवर्तनको द्योतक भएकाले चुनावलाई प्रजातान्त्रिक पद्धतिको सुन्दर पक्ष मानिन्छ। हामीले पनि भर्खर सङ्घीय संसद्को प्रतिनिधि सभा तथा प्रदेश सभाको चुनावमा सक्रियतापूर्वक भाग लिएर हाम्रा प्रतिनिधि चुन्ने काम सक्यौँ। चुनावको अन्तिम परिणामको घोषणासँगै अहिले दलहरू सरकार बनाउने कार्यमा रस्साकस्सी गर्दैछन्। यससँगै सरकार निर्माणका सम्बन्धमा विभिन्न अनुमान वा अड्कलबाजी पत्रपत्रिका, सञ्चारमाध्यम, चिया गफ वा सामाजिक सञ्जालमा आउने गरेका छन्।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ढुवानी अनुुदानमा उपलब्ध गराउँदै आएको खाद्यान्नमध्ये यस वर्ष बासमती चामल ढुवानी सुरु गरेको छ । सर्वसाधारण उपभोक्तालाई गुणस्तरीय खाद्यान्न उपलब्ध गराउने योजनाअनुसार सो चामल ढुवानी सुरु भएको खाद्य कम्पनीले जनाएको हो । खाद्य कम्पनीको हुम्ला शाखाका निमित्त कार्यालय प्रमुख नवीन आचार्यका अनुसार नेपालगञ्जबाट ढुवानी हुने अनुदानको खाद्यान्नमध्ये बासमती चामल ढुवानी सुरु भएको हो । उहाँले उपभोक्ताको माग र गुणस्तरीय खाद्यान्न सबैमा पु-याउन गत वर्षदेखि बासमती चामल ढुवानी हुन थालेको बताउनुभयो ।
पाँचथरको फाल्गुनन्द गाउँपालिकाले सम्बन्धित वडा कार्यालयबाटै नेपाल सरकारले सूचीकृत गरेका गरिब घर परिवारलाई परिचय पत्र दिन थालेको छ ।
नेपालमा रोजगार अभावका कारण विदेश तथा सहर पस्ने क्रम बढेसँगै दोलखाका गाउँहरू युवाविहीन बन्न थालेका छन् । युवा अभावमा कृषि तथा व्यवसायमा प्रत्यक्ष असर परेको छ । यहाँको उत्तरी शेर्पा बस्तीका रूपमा चर्चित खार्ताल गाउँमा रोजगारीका अवसर नभएकै कारण अहिले युवाले गाउँ छोड्ने क्रम बढेको बिगु गाउँपालिका खार्तालका ६१ वर्र्षीय लाक्पा शेर्पाले बताउनुभयो ।
काभ्रेपलाञ्चोक जिल्लाको नमोबुद्ध नगरपालिकाको भकुण्डेस्थित मेथिनकोट प्रादेशिक अस्पतालले अस्पतालमा उत्पादन भएर बढी भएको अक्सिजन बिक्री गर्दै आएको छ । अस्पतालको प्रयोजनका लागि उत्पादित अक्सिजन अस्पतालको आम्दानीका लागि सस्तो मूल्यमा स्थानीयलाई बिक्री गर्दै आएको हो ।
नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्ने भएको छ । राष्ट्रिय सभा सदस्य एवं कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार दिउँसो ३ बजे पार्टी कार्यालय सानेपामा बैठक बस्नेछ ।
रमेश विकल साहित्य प्रतिष्ठानले ५० हजार रुपियाँ राशिको यस वर्षको रमेश विकल वाङ्मय पुरस्कार वरिष्ठ निबन्धकार तथा संस्कृतिविद् तेजेश्वर बाबु ग्वंगलाई प्रदान गरेको छ । त्यसैगरी २० हजार रुपियाँ राशिको रमेश विकल सुशीला समाजसेवी पुरस्कार पशुपति क्षेत्रमा लावारिस शवहरूको निःशुल्क सद्गति गरी समाजसेवा गर्दै आउनुभएका सपना रोका मगरलाई प्रदान गरियो
विवाह र व्रतबन्धमा पुरुषहरू मिलेर रातभरि जाग्राम बसेर गाउने भारी गीतको महत्व आफ्नै किसिमको छ । विवाहमा दुलाह–दुलहीको सफलता मिलोस् र व्रतबन्ध गर्ने बालकको ग्रहदशा राम्रो होस् भन्नका लागि रातभरि पुरुषहरू मिलेर नाच्दै गाउने गरिन्छ भारी गीत । भारी गीतका जानकार खार्पुनाथ गाउँपालिका–५ का स्थानीय प्रकाशबहादुर शाहीले ठकुरी र क्षेत्री समुदायले विवाह र व्रतबन्धमा अनिवार्य गाउनै पर्ने भारी गीत गाएर रातभरि पुरुषले नाच्ने गरिँदै आएको बताउनुभयो । गीत गाउन सहभागी हुने पुरुषले परम्परागत पहिरन लगाउने गरिन्छ । तीन सय वर्षदेखि यो गीत गाउने गरिँदै आएको छ । विवाह वा व्रतबन्ध भएको घरको छतमा आगो बालेर राति करिब १० बजेबाट सुरु भएर बिहान झन्डै ८ बजेसम्म यो गीत गाउने गरिन्छ ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आठवटा स्थानीय तहलाई चालू आर्थिक वर्षको नीति कार्यक्रम र बजेट सभाबाट पास गरी सोको जानकारी गराउन परिपत्र गरेको छ । असार १० गतेभित्र सभामा बजेट पेस गरी असार मसान्तभित्र सभाबाट बजेट पारित गर्नुपर्ने कानुनी व्यवस्था भए पनि ती स्थानीय तहले अहिलेसम्म पनि सभाबाट बजेट पास नगरेपछि मन्त्रालयले बिहीबार परिपत्र गरेको हो ।
विवाह भोज खाएर बिरामी भएपछि अनुसन्धान गर्दा प्रदूषित पाइएपछि चितवनको भरतपुरस्थित चितवन गार्डेन रिसोर्टलाई तीन लाख रुपियाँ जरिवाना गर्न सिफारिस गरिएको छ । होटलले खुवाएको खानामा दिसामा पाइने ब्याक्टेरिया देखिएको, भान्छाकोठामा फोहोर भेटिएको, भण्डारण कक्षमा राख्ने सामग्रीलाई उचित व्यवस्थापन नगरेको पाइएपछि सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माको नेतृत्वको टोलीले होटललाई कारबाही गर्न सिफारिससहित प्रतिवेदन बुझाएको हो । सहायक प्रमुख जिल्ला अधिकारी शर्माको नेतृत्वमा अनुगमन समितिले प्रमुख जिल्ला अधिकारी आस्मान तामाङसमक्ष बुझाउन तयार गरिएको प्रतिवेदनमा रिसोर्टलाई तीन लाख रुपियाँ जरिवाना गर्न सिफारिस गरेको छ ।
बागमती प्रदेशमा संसदीय दलको नेता र मुख्यमन्त्रीका लागि दलभित्र रस्साकस्सी सुरु भएको छ । निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ बागमती प्रदेश सदस्यको नामावली सार्वजनिक गरेसँगै संसदीय दलको नेता बन्न प्रदेश सभा सदस्यहरूको जोड घटाउन सुरु भएको छ । समानुपातिक प्रणालीबाट ४४ र प्रत्यक्ष निर्वाचन प्रणालीबाट निर्वाचित गरी ११० जना प्रदेश सभा सदस्य रहेको बागमती प्रदेशमा सातवटा राजनीतिक दलको प्रतिनिधित्व रहेको छ ।
सर्लाहीको उत्तरी चुरेभेगमा उत्पादन भएका अनाजले बजार पाउन थालेपछि किसान खुसी भएका छन्। भौगोलिक रूपमा विकट रहेको चुरेभेगका बस्तीबाट खोलाको बगर हुँदै यातायात सञ्चालन भएसँगै त्यहाँका किसानले उत्पादन गरेको अन्नले बजार पाउन थालेको हो। चुरेभेगमा पर्ने नारायण खोला, शिर कालिन्जोर, भित्रीखोला, पीपलदमारलगायत क्षेत्रका किसानले मकै, कोदो, कुर्थी, बोडीलगायतका अनाज बजार ल्याएर बेचिरहेका छन्। ती ठाउँबाट जिल्लाकै प्रमुख व्यापारिक केन्द्रका रूपमा रहेको लालबन्दी बजारसम्म बस, बोलेरो र ट्याक्टर सञ्चालन भएपछि किसानलाई सहज भएको हो। वर्षाको बेला खोलामा बाढी आउँदा यातायातका साधन ठप्प हुँदा कृषि उपजले बजार नपाए पनि हिउँद याममा भने नियमित गाडी चल्न थालेपछि गाउँघरमा उत्पादन भएका अनाज बजार ल्याएर बेच्न पाएको लालबन्दी नगरपालिका–१५, शिर कालिन्जोरकी पार्वती तामाङले बताउनुभयो।
सर्लाहीस्थित पूर्व–पश्चिम हुलाकी सडकमा विवाद भएका ठाउँमा विवाद मिलाउनका लागि सम्बन्धित पालिकालाई एक हप्ता समय दिइएको छ। सदरमुकाम मलङ्गवामा बसेको सर्वपक्षीय बैठकले ‘साइड क्लियर’ नहुँदा काम रोकिएका ठाउँमा समस्या समाधानका लागि पालिकालाई जिम्मेवारी दिने निर्णय गरेको हो। त्यसको नेतृत्व पालिकाका प्रमुखले गर्ने भनी निर्णयमा उल्लेख छ।