विश्वव्यापी नवप्रवर्तन सूचकमा नेपालले कुनै सुधार गर्न नसकेको पाइएको छ । विश्व बौद्धिक सम्पत्ति सङ्गठन (वाइपो)ले हालै सार्वजनिक गरेको ‘ग्लोबल इनोभेसन इन्डेक्स २०२२’ प्रतिवेदनमा नवप्रवर्तनमा नेपालको स्थिति कमजोर नै देखिएको हो । सूचकमा समेटिएका १३२ देशमध्ये नेपाल १११औँ स्थानमा रहेको छ । सन् २०२१ मा पनि नेपाल सूचकको सोही स्थानमा थियो । वाइपोले तयार गरेको प्रतिवेदनमा विभिन्न सातवटा विषयअन्तर्गत ८१ वटा सूचकलाई आधार मानिएको छ, जसअन्तर्गत व्यवसायको सहजता, बजारको सहजता, पूर्वाधार, मानव पुँजी तथा अनुसन्धान, सङ्गठन, रचनात्मक नतिजा, ज्ञान तथा प्रविधिसम्बन्धी आविष्कारलाई सूचकको मुख्य विषय मानिएको छ ।
मेलम्ची खानेपानी आयोजनाको पाइप फुट्ने तथा पानी चुहावट हुने समस्या न्यूनीकरणका लागि आवश्यक नियन्त्रण प्रणाली अझै निर्माण हुन सकेको छैन। दुई कम्पनीले प्रणाली निर्माणको जिम्मा पाएका थिए र उनीहरूको म्याद गत महिना नै सकिएको थियो। प्रणाली निर्माण हुन नसक्दा हालै काठमाडाैँको लैनचौर र तीनकुनेमा पाइप फुट्दा सडक जलमग्न भएको थियो।
क्रोएसिया कतारमा जारी २२औं फिफा विश्वकप फुटबलमा तेस्रो भएको छ । खालिफा अन्तर्राष्ट्रिय स्टेडियममा शनिबार राति भएको खेलमा क्रोएसियाले मोरोक्कोलाई २-१ गोलले हरायो ।
यातायात व्यवस्था विभागले सवारी अनुशासन कारबाहीबाट तीन लाख ५० हजार राजस्व उठाएको छ।
शनिबार विज्ञप्ति सार्वजनिक गर्नुहुँदै पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलले आइतबारका लागि केन्द्रीय कार्यसम्पादन समिति बैठक रहेको जानकारी गराउनुभएको हो ।
गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले पत्रकारितालाई सङ्कुचित बनाउने प्रयास भइरहेकाले त्यसतर्फ सजग रहन पत्रकारहरूलाई सुझाव दिनुभएको छ।
गत मङ्सिर ४ गते सम्पन्न लुम्विनी प्रदेश सभा निर्वाचनको प्रतिवेदन प्रदेश प्रमुख अमिक शेरचनसमक्ष शनिवार पेश गरिएको छ । निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले प्रदेश प्रमुखको कार्यालय बुटवलमा प्रदेश सभा अन्तर्गतको लुम्विनी प्रदेशको निर्वाचन प्रतिवेदन प्रदेश प्रमुखसमक्ष पेश गर्नुभएको हो ।
नयाँ कार्यसमिति चयन गर्दै नेवाः पत्रकार राष्ट्रिय दःबु काठमाडौं जिल्ला शाखाको चौंथो अधिवेशन सम्पन्न भएको छ।
नेपाली कांग्रेसका महामन्त्री एवम् झापा निर्वाचन क्षेत्र नम्बर १ बाट नवनिर्वाचित सांसद विश्वप्रकाश शर्माले आफूलाई अहिले नै मन्त्री बन्ने चाहना नरहेको बताउनुभएको छ । शनिवार काठमाडौंमा आयोजित कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । चुनाव जित्नेहरु मन्त्री बन्ने आकांक्षा राखे पनि आफू त्यो दौडमा नरहेको उहाँले प्रष्ट पार्नुभयो ।
बैतडीको पाटन नगरपालिका –६, बजार नजिकै रहेको श्रीकृष्ण माविको छात्रबास पछाडि एक जना शिक्षक मृत फेला परेका छन् । श्रीकृष्ण मावि पाटन र पाटन बहुमुखी क्याम्पसमा शिक्षण गर्दै आउनुभएका ५५ वर्षीय धनबहादुर बिष्ट मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ ।
प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसदमा प्रभावकारी भूमिका निर्वाह गर्न पार्टीबाट निर्वाचित प्रतिनिधि सभाका सांसदलाई निर्देशन दिनु भएको छ।
म्याग्दीमा रहेको सामाजिक संस्था ओमकुमारी शान्ति कोषले जिल्ला भित्रका निम्नआयस्तर भएका २७९ जना बिरामीको उपचारका लागि साढे दुई करोड रुपियाँ बढी रकम सहायता उपलब्ध गराएको छ ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले जति तितो भए पनि पत्रकारले यथार्थपरक समाचार लेख्नुपर्ने बताउनुभएको छ ।
निर्वाचन आयोगले मधेश प्रदेशको प्रदेश सभा सदस्य निर्वाचन परिणामसहितको प्रतिवेदन शनिबार प्रदेश प्रमुखलाई बुझाएको छ । निर्वाचन आयोगका आयुक्त सगुनसम्शेर जवरा नेतृत्वको टोलीले प्रदेश भवनस्थित प्रदेश प्रमुखको कार्यालय पुगेर प्रदेश प्रमुख हरिशंकर मिश्रलाई प्रतिवेदन बुझाउनु भएको हो ।
निर्वाचन आयोग नेपालले सुदूरपश्चिम प्रदेशका प्रमुख देवराज जोशीलाई प्रदेश सभा सदस्य निर्वाचन परिणामसहितको प्रतिवेदन बुझाएको छ ।