प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसदमा प्रभावकारी भूमिका निर्वाह गर्न पार्टीबाट निर्वाचित प्रतिनिधि सभाका सांसदलाई निर्देशन दिनु भएको छ।
म्याग्दीमा रहेको सामाजिक संस्था ओमकुमारी शान्ति कोषले जिल्ला भित्रका निम्नआयस्तर भएका २७९ जना बिरामीको उपचारका लागि साढे दुई करोड रुपियाँ बढी रकम सहायता उपलब्ध गराएको छ ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले जति तितो भए पनि पत्रकारले यथार्थपरक समाचार लेख्नुपर्ने बताउनुभएको छ ।
निर्वाचन आयोगले मधेश प्रदेशको प्रदेश सभा सदस्य निर्वाचन परिणामसहितको प्रतिवेदन शनिबार प्रदेश प्रमुखलाई बुझाएको छ । निर्वाचन आयोगका आयुक्त सगुनसम्शेर जवरा नेतृत्वको टोलीले प्रदेश भवनस्थित प्रदेश प्रमुखको कार्यालय पुगेर प्रदेश प्रमुख हरिशंकर मिश्रलाई प्रतिवेदन बुझाउनु भएको हो ।
निर्वाचन आयोग नेपालले सुदूरपश्चिम प्रदेशका प्रमुख देवराज जोशीलाई प्रदेश सभा सदस्य निर्वाचन परिणामसहितको प्रतिवेदन बुझाएको छ ।
नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलले आफूहरु प्रतिपक्षमा बस्ने बताउनुभएको छ।
निर्वाचन आयोग नेपालले सुदूरपश्चिम प्रदेशका प्रमुख देवराज जोशीलाई प्रदेश सभा सदस्य निर्वाचन परिणामसहितको प्रतिवेदन पेस गरेको छ।
निर्वाचन आयोगले मङ्सिर ४ गते सम्पन्न प्रदेश सभा सदस्य निर्वाचनको परिणामसहितको प्रतिवेदन शनिबार एकैसाथ सात वटै प्रदेशका प्रदेश प्रमुखसमक्ष बुझाएको छ।
नेपालकी शिभाली गुरुङ २०औं जयकर स्मृति एटीएफ यू–१४ टेनिस प्रतियोगिताअन्तर्गत सर्किट–१ को गर्ल्स सिंगल्समा शनिबार च्याम्पियन बन्नुभएको छ ।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले शनिबार प्रदेश १ का प्रदेश प्रमुख परशुराम खापुङसमक्ष मङ्सिर ४ गते सम्पन्न निर्वाचनको मत परिणामसहितको प्रतिवेदन बुझाउनुभएको छ।
ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले काठमाडौं उपत्यकामा अब मेट्रोको विकल्प नरहेको बताउनुभएको छ।
कर्णाली प्रदेश सभा तर्फको नतिजासहितको प्रतिवेदन प्रदेश प्रमुख समक्ष पेस गरिएको छ। प्रदेश सभाको हकमा प्रदेश प्रमुख समक्ष पठाउनुपर्ने प्रावधानबमोजिम आयोगबाट परिणामसहितको प्रतिवेदन प्रदेश प्रमुख तिलक परियार समक्ष प्रस्तुत गरिएको हो।
अघिल्लो वर्षभन्दा यस वर्ष जिल्लामा मानव अधिकार उल्लङ्घनका घटना वृद्धि भएको पाइएको छ । वर्ष पुस्तक २०२३ का लागि सङ्कलित घटनाहरू माथि सरोकारवाला पक्षको सुझाव लिन आयोजना गरिएको कार्यक्रम सो कुरा सार्वजनिक भएको हो ।
विश्व फुटबल महासङ्घ (फिफा) ले सन् २०२५ देखि क्लब विश्वकप आयोजना गर्ने भएको छ ।
सप्तरीमा धानबालीपछिको दोस्रो बालीको रूपमा लगाउँदै आएको गहुँ छर्ने समय सकिन लागेको छ । बजारमा रासायनिक मल नपाएपछि बाध्य भएर मल विनै किसानले गहुँ छर्ने काम गरिरहेका छन् ।