प्रतिनिधि सभा सदस्य निर्वाचन सकिएको छ । अब नयाँ सरकारको नेतृत्व कसले गर्ने भन्नेमा दलहरूबिच रस्साकस्सी छ । कुनै पनि एक दलको मात्र बहुमत नपुगेको अवस्थामा गठबन्धन गरेर सरकार बनाउने ध्याउन्नमा शीर्ष राजनीतिक दलहरू छन् ।
कालीकोटको नरहरिनाथ गाउँपालिका–९ की रविता बोहरा वडामा गठित सामुदायिक विकास सञ्जालमा आबद्ध हुनुहुन्छ। गाउँमा हुने विकास निर्माण कार्यमा उहाँलाई चासो बढेको छ। सुशासन, पैरवीलगायत क्षमता विकाससम्बन्धी तालिम लिएपछि गाउँपालिकाले दिने सार्वजनिक सेवाबारे उहाँले जानकारी लिन थाल्नुभएको हो।
बैतडीमा स्वास्थ्य चौकी र प्रसूति केन्द्रमा सुत्केरी हुने आमाको सङ्ख्या बढेको छ। पछिल्लो तीन आर्थिक वर्षमा स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलाको सङ्ख्या ६४ प्रतिशतबाट बढेर ८१ प्रतिशत पुगेको छ।
सुदूरपश्चिम प्रदेशको पहिलो सरकार स्थायी राजधानी बनाउन असफल रह्यो। सङ्घीय सरकार मातहत रहेको जग्गाको भोगाधिकार नपाउँदा मुख्यमन्त्री त्रिलोचन भट्ट नेतृत्वको सरकारले स्थायी राजधानी बनाउन नसकेको हो। २०७५ असोज १२ गते प्रदेश सभाबाट दुई तिहाइ बहुमतले प्रदेशको राजधानी कैलालीको गोदावरी नगरपालिका–२ र ४ मा पर्ने वन क्षेत्रमा घोषणा गरिएको थियो।
उसको बाउलाई मैले उसलाई भेट्न आउँदा देखेको थिएँ । पहिले त यस्तो लाग्यो, यो मानिस उसको गाउँको एक जना हुनुपर्छ जो उसलाई भेटेर केही काम निकाल्न सहर आएको छ, जस्तै छोरालाई विदेश पठाइदिन सिफारिस वा घरखेत लेखाएर रिन दिनका लागि । पछि बुझ्दै जाँदा ऊ त उसकै बाउ पो रहेछ । अनि मलाई खसखस लागेर सोधिहालेँ, ‘तपाईं उसको बाउ हो भन्ने पक्का छ ?’ उनले ओठमा एउटा पीडादायक मुस्कान ल्याएर मलाई भने, ‘हो, अब यस्तो अवस्थामा उसको बाउ हुँ भनेर कसले पत्याउँछ ? छोरो यस्तो छ ।’ मैले सोचेको पनि त्यही थियो । सहरमा रज्जगज्ज अवस्थाको छ ऊ । बाउचाहिँ एउटा कछाडमा बेरिएर आएको छ गाउँबाट । बाउ सोझा र सरल लागे तर उसको धूर्तता हेर्दा ऊ यो मानिसको छोरा हो भन्न सुहाउँदैनथ्यो । मलाई लागेको कुरो । तर वास्तविकता यही थियो ।
डोटीको आदर्श गाउँपालिका –४ मा हाते सिलाइ मेसिनबाट लुगा सिलाउदैै स्थानीय महिला
मेरो जिन्दगीको जून सफा छ तर, देख्नेले दाग देखिदिन्छन् र, नजरको दोषी मलाई बनाउँछन् ।
योग्यता क्षमता छ फेरि बेरोजगारी किन सबैलाई चाहिन्छ जागिर, सरकारी किन ?
यी आँखाका तारा हुन्छन् मनमा बस्नेहरू जिउने एक सहारा हुन्छन् मनमा बस्नेहरू भेटवार्ता नभए’नि साथमा सँगै नरहे’नि सधैँ उस्तै प्यारा हुन्छन् मनमा बस्नेहरू ।
आजकल ‘दुई सन्तान ईश्वरका बरदान’ भन्ने परिवार नियोजनको लोकप्रचलित नारा फेरिन लागेको छ । धेरैले एउटै सन्तानमा चित्त बुझाउन थालिसकेका छन् । भनौँ, यो नारा बुबापुस्तामा बन्यो । हजुरबुबा पुस्तामा त ‘सन्तानले डाँडाकाँडा ढाकून्’ भन्ने नै चलिआएथ्यो । यो आशीषमा धेरै छोराछोरी भएर डाँडाकाँडा ढाकून् भनिएको भए पनि नातिपुस्तामा आएर भने उद्यम–पराक्रमले देश–विदेशमा फैलिऊन् भन्ने भइसकेको छ ।
बाँदर तराईदेखि हिमालसम्म जतासुकै पाइने स्तनधारी जन्तु हो । नेपालमा हजारौँको सङ्ख्यामा बाँदर रहेका छन् । बाँदरलाई चाहिने खानेकुरा वनबाट मात्रै पूर्ति हुन सम्भव छैन । त्यसैले यो जन्तु बालिनाली खान खेतबारीमा पस्ने गर्छ । बाँदरबाट बालीनालीमा क्षति पुग्छ । यो क्षति बर्सेनि बढेर गएको छ । बाँदरबाट सबैभन्दा प्रभावित क्षेत्र मध्यपहाड हो । यस क्षेत्रको तुलनामा तराई र हिमाली क्षेत्रमा बाँदरले पु¥याउने क्षति नगण्य छ । मध्यपहाडी क्षेत्रमा बाँदरको बिगबिगी बढेसँगै बालीनालीको सघनता घट्दै गएको छ । वन्यजन्तुको बासस्थान वन हो । वनको पारिस्थि
ईश्वीको १९औँ शताब्दीमा क्यामराको माध्यमबाट मानिसको वास्तविक रूपाकृति उतार्ने अचम्मको प्रविधि विकास भयो, जसले समयका गतिशील पललाई फोटोमा कैद गरेर राख्ने सुन्दर अवसर दियो । यस गुनिलो प्रविधिले समय–पन्छीलाई स्मृतिको सुनौलो पिँजडामा अझ मजबुत तरिकाले थुनेर राख्न मिल्ने सुयोग जुराइदियो । यसपछि त कालातीत पल फोटोमा अङ्कित हुन थाले, जुन मानव इतिहासमा अद्भुत क्रान्ति थियो ।
भेट भयो कि उहाँ मलाई भन्नुहुन्थ्यो, “भाइ, मेरो कलामार्फत म केही खोजी रहेको छु ।” उहाँको र मेरो भेटघाट प्रायः गहना पोखरी र उहाँको कला स्टुडियोमा भइरहन्थ्यो । हामी दुईको भेटमा कलादर्शनका कुरा हुन्थे । सधैँ कलाकर्ममा रमाइरहने वरिष्ठ कलाकार पुरण खड्काको खोजी अन्ततः अधुरै रह्यो । सिर्जनशील र अध्ययनशील जीवन अगाडि बढ्दा बढ्दै असमयमै उहाँको निधन भयो । मनले चिताएको कार्य पूरा हुन सकेन । कसैले पुरणका चित्र अगाडि उभिएर उहाँलाई यो केको चित्र बनाउनु भएको भनेर सोधे उहाँ भन्नुहुन्थ्यो, “हेर्नुस्, बुझ्नुस् र आनन्दित हुनुस् किनकि यो अमूर्त कला हो ।”