नवीन सुवेदीसुर्खेत, पुस १ गते। आम निर्वाचन सम्पन्न भएसँगै कर्णालीमा संसदीय दलको नेता बन्नका लागि नेताबीच दौडधुप सुरु भएको छ। नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले)भित्र संसदीय दलको नेता को हुने भन्ने विषयमा चर्चा भइरहेको छ। प्रत्यक्ष र समानुपातिक गरेर १४ सिटसहित पहिलो दलको हैसियत बनाएको कांग्रेसबाट बहालवाला मुख्यमन्त्री जीवनबहादुर शाही पुनः संसदीय दलमा दोहोरिने तयारीमा हुनुहुन्छ। जाजरकोटका राजीबविक्रम शाहले समेत संसदीय दलमा दाबी गर्नुभएको छ। मुख्यमन्त्री शाही आफू दलको नेता र मुख्यमन्त्री बन्ने कुरामा दुई मत नभएको बताउनुहुन्छ। पार्टीभित्र मुख्यमन्त्री शाही कांग्रेस कार्य सम्पादन समितिको सदस्य हुनुहुन्छ भने शाह केन्द्रीय सदस्य हुनुहुन्छ। १३ सिटसहित दोस्रो दलको हैसियत बनाएको माओवादीबाट राजकुमार शर्मा र विन्दमान विष्ट दलको नेता बन्ने दौरानमा हुनुहुन्छ। शर्मा रुकुम पश्चिम (ख) र विष्ट सुर्खेत २ (ख) बाट निर्वाचित हुनुभएको हो। विष्ट यसअघि प्रदेश सरकारको अर्थमन्त्री भइसक्नुभएको हो। शर्मा भने पहिलो पटक प्रदेश सभा सदस्य बन्नुभएको हो। यता तेस्रो दलको हैसियत बनाएको (एमाले)भित्र पनि दुई जना आकांक्षी देखिनुभएको छ। एमाले स्थायी कमिटी सदस्य एवं प्रदेश इञ्चार्ज यामलाल कँडेल र एमाले प्रदेश अध्यक्ष विनोदकुमार शाहलाई दल नेताको आकांक्षीको रुपमा हेरिएको छ। कँडेल मुख्यमन्त्री बन्ने चाहना स्वरुप नै आफूभन्दा जुनियर नेतालाई केन्द्रमा पठाएर दोस्रो पटक प्रदेशमा झर्नुभएको हो। यता शाह भने निर्वाचनमा आफूलाई मुख्यमन्त्रीको दाबेदारका रुपमा प्रस्तुत गर्दै आउनुभएको थियो। कर्णालीमा एमालेका १० सांसद छन्। यस्तै नेकपा (एकीकृत समावादी) र राप्रपाले प्रदेश सभामा १/१ सिट जितेका छन्।
पाँचथरको फिदिममा लेखक गोविन्द गिरी प्रेरणाद्वारा लिखित पछिल्लो २७ औं कृति ‘सुश्री पारिजात’ को चर्चा गरिएको छ । नौली साहित्यिक विहान र कोर्काली अध्ययन केन्द्र पाँचथरद्वारा शुक्रबार आयोजित समीक्षा कार्यक्रममा प्रेरणाको किताबी चर्चा गरिएको हो ।
आभाष उत्कृष्ट साहित्य पुरस्कार, २०७८ साहित्यकार मालिका केशरी उपनामले परिचित प्रकाशकुमार श्रेष्ठलाई प्रदान गरिएको छ ।
नेकपा (माओवादी केन्द्र)ले समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित सांसदले प्रमाणपत्र लिएपछि मात्र संसदीय दलको नेता चयन गर्ने भएको छ।
कैलालीबाट प्रतिनिधि सभा र प्रदेश सभा सदस्यमा निर्वाचित सबै जनाले निर्वाचन खर्च विवरण बुझाएका छन्।
सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारी सञ्चार माध्यमलाई सरकारको स्तुतिगान गाउन मात्रै नलाग्न आग्रह गर्नुभएको छ।
धनकुटामा माघ पहिलो सातादेखि प्रदेश स्तरीय औद्योगिक व्यापार मेला तथा कृषि प्रदर्शनी एवम् धनकुटा महोत्सव हुनेभएको छ । धनकुटामा भएको लघु घरेलु तथा कृषिजन्य उत्पादनको प्रबर्धन गर्ने उद्देश्यले आगामी माघ ६ गतेदेखि १६ गतेसम्म सञ्चालन हुनेछ ।
टीकापुर घटनामा जन्मकैदको सजाय भोगिरहेका रेशम चौधरीसहित टीकापुर घटनामा आरोपीहरुलाई रिहाईको माग गर्दै माइतीघरमा धर्ना जारी छ । नागरिक उन्मुक्ति पार्टीका कार्यकर्ता तथा थारु कल्याणकारिणी सभा (थाकस) ले संयुक्तरुपमा धर्ना जारी राखेका छन् ।
हुम्लाको माथिल्लो क्षेत्रका यात्रुलाई हवाईजहाजको टिकट पाउनै सास्ती हुन थालेको छ।
काठमाडौंस्थित भारतीय राजदूतावासले बिहीबार कृषि तथा प्रशोधित खाद्य उत्पादन निर्यात विकास प्राधिकरणको सहकार्यमा ‘इन्टरनेशनल इयर अफ मिलेट्स–२०२३’ को सुरुवाती कार्यक्रम आयोजना गरेको छ ।
जिल्लाको गुराँस गाउँपालिका –८ लाई बालमैत्री वडा घोषणा गरिएको छ । बिहीबार वडालाई बालश्रममुक्त, हिंसारहित, बालविवाह निषेधित तथा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको हो ।
संयुक्त राष्ट्रसङ्घका लागि चीनका स्थायी प्रतिनिधि झाङ जुनले सुरक्षा परिषद्को बैठकमा आतङ्कवादविरुद्धका विषयमा हुने राजनीतीकरणको चीन विरोध गर्छ भन्नुभयो ।
प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचन २०७९ मा निर्वाचित सांसदलाई नेपाल पत्रकार महासंघ लमजुङले सम्मान गरेको छ ।
बाँके प्रहरीले जिल्लाको राप्तिसोनारी गाउँपालिका –२ अगैयाबाट बहुमूल्य बुद्धको मूर्ति चोरी गरेका दुई जनालाई मुर्तिसहित प्रहरीले पक्राउ गरेको छ । ती दुई जनासहित अन्य चोरीका घट्नामा संलग्न सात जनालाई पक्राउ गरिएको कोहलपुर प्रहरीले जनाएको छ ।
राष्ट्रपति जो बाइडेनले आगामी वर्ष अफ्रिकी राष्ट्रहरूको भ्रमण गर्ने घोषणा गर्नुभएको छ । यहाँ आयोजित अमेरिकी–अफ्रिकी नेताहरूको शिखर सम्मेलनलाई समापन गर्दै उहाँले उक्त घोषणा गर्नुभएको हो ।