नेपाली कांग्रेसका वरिष्ठ नेता एवं पूर्वसभामुख रामचन्द्र पौडेललाई जापान सरकारले राजकीय सम्मानले विभूषित गरेको छ।
कलाकार तथा कला शिक्षक अग्रज कार्टुनिष्ट अशोकमान सिंको ग्राफिक सञ्चार एक परिचय एवं संक्षिप्त इतिहास नामक पुस्तक सार्वजनिक भएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले स्वदेशी उद्योगका लागि आवश्यक पर्ने कच्चा पदार्थ उत्पादन गरी व्यापार घाटालाई सन्तुलनमा ल्याउन सकिने बताउनुभएको छ ।
कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले ‘समृद्ध कर्णाली सुखारी कर्णाली’ को अवधारणा पुरा गर्न नागरिकका सुझावको महत्त्वपूर्ण भूमिका हुने बताउनुभएको छ।
अजिगारा ताल नजिकै एउटा विद्यालय छ । घाँटीमा क्यामेरा भिरेको देखेपछि एक जना हातमा केही कागजात निकालेर विद्यालयबाट बाहिरिनुभयो ।
सुदूरपश्चिम प्रदेश सभामा खस आर्यको वर्चस्व भएको छ । जम्मा ५३ सदस्य रहेको प्रदेश सभाका लागि खस आर्यबाट ४३ जना प्रदेश सभा सदस्य चयन हुनुभएको छ ।
प्रधान सेनापति प्रभुराम शर्मा र नेपालका लागि मित्रराष्ट्र इजरायलका राजदूत हनन गोडेर गोल्डवेरगरबीच बिहीबार जङ्गी अड्डामा भेटघाट भएको छ ।
हुलाकी सडक अन्तर्गत सर्लाहीको ब्रह्मपुरीमा बिहीबार दिउँसो ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।
नेपालका तीन दर्जन भन्दाबढी नागरिक समाजका व्यक्तिहरूले कतारका आप्रवासी कामदारले भोगेको पिडाको समाधान र उनीहरूले पाउनुपर्ने सेवा सुविधा उपलब्ध गराउन विश्व फुटबल महासङ्घ (फिफा) का अध्यक्ष जियानी इन्फान्टिनोलाई आग्रह गरेका छन् ।
पृथ्वीराजमार्गमा पर्ने म्याग्दे गाउँपालिका–६ अकालमा बिहीबार दिउँसो बस दुर्घटना हुँदा १५ यात्रु घाइते भएका छन्।
निर्वाचन आयोगले प्रतिनिधि सभाका निर्वाचित सदस्यहरूको विवरण प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष पेस गरेको छ ।
साताको अन्तिम कारोबारको दिन बिहीबार पनि नेप्से परिसूचकमा गिरावट आएको छ । गत मङ्गलबारदेखि ओरालो लागेको नेप्से परिसूचक बिहीबार पनि १४.४८ अङ्कले घटेर १८८२.६० बिन्दुमा झरेको हो ।
जिल्लाको रास्कोट नगरपालिकाले आफ्नो सवारी साधन ६ महिनादेखि बेवारिसे छाडेको छ । नगरपालिकाको बा १ झ ६४२२ नम्बरको सरकारी प्लेटको गाडी खाँडाचक्र नगरपालिका २ को झाम्ला मोडमा अलपत्र छाडिएको छ ।
ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले काठमाडौं उपत्यकामा मेट्रो चलाउनुपर्ने आवश्यकता रहेको बताउनुभएको छ ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक मनोज प्रभाकरले पदबाट राजीनामा दिनुभएको छ ।