धरान उपमहानगरपालिकाको कार्यपालिका बैठक चार पटकमा पनि बस्न सकेको छैन । गत कात्तिक १२ गतेको कार्यपालिका वैठकमा मेयर र वडाध्यक्षबीच विवाद भएपछि कार्यपालिका बैठक स्थगित भएको थियो ।
गण्डकी प्रदेशमा सम्पन्न नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक विजेता आर्मीका खेलाडी र प्रशिक्षक सम्मानित भएका छन् ।
चितवन राष्ट्रिय निकुञ्जमा दुई वटा गैंडा मृत अवस्थामा फेला परेका छन् । निकुञ्जको अमलटारी सेक्टरको कुजौली रेञ्जपोस्ट अन्तर्गत नारायणी नदी किनारमा रहेको निकुञ्जको कोर क्षेत्रमा ६ महिनाको भाले गैंडा बृधबार मृत फेला परेको हो ।
ताइवानको पूर्वी तटमा बिहीबार ६.२ म्याग्निच्युडको भूकम्प गएको र त्यसपछि धेरै हल्का पराकम्पनहरू गएको टापुको मौसम विभागले जनाएको छ।
निर्वाचन आयोगले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रतिनिधि सभा सदस्य निर्वाचनको परिणाम बुझाएसँगै नयाँ सरकार गठनका लागि बाटो खुला भएको छ ।
निर्वाचनको नतिजा, नयाँ राजनीतिक परिस्थिति, सरकार गठनलगायतका विकास र समृद्धिका विषयमा गरिएको कुराकानीमा लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर भन्नुहुन्छ, “मुलुकलाई विकास र समृद्धितर्फ अघि बढाउन वर्तमान गठबन्धनलाई नै निरन्तरता दिनुपर्छ ।”
बेलायत सरकारको आर्थिक सहयोगमा निर्माण भएको मुगु सदरमुकाम गमगढीदेखि हुम्ला जिल्लाको चंखेली गाउँपालिकाको देउलीसम्मको सडक कर्णाली प्रदेश सरकारलाई हस्तान्तरण गरिएकोे छ ।
बितेका चार महिनामा दक्षिण सुडानमा कम्तीमा १६६ जनाको ज्यान गएको छ । संयुक्त राष्ट्रसङ्घका अनुसार देशका विभिन्न भागमा भएका हिंसात्मक घटनामा उनीहरुको मृत्यु भएको हो ।
विश्वस्वास्थ्य सङ्गठनले अफ्रिकाको स्वास्थ्य क्षेत्रमा थप लगानी गर्नुपर्नेमा जोड दिएको छ । यहाँ सुरु भएको एक अन्तर्राष्ट्रिय सम्मेलनका क्रममा आफ्रिका क्षेत्रका लागि विश्व स्वास्थ्य सङ्गठनका क्षेत्रीय निर्देशक मात्सिदिसो मोइतीले सो कुरा बताउनुभएको हो ।
कास्की जिल्लाको पोखरा महानगरपालिका–३० सिसुवा स्थायी घर भई हाल तनहुँको शुक्लागण्डकी नगरपालिका–४ प्रगती टोलमा डेरा गरी बस्ने ४० वर्षीय मन बहादुर नेपालीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले धनुषाको मिथिला बिहारी नगरपालिका–५, ललियाकी ४५ वर्षीया कालोदेवी साहको मिलको फित्तामा बेरिएर मृत्यु भएको बताउनुभयो ।
निर्वाचन आयोगले प्रतिनिधि सभामा निर्वाचित सदस्यहरूको विवरण राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेस गरेको छ ।राष्ट्रपति भवनमा केही बेरअघि आयोजित एक कार्यक्रममा निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले राष्ट्रपतिसमक्ष सो प्रतिवेदन पेस गर्नुभएको हो ।
काठमाडौँ महानगरपालिकाले बिहीबार कार्यालयको सबै कामकाज बन्द गरेको छ । नगर कार्यपालिकाको कार्यालयले सूचना प्रकाशन गर्दै २८ औँ महानगर दिवसको अवसरमा कार्यालयको कामकाज बन्द गर्ने जनाएको छ ।
हरेक वर्ष तराई–मधेसका जिल्लाहरूमा आउने शीतलहरको चिसोबाट जोगिन गरिब दलित समुदायहरूलाई परालकै आगो तापेर जाडो काट्ने बाध्यता रहँदै आएको छ ।
ओमन अरबी प्रायद्वीपको दक्षिणपूर्वी तटमा पर्सियन खाडी र अरब सागरको सङ्गमस्थलमा रहेको देश हो । यो अरब जगतको सबैभन्दा पुरानो स्वतन्त्र मुलुक हो । सन् १९७० सम्म यसलाई मस्कट र ओमन भनिन्थ्यो । ओमनको अधिकांश भू–भागलाई बालुवाको मरुभूमि तथा बोटबिरुवा र पानीविहीन क्षेत्र (रब अल–खाली)ले ढाकेको छ । ओमनको तटीय क्षेत्र बसोबासका लागि निकै राम्रो छ । ओमनको भौगोलिक अवस्थिति अत्यन्तै सुन्दर छ ।