• १० जेठ २०८१, बिहिबार

फिफा अध्यक्ष इन्फान्टिनोलाई नेपाली नागरिक समाजको आग्रह

blog

फिफा अध्यक्ष जियानी इन्फान्टिनो ।

काठमाडौं, मंसिर २९ गते । नेपालका तीन दर्जन भन्दाबढी नागरिक समाजका व्यक्तिहरूले कतारका आप्रवासी कामदारले भोगेको पिडाको समाधान र उनीहरूले पाउनुपर्ने सेवा सुविधा उपलब्ध गराउन विश्व फुटबल महासङ्घ (फिफा) का अध्यक्ष जियानी इन्फान्टिनोलाई आग्रह गरेका छन् । 

कतार विश्वकप आयोजनाका दौरानमा नेपालसहित विभिन्न देशका लाखौँ आप्रवासी नागरिकको मानव अधिकार हनन भएको एमनेस्टी इन्टरनेशनल लगायतका मानवअधिकारवादी संस्थाहरूले जनाएका छन् । प्रवासी नेपाली समन्वय समितिका कार्यकारी निर्देशक सोमप्रसाद लामिछानेले समाजको तर्फबाट कतारको मानव अधिकार प्रतिको कार्यशैली सन्तोषजनक नरहेको भन्दै फिफा अध्यक्षलाई समाधान गर्न पत्र दिनुभएको छ । 

समाजले कामको शिलिसिलामा मृत्यु भएका घाइते भएर फर्किएका मजदुरको परिवारलाई क्षतिपूर्ति प्रदान गर्न, बीमा बापतको रकम उपलब्ध गराउन समेत आग्रह गरेको छ । यसअघि पनि विश्व मानवअधिकारवादी संस्थाहरूले कतारमा आप्रवासी कामदारमाथि भइरहेको दुर्व्यवहार अन्त्य गर्न विश्वभर मानव अधिकारवादी संस्थाहरूले आग्रह गर्दै आइरहेका छन् । 

यस्तै उनीहरूले कतारमा स्टेडियम निर्माणका क्रममा मृत्यु भएका हजारौँ आप्रवासी कामदारप्रति जिम्मेवारी बहन गर्दै क्षतिपूर्ति प्रदान गर्न समेत चेतावनी दिँदै आएको छ । कतारमा विश्वकप जारी रहेकै अवस्थामा पनि स्टेडियम निर्माणकै क्रममा आप्रवासी कामदार मरिरहेको रिपोर्टहरू बाहिरिएका छन् । रोयटर्स