हेटौँडा–काठमाडौँ जोड्ने कान्ति लोकपथ विस्तारका क्रममा हेटौँडाको चौघडा–मकवानपुरगढी सडकखण्डमा सडक सीमाभित्र बनाइएका संरचना हटाइने भएको छ । त्यस्ता संरचना हटाउन सकिएमा यो सडकको सुन्दरता बढ्नेछ । हेटौँडा उपमहानगरपालिका–६ र १७ को चुच्चेखोला सडकखण्डको सडक सीमाभित्र रहेका संरचना हटाएर सडक विस्तार गर्न लागिएको हो । हेटौँडा उपमहानगरपालिका–६ को कार्यालय र वडा नं. १७ को कार्यालयले छुट्टाछुट्टै सूचना जारी गर्दै सडकको दायाँबायाँ पर्ने सडक क्षेत्राधिकारभित्र बनाएका घरटहरालागयतका संरचना हटाई
नेपाल प्रहरीमा ३० वर्षे सेवा अवधि हटाउन अर्थ मन्त्रालयले सहमति दिएको छ। गृह मन्त्रालयले प्रहरीको सेवा अवधिसम्बन्धी प्रस्ताव तयार गरी सहमतिका लागि अर्थ मन्त्रालयमा पठाएको थियो। अर्थको सहमतिपछि गृह मन्त्रालयले कानुन मन्त्रालयमा प्रस्ताव पेस गर्ने तयारी गरेको छ। गृह मन्त्रालयका सूचना अधिकारी वसन्त भट्टराईले प्रहरीको सेवा अवधिबारे तयार प्रस्तावमा अर्थ मन्त्रालयबाट सहमति आएको जानकारी दिनुभयो। अर्थ मन्त्रालयले एक वर्षपछि मात्र लागू हुने गरी सहमति जनाएको स्रोतले जनाएको छ । नेपाल प्रहरीमा ३० वर्षे सेवा अवधिका कारण प्रहरीका उच्च अधिकारीसहित जवानसम्मको छिटो–छिटो अवकाश हुने र अधिकांश पद रिक्त भइरहने गरेपछि ३० वर्षे सेवा अवधिको हद हटाउन लागिएको हो।
प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित सदस्यलाई निर्वाचन आयोग परिसरमै पुस ३ गते प्रमाणपत्र वितरण हुने भएको छ। गत मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा प्रतिनिधि सभाका ११० र प्रदेश सभाका २२० गरी समानुपातिक निर्वाचन प्रणालीबाट ३३० जना निर्वाचित भएका छन्।
दक्षिण एसियाली राष्ट्रबाट बालश्रम अन्त्यका लागि सामूहिक पहल तथा कार्ययोजना तयार गर्न दुईदिने सम्मेलन सुरु भएको छ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले सम्मेलनको उद्घाटनका क्रममा बालश्रमको अन्त्यका लागि ठोस निर्णयसहितको कार्ययोजना बनाउने विश्वास व्यक्त गर्नुभयो। उहाँले दक्षिण एसियाली मुलुकसहित विश्वका बालबालिका विविध कारणले जोखिमपूर्ण श्रममा संलग्न रहेको बताउनुभयो।
काभ्रेपलाञ्चोक जिल्लाको डाँडापारि क्षेत्रको महाभारत गाउँपालिकाका गर्भवती, सुत्केरी महिला तथा नवजात शिशुले समयमै उपचार नपाउँदा ज्यान गुमाउनु पर्दथ्यो । पछिल्लो दुई वर्षयता महाभारत गाउँपालिकामा राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत जोखिममा रहेका गर्भवती तथा सुत्केरी महिलाको हेलिकोप्टरमार्फत उद्धार कार्यक्रम लागू भएपछि गाउँपालिकाको मातृशिशु मृत्युदरसमेत घटेको छ ।
काठमाडौँ उपत्यकामा सञ्चालित सवारीसाधनमध्ये ८५ प्रतिशतले वातावरणीय प्रदूषण मापदण्ड पूरा गरेका छैनन् । हरियो स्टिकर टाँस्ने तर चेकजाँच गर्दा मापदण्ड पूरा नहुने अवस्था देखिएपछि वातावरण विभागले नियमित अनुगमनलाई तीव्रता दिएको छ । अनुगमन शुक्रबारदेखि सुरु गरिएको छ ।
शुक्रबार राति १२ बजेदेखि लागू हुनेगरी निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर ३–३ रुपियाँ घटाएको हो ।
सर्लाहीको रामनगर गाउँपालिका–७ मा शुक्रबार साँझ गोली चलेको छ ।
प्राज्ञिक विद्यार्थी परिषद् नेपालको प्रथम राष्ट्रिय संस्कृत विद्यार्थी सम्मेलन आध्यात्मिक राजधानी देवघाट धाममा आजबाट प्रारम्भ भएको छ ।
अभिनेता आर्यन सिग्देल सफलताको पर्खाइमा छन्। पछिल्लो फिल्ममार्फत सफलता पाउन नसकेका अभिनेता सिग्देल पुस १५ गतेदेखि प्रदर्शनमा आउने ‘डिसेम्बर फल्स’ बाट आशावादी छन्।
नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङले राजनीतिक स्वार्थलाई त्यागेर राष्ट्रिय मुद्दाको विषयमा दलबीच सम्झौता र सहमति आवश्यक रहेको बताउनुभएको छ।
काठमाडौं, पुस १ गते। भारतको चर्चित ब्रान्ड ‘ब्लाकबेरी’ अब नेपालमा पनि पाइने भएको छ। ब्लाकबेरीको लागि नेपालमा काठमाडौंमा दुई वटा नयाँ स्टोर खुलेका छन्।ब्लाकबेरीको भारतीय कम्पनी लाभिदा ट्रेडिङ प्रालि र ब्लाकबेरीले बिहीबारबाट नेपालमा ब्लाकबेरी ब्रान्डको पहिरनको औपचारिक बिक्री सुरु गरेको छ। काठमाडौंको सिभिल मल र दरबार मार्गमा नयाँ आउटलेट (शोरुम) बिहीबारबाट सञ्चालनमा आएको अध्यक्ष उत्तम लामिछानेले जानकारी दिनुभयो। ‘भारतमा निकै लोकप्रिय रहेको यो ब्यान्डलाई हामीले नेपाल भित्राएका छौं र आजबाट यसको औपचारिक बिक्री वितरण सुरु गरेका छौं। काठमाडौंपछि पोखरा, नारायणघाट लगायत अन्य शहरमा पनि ब्लाकबेरी इन्डियाको शोरुम खुल्नेछ’ लामिछानेले भन्नुभयो।भारतको ब्लाकबेरीले व्यवसायिक सफलता हासिल गरेको ३० वर्ष पुगेको अवसरमा नेपालमा यसको शोरुम खोलिएको हो। शोरुममा ब्लाकबेरी ब्रान्डको सुट, ब्लेजर, टाउजर, सर्ट, ज्याकेट, टिसर्ट तथा भित्री पहिरनहरु बिक्री वितरण गरिनेछ।
सप्तरीको रुपनी –१ मा रहेको मधेश प्रदेशको एक मात्र गजेन्द्र नारायण सिंह औधोगिक क्षेत्रले नयाँ उद्योग शुरु गर्ने उद्योगीहरुलाई लिजमा जग्गा दिने भएको छ । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड केन्द्रीय कार्यालय बालाजुले निकालिएको २१ दिने सूचनाअनुसार मङ्सिर २८ देखि पुस २० गतेसम्म दरखास्त आह्वान खोलिएको छ ।
अपाङ्गता भएका व्यक्तिहरुका लागि आवश्यक सामग्री वितरण गरिएको छ । तुलसीपुर उपमहानगरपालिका र दंगीशरण गाउँपालिकाका अपाङ्गता भएका व्यक्तिहरुलाई सो सामग्री वितरण गरिएको हो ।
कपिलवस्तुको बुद्धभूमि नगरपालिका –२ गोरुसिङ्गेमा विद्यार्थीबाट निर्माण गरिएका शैक्षिक सामग्री प्रदर्शन गरिएको छ । प्याव्सन कपिलवस्तुले आयोजना गरिएको शैक्षिक प्रदर्शनीमा विद्यार्थीले निर्माण गरेका विज्ञान तथा प्रविधिका सामग्री प्रदर्शन गरिएको हो । कार्यक्रममा हस्तलेखन र महिला हिंसाको विषयमा वक्तृत्वकला प्रतियोगिता समेत सम्पन्न भएको छ ।