• १३ साउन २०८१, आइतबार

‘ब्लाकबेरी’ अब नेपालमा

blog

काठमाडौं, पुस १ गते।  भारतको चर्चित ब्रान्ड ‘ब्लाकबेरी’ अब नेपालमा पनि पाइने भएको छ। ब्लाकबेरीको लागि नेपालमा काठमाडौंमा दुई वटा नयाँ स्टोर खुलेका छन्।

ब्लाकबेरीको भारतीय कम्पनी लाभिदा ट्रेडिङ प्रालि र ब्लाकबेरीले  बिहीबारबाट नेपालमा ब्लाकबेरी ब्रान्डको पहिरनको औपचारिक बिक्री सुरु गरेको छ। काठमाडौंको सिभिल मल र दरबार मार्गमा नयाँ आउटलेट (शोरुम) बिहीबारबाट सञ्चालनमा आएको अध्यक्ष उत्तम लामिछानेले जानकारी दिनुभयो। 

‘भारतमा निकै लोकप्रिय रहेको यो ब्यान्डलाई हामीले नेपाल भित्राएका छौं र आजबाट यसको औपचारिक बिक्री वितरण सुरु गरेका छौं। काठमाडौंपछि पोखरा, नारायणघाट लगायत अन्य शहरमा पनि ब्लाकबेरी इन्डियाको शोरुम खुल्नेछ’ लामिछानेले भन्नुभयो।

भारतको ब्लाकबेरीले व्यवसायिक सफलता हासिल गरेको ३० वर्ष पुगेको अवसरमा नेपालमा यसको शोरुम खोलिएको हो। शोरुममा ब्लाकबेरी ब्रान्डको सुट, ब्लेजर, टाउजर, सर्ट, ज्याकेट, टिसर्ट तथा भित्री पहिरनहरु बिक्री वितरण गरिनेछ।