• १३ साउन २०८१, आइतबार

फिदिममा ‘सुश्री पारिजात’ को किताबी चर्चा

blog

नारायण तुम्बापो

फिदिम, पुस १ गते । पाँचथरको फिदिममा लेखक गोविन्द गिरी प्रेरणाद्वारा लिखित पछिल्लो २७ औं कृति ‘सुश्री पारिजात’ को चर्चा गरिएको छ । नौली साहित्यिक विहान र कोर्काली अध्ययन केन्द्र पाँचथरद्वारा शुक्रबार आयोजित समीक्षा कार्यक्रममा प्रेरणाको किताबी चर्चा गरिएको हो । 

पाँचथर बहुमुखी क्याम्पस फिदिमका सहायक क्याम्पस प्रमुख प्राध्यापक लक्ष्मी ढुंगानाले ‘सुश्री पारिजात’ किताबको समीक्षा गर्नुभयो । तेह्रवटा आयामबाट स्रष्टा पारिजातको व्यक्तिचित्र ‘सुश्री पारिजात’ कृतिबाट गहन व्याख्या गरिएको पाइएको प्राध्यापक ढुंगानाले बताउनुभयो । 

पुस्तकले रहस्यको गर्भमा रहेका पारिजातसँग सम्बन्धित नयाँ तथ्यहरुको पनि उजागर गर्ने उहाँले बताउनुभयो । कार्यक्रमका प्रमुख अतिथि प्रा.डा. गोविन्दराज भट्टराईले पारिजात जस्ता महान स्रष्टाको जिवनी समेटिएको ‘सुश्री पारिजात’ पुस्तक धेरै प्रेरणादायी रहेकाले यो पुस्तक अध्ययन गर्न सवैसँग अनुरोध गर्नुभयो । 

डा. अञ्जना वस्ती भट्टराई, पूर्व प्राज्ञ सदस्य रविमान लम्जेलले ‘सुश्री पारिजात’ पुस्तकले नेपाली साहित्यमा ठूलो योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो । पुस्तक समीक्षासँगै लिम्बू भाषा साहित्यमा योगदान पु¥याउनु हुने पाँचथरका राजेन्द्र जवेगु, भवानी तावा र तिलविक्रम नेम्वाङलाई सम्मान गरियो । 

पाँचथर फाल्गुनन्द इम्बुङ स्थित सत्यहाङमा माध्यमिक विद्यालयमा पठन–पाठन भइरहेको प्लस टु लिम्बू भाषा शिक्षा पाठ्यक्रम निर्माणमा योगदान गरे बापत सम्मान गरिएको हो ।  कार्यक्रममा स्थानीय श्रष्टाहरुद्वारा साहित्यिक प्रस्तुती गरिएको थियो ।