• ८ मंसिर २०८१, शनिबार

गजल

blog

योग्यता क्षमता छ फेरि बेरोजगारी किन

सबैलाई चाहिन्छ जागिर, सरकारी किन ?


जहाँ गाउन आवश्यक छ मेघ मल्हार धेरै 

तिमी गाउँछाँै फेरि त्यहाँ राग दरबारी किन ?


सीप कौशल आँट पौरख सबै छ तर पनि 

आजीवन केही मान्छे रहन्छन् भिखारी किन ?


आजै हुने काम भोलि–भोलि भन्दै पन्छाउँछन्

जनता झुलाउँछन् कार्यालयमा कर्मचारी किन ?


लामै उमेर बिते नि अझै बुझेन त्रिविक्रमले कुरा

मान्छे नै छ यहाँ मान्छेको लौ दह्रो सिकारी किन ?