ईश्वीको १९औँ शताब्दीमा क्यामराको माध्यमबाट मानिसको वास्तविक रूपाकृति उतार्ने अचम्मको प्रविधि विकास भयो, जसले समयका गतिशील पललाई फोटोमा कैद गरेर राख्ने सुन्दर अवसर दियो । यस गुनिलो प्रविधिले समय–पन्छीलाई स्मृतिको सुनौलो पिँजडामा अझ मजबुत तरिकाले थुनेर राख्न मिल्ने सुयोग जुराइदियो । यसपछि त कालातीत पल फोटोमा अङ्कित हुन थाले, जुन मानव इतिहासमा अद्भुत क्रान्ति थियो ।
अनलाइन विश्वकोश ‘ब्रिटानिका’का अनुसार फ्रान्सेली नागरिक जोसेफ निप्से (सन् १७६५–१८३३)ले एक प्रकारको उपकरणमार्पmत घामको प्रकाश प्रयोग गरी मानिसको वास्तविक रूपाकृति (फोटो) तयार पार्न सफल भएको थियो । जोसेफ निप्सेको युगान्तकारी कदमले मानिसको वास्ताविक रूपाकृति उतार्ने हजारौँ वर्ष पुरानो परिकल्पनालाई मूर्त रूप दियो ।
फोटोग्राफीसम्बन्धी ऐतिहासिक वर्णनानुसार त्यस समयमा कसैको फोटो खिच्न घण्टौँ समय लाग्थ्यो । कतिसम्म भने फोटो खिचिने व्यक्तिलाई सात–आठ घण्टासम्म घाममा राख्नुपथ्र्याे । अनि मात्र फोटो तयार हुन्थ्यो तर निमेषभरमै फोटो खिच्न सकिने अहिलेको डिजिटल युगमा यस्तो कुरा सुन्दा हदैसम्म अपत्यारिलो लाग्छ ।
आजकल प्रविधिले युगान्तकारी फड्को मारेको छ । पृथ्वी र पृथ्वीवासीको मात्र होइन, ब्रह्माण्डको अनन्तमा पैmलिएको आकाशगङ्गाको समेत फोटो खिच्न सम्भव भएको छ । अन्तरिक्षबाट मानवविहीन भू–उपग्रहले पठाएका ‘इमेज’ व्यावहारिक जीवनमा समेत उपयोगी बन्न पुगेको छ । त्यस्ता ‘इमेज’बाट मौसमी भविष्यवाणी अझ बढी यथार्थपरक हुन पुगेको छ । यसबाट पृथ्वीको वातावरणीय पक्षको अध्ययन तथा विश्लेषण थप सहज हुन पुगेको छ ।
नेपाली समाजमा फोटोका आफ्नै खालका किस्सा–कहानी छन् । नेपालमा फोटोग्राफीको चलन विदेशीबाटै भएको पाइन्छ । नेपालमा रहेका कूटनीतिक नियोगका कर्मचारी तथा नेपालबारे अध्ययन गर्न आएका विदेशी अध्येताले यहाँको फोटो खिच्न थालेको पाइन्छ । यससँगै फोटोग्राफीप्रति शासकवृत्त र सम्भ्रान्त परिवारको स्वाभाविक रूपमा चासो बढ्न थालेको पाइन्छ ।
फोटोप्रति नेपालीजनको आकर्षण बढाउने कार्यमा लाहुरे समुदायको योगदानलाई बिर्सन मिल्दैन । लाहुरेले बोकेर आएको अनौठो वस्तुले खिचिक्क पारेर तस्बिर खिच्ने अनौठो यन्त्रले मानिसको सक्कल जस्ताको तस्तै निकालिदिँदा आधुनिक चमत्कारबाट टाढै रहेका ग्रामीणजन तीनछक पर्थे, जुन स्वाभाविक थियो ।
‘नेपाली टाइम्स’ अङ्ग्रेजी साप्ताहिक (नोभेम्बर १६–२२, २०१२)मा प्रकाशित एक लेखका अनुसार ब्रिटिस नागरिक क्लेरेन्स कोमिन् टेलर नै नेपालमा पहिलो पटक फोटो खिच्ने व्यक्ति हुन् । टेलरले सन् १८६३ तिर जङ्गबहादुर राणा र उनका परिवारको तस्बिर खिचेर एल्बम तयार पारेको लेखमा उल्लिखित छ ।
नेपालको भूगोल र जनजीवन प्रतिविम्बित हुने गरी व्यापक रूपमा तस्बिर खिच्ने विदेशीको श्रेय भने स्विस भूगर्भविद् टोनी हेगेन (सन् १९१७–२००३)लाई जान्छ । हेगेनले सन् १९५० तिर पहिलो पटक नेपाल भ्रमण गर्नुभएको थियो । उहाँले त्यसपछि विभिन्न समयमा नेपालको भ्रमण गर्नुभयो । हेगेनले नेपालको कठिन भूगोल छिचोलेर १४ हजार किलोमिटर यात्रा गर्दा यथेष्ट फोटो र भिडियो खिच्नुभएको थियो । टोनी हेगेनकृत नेपालसम्बन्धी पुस्तकमा छापिएका फोटामा तत्कालीन नेपाली जनजीवनको मीठो प्रतिविम्ब देखिन्छ ।
विगतमा नेपालको सरहदबाहिर धेरै तस्बिर खिचिएको कुनै नेपाली वर्ग छ भने त्यो लाहुरे समुदाय नै हुनुपर्छ । ब्रिटिस सेनामा कार्यरत गोर्खालीले प्रथम तथा दोस्रो विश्वयुद्धको मोर्चामा वीरतापूर्वक सामेल भएका तस्बिरहरू बाक्लै भेटिन्छन् । ती तस्बिरमा अरूका लागि ‘मर्न र मार्न’ तयार नेपाली युवाको भाग्य, साहस र बफादारीको प्रतिविम्ब पनि देखिन्छ ।
गोर्खा सैनिकको तस्बिर प्रथम विश्वयुद्धभन्दा अघिको कालखण्डको पनि भेटिन्छन् । ‘ब्रिटानिका’ अनुसार ब्रिटेन तीन पटकसम्म (सन् १८३९–१८४१, १८७८–१८८० र १९१९) अफगान युद्धमा सरिक भयो । अफगान युद्धमा सहभागी गोर्खा सैनिकका दुर्लभ तस्बिर बेलायतस्थित ‘द गुर्खा म्युजियम’को वेबसाइटमा पनि भेटिन्छन् ।
फोटोप्रति नेपालीजनको आकर्षण बढाउने कार्यमा लाहुरे समुदायको योगदानलाई बिर्सन मिल्दैन । लाहुरेले बोकेर आएको अनौठो वस्तुले खिचिक्क पारेर तस्बिर खिच्ने अनौठो यन्त्रले मानिसको सक्कल जस्ताको तस्तै निकालिदिँदा आधुनिक चमत्कारबाट टाढै रहेका ग्रामीणजन तीनछक पर्थे, जुन स्वाभाविक थियो । लाहुरेले जात्रा, हाटबजार वा कुनै सामाजिक जमघटमा फोटो खिच्थ्यो । छुट्टी पूरा गरेर पल्टन पुगेपछि फोटो धुलाएर हुलाकमार्पmत गाउँमा पठाइदिन्थ्यो वा आपैmँ घर आउँदा लिएर आउँथे । मोटर, रेल, पानीजहाज र हवाइजहाज चढेर लाहुरबाट गाउँमा आएका फोटाले गाउँवासीमा बेग्लै आकर्षण र उत्सुकता जन्माउँथे । लाहुरबाट आएका फोटो गाउँवासीले तँछाडमछाड गरी हेर्थे । परदेशबाट आएको फोटोमा आफ्नो मुखकमल हुबहु देख्न पाउँदा गाउँवासीलाई असीम आनन्द हुन्थ्यो ।
समयक्रममा बजार इलाकामा फोटो स्टुडियो खुल्न थाले, जसप्रति ग्रामीण युवाको चुम्बकीय आकर्षण बढ्न थाल्यो । उनीहरू हुल बाँधेर फोटो खिचाउन गाउँनजिकको बजारमा धुरिन्थे । उनीहरूलाई फोटोमा आफ्नो मुहार कस्तो देखिँदो हो भन्ने तीव्र जिज्ञासा हुन्थ्यो । यसरी खिचिएका फोटो एल्बममा प्रेमपूर्वक सजाइन्थ्यो वा प्रियजनलाई सुटुक्क पठाइन्थ्यो ।
हेगेनले नेपालको कठिन भूगोल छिचोलेर १४ हजार किलोमिटर यात्रा गर्दा यथेष्ट फोटो र भिडियो खिच्नुभएको थियो । टोनी हेगेनकृत नेपालसम्बन्धी पुस्तकमा छापिएका फोटामा तत्कालीन नेपाली जनजीवनको मीठो प्रतिविम्ब देखिन्छ ।
गाउँघरमा दैलोनेर नानाथरी फोटो सजाइन्छ । यसले संस्कृतिकै रूप धारण गरेको छ । बुटजुत्ता कसेका लाहुरे, संसार भुलेर धूलनगरीमा रमाइरहेका लालाबाला, जीवनको अस्ताचलमा पुगेका बूढापाका, उषाकालीन क्षितिजमा लाली छरिएझैँ मुखकमलमा आभा पोतिएका वैंशालुजन आदिका जीवन्त फोटोले इतिहासको साक्षी बकिरहेका हुन्छन् । त गर्व लाग्छ, हाम्रा ग्रामीणजनले जानेर वा नजानेर स्थानीय इतिहास बचाएका छन् ।
फोटोको मनोवैज्ञानिक गाथा–गरिमा पनि छ । मानव चोला अनित्य र नश्वर छ । हाम्रो लोकगीतले यसलाई टपक्कै टिपेको छ । चिताको आगोले खाएर भष्म भएको प्रियजनको मुहार चाहेर पनि देख्न पाइँदैन । आगोले खाइसकेपछि आफन्तजनको चन्द्रवदन खोजेर कहाँ पाउनु अब ? यस त्रूmर वास्तविकताबाट फोटोले थोरै भए पनि त्राण दिन्छ । नश्वर चोलाको अन्तिम सत्यबारे लोककण्ठमा एउटा मार्मिक लोकभाव अभिव्यक्त हुँदै आएको छ :
धानको बाला आलीमा छोटो छ
मै मरे नि दैलोमा फोटो छ ।
मुगलानी जीवनसँग पनि फोटोले नाता नगाँसी छाड्दैन । अहिले भर्चुअल रूपमा भए पनि परदेशिएका आफन्तजनसँग सशरीर उपस्थित भएर वार्तालाप गर्न पाइने सञ्चार प्रविधि उपलब्ध छ । इन्टरनेटको सञ्जाल पैmलिनुअघि यस्तो अवसर केवल स्वैरकल्पनाको विषय थियो । विगतमा बेखबर मुगलानीको झल्को लाग्दा झल्को मेटाउने उपयुक्त माध्यम फोटो नै थियो ।
यही मनोविज्ञानलाई बुझेर परदेशिने कतिपय मुगलानीले घरमा रहेका आफ्ना प्रियजनलाई आपूmले छोडेर गएको फोटो हेरेर मन बुझाउन आग्रह गरे होलान् । यही पृष्ठभूमिमा जन्मिएको लोकगीतलाई लोकप्रतिभा रुद्रनिधि तिवारी (जन्म : वि.सं. २००२)ले अभिलेखीकरण गर्नुभएको छ, जसमा मुगलानी जीवनसँग जोडिएका मानवीय भावना र अनुभूतिका जीवन्त भुल्काहरू भुलभुल भएका छन् :
मेरो हीरा नमान पीर
म गए नि छँदै छ तस्बिर
(मस्र्याङ्दी वाङ्मय स्मारिका, २०५५, पृ. २८)
मौखिक साहित्यमा होइन, लिखित साहित्यमा पनि तस्बिरका अनेकन् प्रसङ्ग आउँछन् । मनोविश्लेषणात्मक कथावस्तु पस्कन खप्पिस आख्यानकार पोषण पाण्डे (वि.सं. १९८९–२०४९)ले ‘आँखीझ्याल’ कथासङ्ग्रहमा ‘तस्बिर’ शीर्षकको कथा समावेश गर्नुभएको छ ।
त्यस कथामा विदेशिएर लामो समयसम्म घर नफर्किएका आफ्ना पतिदेवको पुनरागमन हुने आशामा प्रतीक्षारत महिलाको आर्तनाद छ । कथामा पतिदेवको फोटो हिफाजतपूर्वक राखेर मनमा अनेकौँ कुरा खेलाउँदै मनोसागरमा डुबुल्की मारिरहेकी विरहिणी महिलाको मनोभावको मार्मिक वर्णन छ ।
फोटोसँग जोडिएका किस्सा–कहानीका नेपाली संस्करण कम घतलाग्दा छैनन् । नेपाली ग्रामीणजनले फोटो खिच्न प्रयोग हुने रिलको ‘नेगेटिभ’लाई ‘पानीफोटो’ भनी आफ्नै किसिमले नामकरण गरेका छन्, जुन रोचक र यथार्थपरक प्रतीत हुन्छ । ऐना हेर्न नपाएका बहुधा ग्रामीणले आफ्नो अनुहार पानीमा हेर्थे । पानीमा देखिने अनुहारको फोटो पनि उस्तो स्पष्ट हुँदैनथ्यो, ‘नेगेटिभ’मा देखिने फोटोजस्तै । यही आधारमा नेपाली जनजिब्रोले ‘नेगेटिभ’लाई ‘पानीफोटो’ भनी न्वारन गर्न रुचाएको हुनुपर्छ ।
पञ्चायतकालको उत्तरार्धतिर नागरिकता वितरण टोली गाउँगाउँमा खटियो । नागरिकता प्रमाणपत्रमा अनिवार्य रूपमा फोटो टाँस्नुपर्ने नियम आयो । यही प्रयोजनका लागि सर्वसाधारणले अभूतपूर्व रूपमा ठूलो सङ्ख्यामा फोटो खिचाएको पाइन्छ । त्यसबेला कहिल्यै पनि ऐना हेर्न नपाएका कतिपय निरक्षर ग्रामीणजनले तस्बिरमा अङ्कित आफ्नै अनुहार नचिनेका रोचक प्रसङ्गलाई प्राध्यापक पी खरेल दृश्य साक्षरता (भिजुअल लिट्रेसी)सँग जोडेर सुनाउनुहुन्छ ।
यस्तै अर्को प्रसङ्ग पनि छ । रोग पैmलाउन सघाउने झिँगा चिन्न सजिलो होस् भनी ठूलो आकार बनाएर स्वास्थ्य संस्थामा भित्तामा झिँगाको फोटो टाँसिएको हुन्थ्यो । फोटोमा कहिल्यै पनि झिँगाको तस्बिर नदेखेका सर्वसाधारणले पोस्टरमा झिँगाको भीमकाय तस्बिर देख्दा “त्यति ठूलो पनि झिँगा हुन्छ र ?” भनी सर्वसाधारणले आश्चर्यभाव पोखेका संस्मरण पनि विकाससँग सम्बद्ध पुराना अभियन्ताबाट सुन्न पाइन्छ ।
क्यामराले कैद गरेको रूपाकृतिलाई फोटो भन्ने बानी परेकाले कतिपयले टेलिभिजनका चलयमान दृश्य अर्थात् भिडियोलाई फोटो नै भन्ठान्छन् । टेलिभिजनका पर्दामा फ¥याकफुरुक गर्ने ‘पर्दाका परी’ र
‘पर्दाका ह्यान्सम’हरूका चलयमान दृश्य देख्दा कतिपय ग्रामीणजनको मुखबाट अनायासै फुत्कन्छ– आहा ! कति राम्रो फोटो । त्यसमा पनि कसै कसैले त ‘फोटो’लाई ‘फुटो’ भनी उच्चारण गर्छन्; जसमा रैथानेपनयुक्त मोहनी आवाज झङ्कृत हुन पुग्छ । नेपाली लोकजीवनमा फोटोका अनन्त किस्सा–कहानी छन् । प्रस्तुत लेखमा अघि सारिएका प्रसङ्ग त सानातिना दृष्टान्त मात्र हुन् । फोटोसँग सम्बन्धित यावत् किस्सा–कहानीको सविस्तार वर्णन त शास्त्रमा भनिएभैmँ हजार जिब्रो भएका शेष नागले मात्र गर्न सक्ला ।