• ८ मंसिर २०८१, शनिबार

मुक्तक

blog

यी आँखाका तारा हुन्छन् मनमा बस्नेहरू

जिउने एक सहारा हुन्छन् मनमा बस्नेहरू

भेटवार्ता नभए’नि साथमा सँगै नरहे’नि

सधैँ उस्तै प्यारा हुन्छन् मनमा बस्नेहरू ।


सोच्दै नसोचीकन जिन्दगीमा गल्ती गरिन्छ

केही जानीजानी त केही नादानीमा गल्ती गरिन्छ

जसले रत्तिभर महत्त्व दिँदैन आफ्नो जीवनमा ! 

उसैलाई राखेर यी आँखाका नानीमा गल्ती गरिन्छ ।


नतिजा जे जस्तो आवस् त्यसको चिन्ता छोड

जता दुनो सोझो हुन्छ उतै पाइला मोड

बाहिर त स्वाभिमानको भाषण दिए भैगयो नि

भित्र भित्र चाकडीकै बलियो साइनो जोड ।