काठमाडौं, पुस २ गते । नेपालकी शिभाली गुरुङ २०औं जयकर स्मृति एटीएफ यू–१४ टेनिस प्रतियोगिताअन्तर्गत सर्किट–१ को गर्ल्स सिंगल्समा शनिबार च्याम्पियन बन्नुभएको छ ।
बनेकी छन् ।सातदोबाटोस्थित टेनिस कोर्टमा भएको फाइनलमा शिभालीले नेपालकै आद्या पौड्याललाई ६–४ र ६–१ को सोझो सेटमा हराउनुभयो । यससँगै उहाँले दोहोरो स्वर्ण जित्नुभएको छ । यसअघि उहाँले नेपालकी स्वस्तिका विष्टसँग मिलेर गर्ल्स डबल्समा पनि स्वर्ण जित्नुभएको थियो ।
ब्वाइज सिंगल्समा भारतका भिभान मिर्धाले नेपालका आयुशमान हजुर घलेलाई फाइनलमा ५–७, ७–६(३) र ६–२ ले हराउदै पहिलो हुनुभयो । नेपाल टेनिस सङ्घको सहयोगमा मन जयकर टेनिस एकेडेमीद्वारा आयोजित प्रतियोगितामा शनिबारै भएको ब्वाइज डबल्समा भारतका सिद्धार्थ जिबु र भिभान मिर्धाको जोडी पहिलो भयो । फाइनलमा उक्त जोडीले पाकिस्तानका जोहेब अफ्जल मलिक र यमनका हमुद इयाडको जोडीलाई सोझो सेटमा
६–४ र ६–४ ले पाखा लगायो । ६ दिने प्रतियोगितामा २६ ब्वाइज र १७ गर्ल्स गरी ४३ खेलाडी सहभागी थिए । सिंगल्स र डबल्समा प्रतिस्पर्धा भएको थियो । एसियाली टेनिस महासङ्घको स्वीकृतिमा सञ्चालित प्रतियोगिताअन्तर्गत सर्किट–२ का खेलहरु सोमबारदेखि सुरु हुने नेपाल टेनिस सङ्घले जनाएको छ ।