काठमाडौँ, चैत १२ गते । कर्णाली प्रदेश सरकारले रविन्द्र चन्दलाई कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त गरेको छ ।
प्रदेश मन्त्रिपरिषद्को बिहीबार बिहान बसेको बैठकले चन्दलाई सदस्य सचिव पदमा नियुक्त गर्ने निर्णय गरेको ।
प्रदेश सरकारले यसअघि, सदस्य सचिव छनोट समितिले गत माघ ३ गते अन्तर्वार्ता लिई तीन जनाको नाम सिफारिस गरेको थियो ।
सिफारिसमा रविन्द्र चन्द, दीपक हमाल र प्रमोद हमाल हुनुहुन्थ्यो । छनोट समितिले गरेको मूल्याङ्कनमा रविन्द्र चन्दले सर्वाधिक ६७.१७ अङ्क प्राप्त गर्नुभएको थियो । यस्तै दीपक हमालले ६०.६३ र प्रमोद हमालले ५२.३७ अङ्क प्राप्त गर्नुभएको थियो ।
सदस्य–सचिव पदका लागि प्रारम्भमा २१ जनाले आवेदन दिएका थिए । जसबाट १० जनालाई अन्तर्वार्ताका लागि छनोट गरिएको थियो। अन्तर्वार्ता र मूल्याङ्कनका आधारमा उत्कृष्ट तीन जनाको नाम मन्त्रिपरिषदमा सिफारिस गरिएको थियो ।