शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
हरिप्रसाद कोइराला
उर्लाबारी, चैत १२ गते । टिप्परको ठक्करबाट मोरङको कानेपोखरी-७ मा एक जनाको मृत्यु भएको छ ।
इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक डम्बर विश्वकर्माका अनुसार बिहीबार बिहान पौन ८ बजेतिर चिसाङ खोलाबाट पूर्व तर्फ आउँदै गरेको को. १ ख. ६३३९ नम्बरको टिप्परले साइकल चालक कानेपोखरी-७ का ५८ वर्षीय वीरेन्द्र कार्कीलाई ठक्कर दिँदा कार्कीको घटनास्थल मै मृत्यु भएको थियो ।
टिप्पर र चालक कानेपोखरी ५ बस्ने २१ वर्षीय अभिषेक दर्जीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।