• १२ चैत २०८२, बिहिबार

रास्वपाको संसदीय दलको बैठक सुरु

blog

रास्वपा संसदीय दलको बैठकमा सहभागी शीर्ष नेता ।

काठमाडौँ,  चैत १२ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक सुरु भएको छ ।

केन्द्रीय समितिको बैठकले आज संसदीय दलका नेतामा बालेन्द्र शाहलाई चयन गरेलगतै दलको बैठक पार्टीको केन्द्रीय कार्यालय चमतीमा सुरु भएको हो ।

पार्टीका प्रवक्ता मनिष झाले बैठकमा केन्द्रीय समिति सदस्यलाई पनि सहभागी गराइएको जानकारी दिनुभयो ।

संसदीय दल गठनसम्बन्धी केन्द्रीय समितिबाट पारित प्रस्ताव सभापति रवि लामिछानेले संसदीय दलमा प्रस्तुत गर्नुभएको झाले बताउनुभयो । रासस