शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ, चैत १२ गते । आइटिएफ डेभ्लोप्मेन्ट च्याम्पियनसिप (फाइनल) मा सहभागी हुन नेपाली टेनिस टोली बिहीबार श्रीलङ्काको कोलम्बो प्रस्थान गरेको छ ।
मार्च २९ देखि अप्रिल १० तारिखसम्म हुने प्रतियोगितामा सर्किट १ र २ गरी छुट्टाछुट्टै प्रतिस्पर्धा हुने छ । दुवैमा नेपालको सहभागिता रहने छ ।
ब्वाइजमा विश्वविशेष डल्लाकोटी र अर्याशराज पौडेल तथा महिलामा सारा पन्त र एरा खत्रीले नेपालको चुनौती प्रस्तुत गर्नुहुने छ । प्रशिक्षकमा सन्तोष खत्री हुनुहुन्छ । सन्तोष श्रीलङ्कामै हुनुहुन्छ ।
प्रतियोगितामा एसियाका १५ राष्ट्रको सहभागिता रहने नेपाल टेनिस सङ्घले जनाएको छ । टोलीलाई सफलताको शुभकामना दिँदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रामचरित्र मेहताले बिहीबार नै एक कार्यक्रमबिच बिदाइ गर्नुभयो ।