• १३ चैत २०८२, शुक्रबार

आजदेखि नेपालगन्जमा मेयर कप राष्ट्रिय ब्याडमिन्टन हुँदै

blog

कमल खत्री
धम्बोझी, चैत १३ गते ।
शुक्रबारदेखि प्रथम नेपालगन्ज मेयर कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता–२०८२ सुरु हुँदैछ । बाँके जिल्ला ब्याडमिन्टन संघको आयोजनामा हुन लागेको प्रतियोगिता चैत १३ र १४ गतेसम्म चल्नेछ । प्रतियोगिता नेपालगन्ज रंगशालाको कभर्ड हलमा सञ्चालन हुनेछ ।

नेपालगन्ज उपमहानगरपालिकाको आर्थिक सहयोग र एचसीआरसी हस्पिटलको सह–प्रायोजनमा हुन लागेको प्रतियोगितामा चार वटा विधा समावेश गरिएको छ ।

जसमा मेन्स डबल्स बी लेभल(खुला), मेन्स डबल्स सी लेभल, भेट्रान्स डबल्स खुला(४५ वर्ष माथि) र सरकारी कर्मचारी विधा समावेश गरिएको प्रशिक्षक एवम् ब्याडमिन्टनका अन्तर्राष्ट्रिय खेलाडी अनिल लाखेले बताउनुभयो ।

प्रतियोगितामा देशभरका करिब २ सय खेलाडीको सहभागिता रहने प्रतियोगिता संयोजक डा. कुमार सान शाहले बताउनुभयो । प्रतियोगितामा चार वटै विधामा करिब चार लाख ५० हजार नगद पुरस्कार राखिएको आयोजकले जनाएको छ । प्रतियोगिता नेपाल ब्याडमिन्टन संघका प्राविधिक टिमले सञ्चालन गर्नेछन् ।

आज बिहान नेपालगन्ज उपमहागरपालिका नगर प्रमुख प्रशान्त विष्ट र बाँकेका प्रमुख जिल्ला अधिकारी दिल कुमार तामाङले प्रतियोगिताको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।