शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
सन्तोष दहित
दाङ, चैत १३ गते । दाङस्थित तुलसीपुरमा एक पुरुषले धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । तुलसीपुर उपमहानगरपालिका–१९ दोघर्रे निवासी ३४ वर्षीय गोपाल वलीले बिहीबार साँझ धारिलो हतियार प्रहार गरी २७ वर्षीया श्रीमती कमला वलीको हत्या गरेको प्रहरीले जानकारी दिएको छ ।
धारिलो हतियार प्रहारबाट गम्भीर घाइते हुनुभएका कमलाको उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर पुर्याउँदा चिकित्सकले मृत घोषणा गर्नुभएको थियो। कमलाको टाउको र अनुहारमा चोट लागेको थियो । यसैबिच धारिलो हतियार प्रहार गर्ने श्रीमान् गोपाललाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरीले जानकारी दिएको छ ।