पानीलाई शुद्धीकरणका लागि प्रयोग गरिने गरेको बायोस्याण्ड फिल्टर गुणस्तरहीन उत्पादन हुने गरेको भन्दै यसको प्रयोगमा सचेतता अपनाउनका लागि बायोस्याण्ड फिल्टर उद्यमी संगठन नेपालले आग्रह गरेको छ ।
विश्वका सर्वकालीन महान् खेलाडीको सूचीमा सामेल हुन लियोनेल मेसीका लागि फ्रान्सविरुद्ध आइतबार हुने विश्वकपको फाइनल गर या मरको खेल हुनेछ। हुनतः प्रायजसो प्रतिष्ठित उपाधि जितिसकेको भए पनि अहिलेसम्म आफ्नो देश अर्जेन्टिनालाई विश्वकप जिताउन नसक्दा मेसीलाई सर्वकालीन महान् खेलाडीको सूचीमा अटाउन मिल्दैन भन्ने बहस चल्ने गरेको छ।
कतार विश्वकपको उपाधि भिडन्तमा आइतबार गत विजेता फ्रान्स र अर्जेन्टिना भिड्दै छन्। विश्वकप सकिएपछि फिफाले विश्वकपको ट्रफीबाहेक अन्य केही अवार्ड पनि सो पुरस्कार वितरण कार्यक्रममा प्रदान गर्ने गर्दछ। जुन पुरस्कारमा गोल्डेन बल, गोल्डेन बुट, गोल्डेन ग्लोभ्स, फिफा योङ प्लेयर र फेयर प्ले अवार्ड रहेका छन्। जुन पुरस्कारहरू ती खेलाडीहरूलाई दिइन्छ, जसले आ–आफ्नो विधामा सर्वश्रेष्ठ प्रदर्शन गरेका हुन्छन्।
बाल विवाहमुक्त क्षेत्रमा बाल विवाह गर्नेको लहर बढेपछि बुद्धभूमि नगरपालिकाका बालबालिकाले ‘बाल विवाह न्यूनीकरण अभ्यास’ सञ्चालन गरेका छन्। नगरपालिकाको वडा नं. ३ का बालबालिकाले जनप्रतिनिधि र सङ्घ संस्थासँगको समन्वय तथा सहकार्यमा एक वर्षीय योजना तयार गरेका छन्। रनगाई आशा सञ्जालले मागी विवाह गर्दासमेत बाल विवाह भएकोमा आपत्ति प्रकट गरेको छ।
जिल्ला सदरमुकामको अमरगढीका बजारबाट सङ्कलन गरिएको फोहोर गाडीमा नगरपालिकाभित्रै थन्किन थालेको छ। अमरगढी नगरपालिकाले फोहोर व्यवस्थापन गर्न नसकेपछि फेरि नगरपालिका परिसरभित्र फोहोर थन्किन थालेको हो। यसअघि अमरगढी नगरपालिका–५, जिल्ला सदरमुकामको बाघखोर बजारछेउ ऋषिखोला सामुदायिक वनमा खाल्टो बनाई नगरपालिकाले फोहोर जलाउँदै आएको थियो।
जिल्लाको रास्कोट नगरपालिकाले कानुनबिनै नगर प्रहरी भर्ना प्रक्रिया अघि बढाएपछि सो सम्बन्धमा अदालतमा परेको रिटमा प्रारम्भिक सुनुवाइ भएको छ। उत्पे्रषणयुक्त परमादेश माग गरिएको रिटमाथि मङ्गलबार प्रारम्भिक सुनुवाइ गर्दै उच्च अदालतले दुवै पक्षलाई छलफलका लागि पुस ७ गते बोलाएको छ। नगरपालिकाले ऐन नबनाई नगर प्रहरी व्यवस्थापन तथा सञ्चालनसम्बन्धी कार्यविधि–२०७९ का आधारमा नगर प्रहरी भर्ना आह्वान गरेपछि उच्च अदालतमा रिट दायर भएको थियो।
प्रतिनिधि सभामा दुई क्षेत्र रहेको दैलेखबाट समानुपातिकमा चार र कर्णाली प्रदेश सभामा चार सदस्य निर्वाचित हुनुभएको छ । प्रदेश र सङ्घीय संसद्मा समानुपातिकसहित ११ पालिका रहेको दैलेख जिल्लाबाट १० जना जनप्रतिनिधिले प्रतिनिधित्व गर्नुहुने भएको छ। निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित अम्मरबहादुर थापा भगवतीमाई गाउँपालिका–१ का बासिन्दा हुनुहुन्छ। प्रदेश सभा सदस्यमा निर्वाचित कृष्णकुमार बीसी गुराँस गाउँपालिका–६ र पूर्णबहादुर खत्री डुँगेश्वर गाउँपालिका–१ का बासिन्दा हुनुहुन्छ।
घोराही उपमहानगरपालिका–१६, करौतीडाँडास्थित डम्पिङ साइटलाई व्यवस्थित गरिएको छ। गत वैशाखमा सम्पन्न स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरूको सक्रियतामा स्थानीयवासीलाई कुनै असर नपुग्ने गरी डम्पिङ साइटलाई व्यवस्थित पारिएको हो। त्यस्तै घोराही बजार क्षेत्र र उपमहानगरपालिकाभित्रको बस्तीबाट फोहोर सङ्कलन र व्यवस्थापन कार्य प्रभावकारी रूपमा सञ्चालन हुँदै आएको छ। विगतका वर्षहरूमा बजार क्षेत्रमा यत्रतत्र रूपमा फोहोर छरिएको हुन्थ्यो, व्यवस्थापन कसले गर्ने भन्ने हुन्थ्यो,” घोराही–१५ निवासी ईश्वरी न्यौपाने भन्नुहुन्छ, हिजोआज त्यो अवस्था छैन। जथाभावी फोहोर थुपार्दा दुर्गन्धले स्थानीय आन्दोलन गर्न बाध्य थिए। जसले गर्दा कति पटक फोहोर फाल्न पुगेका गाडीलाई फर्किनुपरेको थियो। उहाँ विगत सम्झँदै भन्नुहुन्छ, अहिले त्यो समस्या छैन। डम्पिङ साइटमा फोहोरको गन्ध आउँदैन।
हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । शनिवार राती जङ्गली हात्तीको आक्रमणमा परि भरतपुर महानगरपालिका २८ अन्द्राउलीकी ७० वर्षीया भागीरथी सुवेदीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
कालीगण्डकी गाउँपालिकाका जनप्रतिनिधिले पदभार ग्रहणका क्रममा गरेको निर्णय कार्यान्वयनमा समस्या देखा परेको छ । जनप्रतिनिधिहरूले पालिकाभित्रका तीन हजार पाँच सय घरधुरीका १५ हजार नागरिकको निःशुल्क स्वास्थ्य बीमा गरिदिने निर्णय गरेको थियो । पदभार ग्रहणका क्रममा गरेको निर्णय कागजी लिखतमा सीमित हुने भएको छ । दीर्घकालीन रूपमा त्यसको प्रभाव र आफूहरूसँग
बुढेसकालको जीवन, एकै ठाउँमा बस्दाबस्दै वाक्क र थकित होइन्छ। हुर्केबढेका छोराछोरी तथा नातिनातिनासँग बारम्बार भेट गर्ने र गफ गर्ने अवसर छैन। यी सबै कुरालाई मनन गरी पोखरा महानगरपालिका–१५ ले ज्येष्ठ नागरिकलाई अन्तरजिल्ला भ्रमण कार्यक्रमअन्तर्गत ‘एक सय वृद्धवृद्धालाई एक दिन भ्रमण’ सुरु गरेको छ।
हिमाली जिल्ला म्याग्दीमा सन् २०२१ को तुलनामा सन् २०२२ यो वर्ष मानव अधिकार उलङ्घन तथा ज्यादतीका घटना बढेका छन्। अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) म्याग्दीले आयोजना गरेको मानव अधिकार वर्ष पुस्तक पूर्वसमीक्षा कार्यक्रममा उक्त कुरा बताइएको हो। इन्सेकले अघिल्लो वर्ष २४ वटा घटनाको अभिलेख गरेको थियो भने २०२२ मा हालसम्म इन्सेकले २९ वटा घटना अभिलेख गरेको इन्सेक म्याग्दीले जानकारी गराएको छ। उक्त कार्यक्रममा मानव अधिकारको प्रत्याभूत हुनका लागि आमनागरिक सचेत हुनुपर्ने मालिका गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्बुजाले बताउनुभएको थियो।
विज्ञानप्रविधिको विकास कुनै पनि मुलुकको समृद्धि निर्माणको आधार हो। विज्ञानप्रविधिको व्यापक प्रयोगबिना नवप्रवर्तन सम्भव छैन। पूर्वाधार विकासदेखि लगानी प्रवद्र्धनसम्म विज्ञानप्रविधिको ठूलो भूमिका रहन्छ। देशको समृद्धिका निम्ति विज्ञानप्रविधिसम्बद्ध अध्ययन, अनुसन्धान र विकासका लागि विशिष्टीकृत अनुसन्धान केन्द्र स्थापना निकै महत्वपूर्ण हुन्छन्। यसै तथ्यलाई हृदयङ्गम गर्दै मुलुकका सबै क्षेत्रमा विज्ञानप्रविधि विकासको उद्देश्यले विशिष्टीकृत अनुसन्धान केन्द्र स्थापना गर्ने विषय वास्तवमै खुसीको कुरा हो। अझ भनौँ, विज्ञानप्रविधिको क्षेत्रमा महत्वपूर्ण कदमसमेत हो।
नेपाल विकासोन्मुख मुलुक हो। यहाँ निरङ्कुश एवं जहानियाँ शासनबाहेक आजसम्म पनि स्थायित्वको शासन छैन। नेपालको संविधान जारीपछि स्थायित्व सरकारका निम्ति प्रयास गरियो। त्यो पनि सफल हुन सकेन। पञ्चायतकालमा केही वर्ष स्थायित्वको सरकार चल्यो तर लोकतन्त्रविहीन व्यवस्था भएकाले सबै जनतालाई वा समग्र मुलुकलाई समेट्न सकेन। शासकको वरिपरि उही दलालकै वर्चस्व रह्यो र चल्यो। २०४८ पछि कांग्रेसले स्थायित्व दिन सकेन। २०६४ मा माओवादीले स्थायित्व बदल्न सकेन। २०७४ मा नेकपा वा केपी ओलीले स्थायित्व धरापमा पारिदिनुभयो।