वि.सं २०७० अघि हरेक वर्षातमा महाकाली नदीमा आउने बाढीले भीमदत्त नगरपालिकाको तटीय क्षेत्रका नागरिकको दैनिकी त्रासदीपूर्ण हुन्थ्यो ।
कपिलवस्तुको शुद्धोधन गाउँपालिका वडा १ बालविवाह तथा छुवाछुत मुक्त वडा घोषणा भएको छ । जिल्ला समन्वय समिति कपिलवस्तुका प्रमुख बाबुराम आचार्यले एक समारोहबीच घोषणा गर्नुभएको हो ।
सुनसरी सदरमुकाम इनरुवामा २२ औँ अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवसका दिन कामदारहरू सम्मानित भएका छन् ।
कैलालीको घोडाघोडीमा नगर फुटबल तदर्थ समिति गठन गरिएको छ । आइतबार एक कार्यक्रमका बीच गणेश शाहीको अध्यक्षतामा २१ सदस्यीय समिति गठन गरिएको हो ।
कपिलवस्तुका विद्यालयमा एक विद्यालय एक नर्स कार्यक्रम सञ्चालनका लागि लुम्बिनी प्रदेश सरकारसँग माग गरिएको छ । बृहत्तर यौनिकता तथा स्वास्थ्य शिक्षा कार्यक्रमलाई प्रभावकारी बनाउन सो कार्यक्रम माग गरिएको हो ।
निर्वाचन आयोगले प्रतिनिधि सभाको समानुपातिकतर्फ नवनिर्वाचित सांसदलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गरेको छ।
अन्भी शाही र प्रार्थना बज्राचार्य समृद्धि अन्तरविद्यालय कराते प्रतियोगितामा विजयी हुनुभएको छ ।वेदाङ्ग इन्टरनेशनल स्कुलकी अन्भी छात्रा २० केजी तौल समूहमा पहिलो हुनुभएको हो ।
कपिलवस्तुको बाणगङ्गा नगरपालिका वडा नम्बर ८ मा अवस्थित भूपू सैनिक स्कुलको आयोजनामा प्रथम अन्तर विद्यालय जिल्ला स्तरीय कराते प्रतियोगिता सम्पन्न भएको छ ।
गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचन सफलतापूर्वक सम्पन्न गरेको अवसरमा निर्वाचन आयोगले भोलि सोमबार जलपान कार्यक्रमको आयोजना गर्नेभएको छ ।
पहिलो पटक खाडी क्षेत्रमा आयोजना भएको २२औँ विश्वकप फुटबल अविस्मरणीय बन्न पुगेको छ । प्रायः विश्वकप फुटबल जुन जुलाई (असार–साउन)मा आयोजना हुने गरेकामा यसपालि नोभेम्बर–डिसेम्बरमा आयोजना गरेर निकै गर्मी हुने क्षेत्रमा पनि विश्वकप आयोजना गर्न सकिने उदाहरण कतारले प्रस्तुत गरेको छ ।
नेपाल पत्रकार महासङ्घ प्रतिष्ठान प्रदेशले गोरखापत्र प्रतिष्ठान शाखालाई सम्मानित गरेको छ । प्रतिष्ठान शाखाहरूमध्ये सबैभन्दा क्रियाशील शाखाको रूपमा काम गरेको तथा श्रमजीवी पत्रकारको हकहित तथा पत्रकारको व्यावसायिक क्षमता अभिवृद्धिको क्षेत्रमा योगदान पुर्याएको भन्दै प्रतिष्ठान प्रदेशले सम्मान गरेको हो ।
बाँके जिल्लाबाट प्रतिनिधिसभा र प्रदेशसभामा गरेर १३ जना महिलाहरू निर्वाचित हुनु भएको छ । प्रत्यक्षतर्फ प्रदेशसभामा एक जना महिला निर्वाचित हुनु भएको हो भने समानुपातिकबाट १२ जना महिलाले सङ्घीय र प्रदेश सांसद बन्ने अवसर पाउनु भएको छ ।
ताप्लेजुङको मेरिङ्देन गाउँपालिकाले पुसे मेलाका लागि दुई दिन स्थानीय बिदा दिएको छ । खाम्लुङको दोभान बजारमा लाग्ने पुसे मेलाका लागि मेरिङ्देन गाउँपालिकाले आइतबार र सोमबार दुई दिन सार्वजनिक बिदा दिएको हो ।
जापानको टोकियोमा एक नेपालीको मृत्यु भएको छ । सुगिनामी वार्ड अन्तर्गत होरिनोउची बस्दै आउनु भएका भोजपुरका ४२ वर्षीय दिवस राई गए राति मृत्यु भएको हो ।
आधुनिक नेपाली कथा परम्पराको ‘यथार्थवादको युग’ (सं. १९९१–२०१९) का सशक्त कथा, शिल्पी दौलतविक्रम विष्ट (सं. १९८३–२०५९) ले ‘ऊ गयो’ (सं. २००५) शीर्षकको कथाबाट आफ्नो यात्रा प्रारम्भ गरेका हुन् । ‘नवचेतनाको युग’ (सं. २०२०–३९) देखि ‘परावर्तनको युग’ (सं. २०४०–२०६३) सम्म निरन्तर रूपमा आफ्नो कथा यात्रालाई निरन्तरता दिएका उनका कथाहरूमा परिवर्तित समय र मान्यताअनुसार विविध भावभूमिहरू देखिनु कुनै अस्वाभाविक कुरो होइन । यस लामो यात्रा क्रममा उनका (१) गालाको लाली (सं. २०१४), (२) प्रदर्शनी (सं. २०२३), (३) छाया (सं. २०३१), (४) घाउका सत्र चक्का (सं. २०३५), (५) आलो कथा (सं. २०४०) र (६) आँसु त्यसै त्यसै छचल्किन्छ (सं. २०४६) कथा सङ्ग्रहहरू प्रकाशित भएका छन् ।