सरकारले निलगिरि जलविद्युत आयोजनाको २२० केभी. प्रसारण लाइन निर्माणका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने निर्णय गरेको छ ।
गत असोजमा परेको पानीवाट प्रभावित परिवारलाई राहत वितरण गरिएको छ । लगातार पाँच दिनसम्म परेको पानीका कारण आएको बाढी र पहिरोमा परेर ज्यान गुमाएका, घर क्षति भएका परिवारलाई गैरसरकारी संस्था किर्डाक नेपालले राहत वितरण गरेको हो ।
झापाको मेचीनगरपालिकास्थित चारआली जङ्गलमा दुई जनाको शव फेला परेको प्रहरीले जनाएको छ । सोमबार अपराह्न महिला र पुरुषको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
भान्सा कोठामा खाना पकाइरहेका बेला खाना खोस्न आएका बाँदरले आक्रमण गर्दा बैतडीमा एक महिला घाइते हुनुभएको छ । घाइते महिलाको टाउकोमा छ वटा टाँका लगाइको छ ।
धनकुटामा बन्ने नरिवल बिस्कुटको बारेमा थाहा पाएको जोकोही धनकुटा पुगेर फर्कँदा हातमा धनकुटे नरिवल बिस्कुट काेसेली लिएर फर्कने गरेको छन् ।
सर्लाहीको हरिपुर नगरपालिकामा चिसोले कठ्याङ्ग्रिएर दुई जना मुसहर प्रतिनिधिको मृत्यु भएको छ । हरिपुर नगरपालिका –९, पिडारीका ४० वर्षीय रमेश माझी र हरिपुर नगरपालिका –६, लक्ष्मीपुर कोद्राहका ६५ वर्षीय रामभगत माझीको चिसोले कठ्याङ्ग्रिएर मृत्यु भएको हो ।
झापाको दमकमा अन्तर्राष्ट्रिय आमन्त्रण जय हुमागाईँ स्मृति गोल्डकप फुटबल प्रतियोगिताको तयारी पुरा भएको छ । बुधबारदेखि सुरु हुने प्रतियोगितामा विदेशी तीनसहित आठ टोलीको सहभागिता रहनेछ ।
काठमाडौंमा शुक्रबारदेखि नेपाल टी–२० फ्रेन्चाइज क्रिकेट लिग हुनुभएको छ । लिगका लागि अन्तर्राष्ट्रिय खेलाडी काठमाडौं आउने क्रम जारी रहेको छ ।
नेकपा (एकीकृत समाजवादी) को संसदीय दलको नेतामा अध्यक्ष माधवकुमार नेपाल चयन हुनुभएको छ । सोमबार केन्द्रीय कार्यालयमा बसेको बैठकले अध्यक्ष नेपाललाई संसदीय दलको नेतामा चयन गरेको पार्टीका महासचिव वेदुराम भुसालले जानकारी दिनुभयो ।
निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन फागुन महिनाभित्र हुने जानकारी दिनुभएको छ ।
भारतको मुम्बइमा सम्पन्न अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा नेपालले १० स्वर्ण र दुई रजत पदक जितेको छ । नेपालले विभिन्न तौल समूहमा पदक जितेको प्रतियोगिता रेफ्री एवं प्रशिक्षक रविन्द्र मानन्धरले जानकारी दिनुभयो ।
फिफा विश्वकपको २२औँ संस्करणपछि संन्यास लिने सोचमा रहनुभएका अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले विश्वकपको उपाधि चुमेपछि तत्काल संन्यास नलिने बताउनुभएको छ ।
सङ्घीय संसद् सचिवालयले प्रतिनिधि सभामा नवनिर्वाचित सांसदहरूको शपथ पुस ७ गते बिहीबार गर्ने भएको छ ।
नेपाली कांग्रेस संसदीय दलको निर्वाचन बुधबार हुने भएको छ । संसदीय दलको निर्वाचन गर्न बनेको तीन सदस्यीय निर्वाचन समितिको आज (सोमबार) बसेको बैठकले बुधबार चुनाव गर्ने निर्णय गरेको हो ।
प्रधानमन्त्री शेरबहादुर देउवाले प्राकृतिक साैन्दर्यता र मौलिकतासहित व्यवस्थित सहरीकरणमा जोड दिनुभएको छ ।