• ७ पुस २०८१, आइतबार

करातेमा नेपाललाई १० स्वर्ण

blog

काठमाडौं, पुस ४ गते । भारतको मुम्बइमा सम्पन्न अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा नेपालले १० स्वर्ण र दुई रजत पदक जितेको छ । नेपालले विभिन्न तौल समूहमा पदक जितेको प्रतियोगिता रेफ्री एवं प्रशिक्षक रविन्द्र मानन्धरले जानकारी दिनुभयो । 

मिक्स मार्सल आर्ट फेडेरेशन इन्डियाको आयोजनामा पुस ३ गते सम्पन्न च्याम्पियनसिपमा नेपालकी नानु शाक्यले ‘वेस्ट अफ दि वेस्ट फिमेल फाइट’ को उपाधि जित्दै मिक्स मार्सल आर्टको एमएमए बेल्ट प्राप्त गर्नुभएको छ । 

च्याम्पियनसिपमा नेपालका राजकुमार श्रेष्ठ, अमृत थोकर र मनिष कार्की सम्मिलित पुरुष टिम कातातर्फ स्वर्ण जितेको हो । पुरुषतर्फ टिममा स्वर्ण जित्न सफल अमृत थोकरले ५५ केजी कुमिते र मनिष कार्कीले जुनियर व्यक्तिगत कातामा स्वर्ण जित्नुभयो । 

यसैगरी श्रीजना महतारा, नानु शाक्य र सञ्जु देसार सम्मिलित टोलीले नेपालका लागि महिला टिममा पनि स्वर्ण जित्नुभयो । श्रद्धा थापाले सिनियर काता तथा ६१ केजी कुमिते तर्फ स्वर्ण जित्नुभयो । 

श्रीजना महताराले क्याडेट व्यक्तिगत कातामा स्वर्ण र ५५ केजी कुमितेतर्फ रजत जित्नुभयो । नानु शाक्यले ५० केजी कुमितेमा स्वर्ण र जुनियर व्यक्तिगत कातामा रजत, सञ्जु देसारले जुयिनर व्यक्तिगत काता र ४५ केजी कुमितेमा स्वर्ण जित्नुभयो । 

च्याम्पियनसिपमा नेपाल, भारत र रुसका गरी चार सय २५ खेलाडीको सहभागिता रहेको थियो । नेपाली टोलीको प्रशिक्षकमा राकेश श्रेष्ठ र व्यवस्थापकमा सानुभाई थापामगर रहनु भएको थियो ।