सडक सञ्जालको विस्तारले पदयात्रा मार्ग मासिन थालेपछि पर्यटकको आगमन र बसाइ अवधि घटेकोप्रति पर्यटन व्यवसायी चिन्ता व्यक्त गरेका छन् । सडक सञ्जालका कारण अन्नपूर्ण क्षेत्र र धौलागिरि क्षेत्रका थुप्रै पुराना र चर्चित पैदल मार्ग मासिन थालेका हुन् । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान), गण्डकीका अध्यक्ष सुशीलराज पौडेलले सडक मार्गका कारण अब व्यवसायीले व्यवसाय गर्ने ठाउँ कहाँ हो भन्ने प्रश्न उब्जिएको बताउनुभयो । पदयात्रा मासिँदा नेपाल किन आउने भन्ने प्रश्न उठ्न सक्ने बताउँदै उहाँले यी पद मार्ग र प्राकृतिक सुन्दरताको संरक्षण नै पर्यटन प्रवद्र्धन हो भन्ने हिसाबले अगाडि बढ्नुपर्ने सुझाव दिनुभयो । झन्डै तीन हप्ता लामो अन्नपूर्ण चक्रीय पदमार्गसमेत एक हप्तामा खुम्चिएको र म्याग्दीको घोरेपानी पुग्ने पदमार्गलगायत अन्य दर्जनौँ पर्यटकीय मार्ग छोटिने र मासिने क्रममा रहेको उहाँले बताउनुभयो ।
पत्रकार तथा साहित्यकार कमल रिजालको ‘पूर्वीय दर्शन विमर्श’ शीर्षकको निबन्ध सङ्ग्रह प्रकाशित भएको छ । लामो समयदेखि अध्यात्म दर्शनको क्षेत्रमा कलम चलाउँदै आएका रिजालको यो तेह्रौँ कृति हो ।
पछिल्लो समय वित्तीय क्षेत्रमा तरलता केही सहज बनेको छ । मङ्सिर महिनामा निक्षेप सङ्कलनमा आएको सुधार र लगानीमा देखिएको शिथिलताका कारण तरलता केही सहज भएको हो । राष्ट्र बैङ्कका अनुसार आइतबारसम्म निक्षेप सङ्कलन ५२ खर्ब ५४ रुपियाँ पुगेको छ । यो एक दिनमै तीन अर्ब रुपियाँले बढेको हो । सोही दिन कर्जा लगानी भने ४७ खर्ब ५९ अर्ब रुपियाँ पुगेको छ । यस आधारमा वित्तीय संस्थाको तरलता चार खर्ब ९५ अर्ब रुपियाँ देखिन्छ ।
वीरगन्ज महानगरपालिकाको स्वामित्वमा वडा नम्बर ३ जिल्ला मालपोत कार्यालय नजिकै रहेको खाली जग्गामा वीरगन्ज महानगरपालिकासँग ठेक्का सम्झौता नै नगरी दोब्बर पार्किङ शुल्क असुली गरे पनि नियामक निकाय मौन रहेका छन् ।
सरकारले कालीगण्डकी नदी क्षेत्रबाट दुई थान शिला जनकपुरधामस्थित जानकी मन्दिरलाई उपलब्ध गराउन स्वीकृति प्रदान गरेको छ। मन्त्रिपरिषद्को पुस ३ गते बसेको बैठकले सो निर्णय गरेको हो। मन्त्रिपरिषद्ले गरेका निर्णयबारे जानकारी दिन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अन्नमा आधारित पूरक बाल आहारको गुणस्तर मापदण्ड निर्धारण गर्नेसम्बन्धी आदेश स्वीकृत गरेको जानकारी दिनुभयो। खाद्य पदार्थमा हेभी मेटलको अधिकतम मात्रा निर्धारण गर्नेसम्बन्धी आदेश पनि बैठकले स्वीकृत गरेको छ।
भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट पछिल्लो सात महिनामा जम्माजम्मी ८१ जना विदेशी पर्यटकले ओहोरदोहोर गरेका छन् । गत जेठ २ गतेदेखि व्यावसायिक सञ्चालनमा आएको सो विमानस्थलबाट ४५ जना विदेशी पर्यटक भित्रिएका छन् भने ३६ जना बाहिरिएका हुन् ।
सरकार गठनका लागि दलहरूबीच विभिन्न प्रयास भइरहँदा सत्ता गठबन्धनमा रहेका दुई दलका अध्यक्ष भने अहिलेकै गठबन्धनको निरन्तरताको पक्षमा देखिनुभएको छ। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल वर्तमान गठबन्धनकै निरन्तरताको पक्षमा देखिनुभएको हो।
पुल निर्माण गर्ने क्रममा पहाड काट्न चितवनको मुग्लिन–नारायणगढ सडकखण्ड मङ्गलबारदेखि दैनिक चार घण्टा बन्द गरिने भएको छ । मुग्लिन सडकखण्डमा निर्माणाधीन पुलका लागि पहाड काट्नुपर्ने भएकाले अन्य वैकल्पिक मार्ग नभएपछि सडक बन्द गरेर काम गर्नु परेको नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन)का आयोजना प्रमुख किरण कार्कीले जानकारी दिनुभयो । प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, ट्राफिकलगायत सबै पक्षसँग समन्वय गरेर बिहान ११ः०० बजेदेखि दिउँसो ३ः०० बजेसम्म सडक बन्द गरेर पहाड कटान गरिन लागेको हो ।
सर्लाहीको हरिपुर नगरपालिका–९ पिडारीमा चिसोले कठ्याङ्ग्रिएर दुई साताको अवधिमा मुसहर समुदायका दुई जनाको ज्यान गएको छ ।
सिन्धुपाल्चोकको पेमाछल उद्यान केन्द्र पाँचपोखरी थाङ्पाल गाउँपालिकास्थित नागीथामडाँडामा अवस्थित अष्टचैत्य ।
खोटाङ जिल्लाको केपिलासगढी गाउँपालिका–४ बाक्सिला बजारमा आज साँझ भीषण आगलागी भएको छ ।
नेपाल पत्रकार महासङ्घका महासचिव रोशन पुरीले पछिल्लो समयमा गोरखापत्रका समाचार सामग्रीमा परिवर्तन आएर पठनीय भएको बताउनुभएको छ ।
गाउँपालिका राष्ट्रिय महासंघको नवनिर्वाचित नेतृत्वले स्थानीय शासनलाई अझ सबल बनाउन गोरखापत्र संस्थानसँग सहकार्य गरेर जाने तत्परता देखाएको छ ।
दोलखाको बिगु गाउँपालिकामा भिरबाट लडेर एक पुरुष बेपत्ता हुनुभएको छ । बिगु गाउँपालिका –१ लामाबगरमा सडक निर्माणमा खटिएका पुरुष भिरबाट लडेर बेपत्ता हुनुभएको हो ।
बुटवलमा सडक खाना महोत्सव हुनेभएको छ । पुस १५, १६ र १७ गते बुटवलको नयाँ बसपार्कदेखि तीनकुनेसम्म कालिकापथमा सडक खाना महोत्सव हुनेभएको हो ।